सर्पको टोकाईबाट १३० घाइते

सप्तरी ÷बाढीसँगै सप्तरीको विभिन्न गाउँमा सर्पदंशको बिगबिगी बढेको छ । सर्पदशंका कारण दुई सातामा तीन जनाको ज्यान गएको छ भने एक तीस जना घाइते भएका छन् । साउन २६ गते सप्तरीको खाडो, जिता, बिहुल, बलान, सुन्दरी, महुली र त्रियुगा नदीमा आएको बाढी बस्तीमा पसेपछि सर्पको बिगबिगी बढेको हो । सर्पदंशका कारण अहिलेसम्म सप्तरीमा १३० जना घाइते भएका छन् । जसमध्ये ११ जनाको गम्भीर अवस्थामा धरान र विराटनगरका विभिन्न अस्पतालका उपचार भइरहेको छ ।
त्र

तपाईको प्रतिक्रिया