राजविराज ÷ संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवको राजविराजस्थित घरमा सोमबार तोडफोड गरिएको छ । उम्मेदवार छनोटको विषयमा भएको विवादका कारणले उनको घरमा तोडफोड भएको हो ।
फोरमका असन्तुष्ट कार्यकर्ताले यादवको घरको कम्पाउन्डभित्र पसेर कुर्सी तोडफोड गर्दै मूलगेटमा टायर बालेर
विरोध गरेका थिए ।
सप्तरीको बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा असन्तुष्ट भई कार्यकर्ताले तोडफोड गरी नाराबाजी गरेका थिए ।
तर, यता यादवले भने टिकट वितरणमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिइन् । यो घटना पश्चात यादवको घरमा अगाडि सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले आफ्नो घरमा तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न माग गरेकी छन् ।

