पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलका प्रतियोगीहरू तथा टिम बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित विभिन्न ठाँउहरू अवलोकन गरेका छन् । सो क्रममा मिस पुर्वाञ्चल आठौ
संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको सहकार्यमा बाढीपिडितहरूलाई प्रदान गर्ने जनाइएको छ ।
मिस पुर्वाञ्चल बिगत ८ बर्षदेखी सिल्भर इन्टरटेन्मेन्टले मिस पूर्वाञ्चलको आयोजना गर्दै आएको छ । सिल्भर इन्टरटेन्मेन्टले अघिल्लो बर्ष धरान स्थित आसारा सुधार गृहलाई टिकट बिक्रिबाट उठेको
रकम मध्ये आधा ५ लाख ६५ हजार रूपैया सहयोग स्वरूप प्रदान गरेको थियो भने धरानको अपांग पुनस्र्थापना केन्द्र , भेडेटार – नाम्जे स्थित आत्माघर निर्माण, फिस्टुला फ्री नेपाल लगायतको कार्यमा सहयोग गरेको छ । यो बर्ष मिस पूर्वाञ्चलको टिकट बिक्रिबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उद्देश्य स्वरूप इटहरीको
गैरीगाउ पूनःनिर्माण तथा राहतमा जुटाउने भएको पत्रकार सम्मेलनमा सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपालीले बताउनु भयो ।
सम्मेलन अघि सम्पूर्ण प्रतियोगी सहित आयोजक टोलीले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसंग कार्यालयमा अनि भेटघाट गरेको थियो । यसरी बाढीपिडितलाई सहयोग गर्ने मनसायको कुरा सुनेपछि उपमेयर गौतमले राम्रो काम भन्दै
सराहना गर्नु भएको थियो । सम्पूर्ण मिस पुर्वाञ्चलका प्रतियोगीले बाढीले क्षतिग्रस्त इटहरीस्थित गैरीगाउँको अवलोकन समेत गरेका थिए । करिब ८१ घरले अब खानका लागि बह्न्दा पनि बासका लागि आवस्यक सहयोगको खाँचो रहेको बताएका थिए ।
