घण्टाघरबाट हेर्दा

बैंककतिर टिएपी
झालेमालेका चोथाले अध्येक्षे अस्किा दिन बैंककतिर टिएपी दिएछन् । बाढीबाट जन्ता हेलिएका छन्,
पहिरोबाट पुरिएका छन् । चोथाले खप्रओ माथिबाटै बाइ बाई गर्दै बैंककतिर टिएपी भएछन । उपचार गर्न गा’रे । हैन हौ खप्रओ वा र उन्कै नन्दीभृंगीहरुले खोल्या मनमोहन मेडिकल कलेज, नेशनल मेडिकल कलज हुँदाहुँदै किन बैंकक नै गा’होलान ? त्यस्ता मेडिकल कलेजमा उपचार गर्दा रोग निको हुँदैन भन्ने कुरा त ओली बालाई भलिभाँति थाहा छ । मनमोहन मेडिकल कलेज त नाफा असुल्न पो खोल्या त । उपचार गरेर सेवा गरेर फुइøया हुन्छ ? भर्खरै मात्र एक जना विरामीको किड्नी त्यही मनमोहनका डाक्टरहरुले लापत्ता बनाइद्या थे । कुनै ल्याकतै नभएकाहरुले सडकबाट विरोध गरे । राज्येको ढुकुटी छँदैछ ।
छेपारे रंग
माउवादी अध्यक्षे प्रचण्डाउ
छेपाराले रंग फेरेझैँ फेर्न साह«ै खप्पीस छन् । नेप्लिज जन्ताले प्रचण्डाउलाई छेरारे रंग भएका नेता किन भन्या होला भनेर घण्टाघर्र कहिलेकाहीँ गम
खान्थ्यो । बल्ल अहिले आएर घण्टाघरको पनि घैँटामा हावा चल्न थाल्या छ । कुरो के भन्देखि वाल्वटारे काजी आÏना ५९ जना नन्दीभृंगी लिएर दिल्ली पुगे । यता प्रचण्डाउ सुर्खेत, धनढीतिर हान्निए र काजीले दिल्लीमा संविधानका
बारेमा जुन कुरा बोले त्यो ठीक भएन, यसले काँग्रेससँगको गठबन्धन नै टुट्न सक्छ भनेर कोकोहोलो मच्चाए । यिन्ले कोकोहोलो मच्चाएसी अब देउवासँगको लगन गाँठो टुट्ने भयो देउवा प्रधानमन्तरीबाट चिप्लिने भए भनेर एकथरिले गुलियो मुख बनाएका थिए । तर धनगढीतिर पुगेर तिनै प्रचण्डाउले दिल्लीमा देउवाले नेपालको हितमा काम गरेको भन्दै शेषनागले प्रशंसा गरेझै प्रसंसा गरे । उनले त्यसरी प्रशंसा गर्दा पहिला गुलियो मुख बनाउनेहरुले अमिलो मुख बनाए । आखिरी छेपारे
रंगका न परे प्रचण्डाउ ।
नानी भन्दा आ“ची ठूलो
हाम्रा गामघरतिर नानीभन्दा आची ठूलो भन्ने उखान अझै पनि प्रचलित छ । यही उखानसँग हाम्रा
घरेलु मन्तरीले जनार्जन शर्माको बोली, काम गराई, ठ्याक्कै मिल्न पुग्या छ । अब हेरौ न सिमांकन र नामांकनको टुंगै नलागी घरेलु मन्तरीले एआजीहरुलाई डिआइजीको कुर्सीमा गएर बस भनेछन् । इमान्दार भएर गुण्डागर्दी रोक नि भनेछन् । आर्थिक प्रलोभनमा काम गरे कारबाही गर्छु समेत भनेछन् । घरेलु मन्तरीकै बाँदरे सेनाहरु टोकरी थाप्दै प्रहरीको चन्दा उठाउन जान्छन् । नदिम भने घरेलु मन्तरीका बाँदर सेना । दिम भने दायाँ बायाँ नगरी सकिन्न । क्या विलखबन्धनमा प¥या छन् विचाराहरु । फेरि कार्य क्षेत्रमा खटिन आउँदा घरेलु मन्तरीलाई नै दक्षिणा टक्र्याएको होला । अब दायाँ बाया नगरे कसरी टिकुन ? त्यसैले हे घरेलु मन्तरी निर्नयमा पुनर्विचार गर्ने पो हो कि ?
गहनाको इष्र्या
हैन हौ यो नेपालीको बानी खाली अरुको इष्र्या गर्ने मात्र हुन्छ कि क्या हो ? पहिला पहिला नेपाली आइमाइको किल्किले हुँदैन कुरो फुस्काइ हाल्छन् भन्थे अहिले त लोग्ने मान्छेको पनि किलकिले गायव भएछ कि क्या हो ? अब हेरौ न वाल्वाटारे काजी दिल्ली भ्रमणमा जाँदा कजिनीलाई पनि साथै लगेछन् । ५९ जना नन्दीभृंगीहरु अगाडि पछाडि गर्दा कजिनी नजाने त कुरै आउँदैन । तर फसाद के परेछ भने कजिनीले झण्डै १० तोलाको सिक्री घाँटीमा झुण्ड्याइछन् । यति भएसी
जोरीपारीलाई पुगी हाल्यो नि † कोट्याइ कोट्याइ अरुको बद्ख्याई गर्नेलाई त्यति भएसी’ मसलै मसाला । दश तोलाको सिक्रीको कम्ता आरिस ग¥या होइनन् । कसैले के भने कसैले के भने । पर्धानमन्तरीकी श्रीमतिले जाबो १० तोलाको सिक्री लगाउनै नहुने ? राज्यका स्रोत साधन जम्मै उनको हातमा जो छ ।
लारायनको दाबी
बन्दुकै नपड्काई लुसुक्क छिरेर
बरिष्ठ नेता भा’का लारायन काजी श्रेष्ठ पनि कहिलेकाहँी उट्पट्याङ्ग कुरा गर्छन् । माउवादभित्रै बाउरामको हैसियतमा पुग्या लारायन काजीले अस्तिका दिन भन्या झालेमालेले नेपालमा लोडसेडिङ्ग अन्ते गरेको भए पचास बर्षसम्म व्याज खान्थ्यो रे । कुरा त गजबकै आयो । अर्काको आङको जुम्रा देख्ने लारायन काजीले माउवादीको डडेल्नुको भैँसीचाँिह किन नदेख्या होला ? बेकामे गनतन्त्र र संविधानसभाको नाममा व्याज खाँदा खाँदा डल्लो परेको किन बिर्सेका होला ? झालेमालेले लोड सेडिङ अन्ते गरेको भए त्यसको व्याज पचास बर्ष खान्थ्यो हामीचाहिँ एक सय बर्षसम्म खान्छम पो भन्या हुन कि ? लारायन काजीले यो
कुरालाई प्रष्ट पार्देको भए सबै नेपालीले आभार प्रकट गर्ने थिए ।
हिस्स हिसिला
जति टाल्दा पनि टाल्नै नसकिने गरी भ्वाङ्ग भएको नयाँ शक्तिकी बाउराम जोई दुई चार जना ठेउकेहरुलाई लिएर झालेमालेका जोथाले अध्येक्षे खप्रओकहाँ अस्तिका दिन हस्याङ्गफस्याङ्ग गर्दै पुगिछन् । माने हिस्स परेकी हिसिला यामी । लौन आÏना पार्टीकाहरु मुसाले दुलो खनेर भागेझै भटाभट भाग्नाले रित्तै होला जस्तो भयो । हाम्रो पार्टीलाई पनि तपाईको झालेमालेमै समाहित गरौ भनिछन् । खप्रओ पनि के कम फिसिक्क हाँसेछन् र पछि विचार
ैगरौला भनेर सर्लक्क टारिदिएछन् । विचारा हिस्स गर्दै आफ्ना गोडाचारेक ठेउके लिएर फर्किछन् ।
बा“दरै हुन रे
हैन हौ यी नेपालका नेताहरुको थुतुनो कति साह«ो बिग्रिएको हँ ? अदालतले यिनका जथाभाबि बर्बराउन थुतुनोलाई बन्द गराउने आदेश किन नदिएको होला ? अब हेरौ न
आयाराम गयाराम माने कहिले पार्टी छोडेर वैधाउको लगौटी समाउने, कहिले प्रचण्डाउको अगाडि त्वम शरणम् गर्ने माउवादीका नेताले अस्तिका दिन पश्चिमतिर गएर भनेछन् नेप्लिज काँग्रेस र झालेमाले बाँदरै हुन् । हुन त कागले आफ्नो नाम आफ काढ्छ भन्छन् त्यही भा’ होला । चितवनमा बुरुक्क उफ्रेर बादर जस्तै मतपत्र च्यातेको रामबहादुर मगरले भुसुक्कै बिर्सेछन् । थुतुनोमा जे मन लाग्यो बकेको छ । आÏनै नाक काटिएला भन्ने पनि कस्तो नसोचेको होला ?
अन्तेमा
अबचाहिँ नेपालाँ केही होला
कि ? माउवादीको नेत्रविक्रम चन्द समूहले अब विस्तारै देशका सबै स्थानीय तहमा जनसरकार गठन
गरी भ्रष्ट, पातकीहरुलाई डाम्ने रे । अब देशमा दुईवटा सरकार भएसी नेप्लिज जन्ताले कही न कहीबाट न्याय पाउने भएका छन् । जन्तालाई न्याय दिने, भ्रष्ट र पातकीलाई डाम्ने
कुरामा अब भने कम्पिटिन होला जस्तो छ । एउटै सरकार हुँदा कम्ता मात्तिएको थेनन् । अब दुईवटा भएसी’ देखासिकी गरेर भए नि काम गर्लान् नि † कि कसो हौ ? लहै घण्टाघरको पनि शुभकामना छ । बरु शुभकाममा ढिलो किन ?

तपाईको प्रतिक्रिया