धरान÷नेपाल बैंक लिमिटेड धरान शाखामा सुन धितो घोटला काण्डमा मुख्य दोषीको रुपमा शाखाका निलम्बित खञ्चान्ची होमबहादुर भट्टराई, कर्मचारी सानुबाबु श्रेष्ठ र तत्कालीन शाखा प्रवन्धक पुष्पराज घिमिरेमुख्य दोषी देखिएको
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।
कम तौलको सुनमा बढी धितो दिएर ऋणीहरुसँगको मिलेमतोमा शाखालाई १५ करोड ५१ लाख हानी नोक्सानी पु¥याएको भन्दै साउन २ गते अपरान्ह प्रहरीको अनुसन्धान व्युरोले वंैकिङ्ग कुसर गरेको भन्दै कार्यालयबाटै केहीलाई र केहीलाई घरबाट प्रक्राउ गरेको थियो ।
सिविआइको टोलीले व्यवसायी ज्ञानेन्द्र पुरकोटी, रन्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली, सुनिल विकसहित भट्टराईलाई निजकै धरान वडा नं. १६ स्थित घरबाट, कर्मचारी श्रेष्ठलाई कार्यालयबाट, तन्कालीन प्रवन्धकद्वय रामकिशोर मेहता, शंकर न्यौपानेलाई घरैबाट र तत्कलीन धरान शाखका पवन्धक हाल विराटनगर शाखामा कार्यरत पुष्करराज घिमिरेलाई विराटनगरबाट प्रक्राउ गरेको थियो । सिविआइ सोतले दिएको जानकारी अनुसार नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयको आग्रहमा उनीहरुलाई प्रक्राउ गरिएको हो । यसै सम्बन्धमा भर्खरैमात्र नेपाल बैंक लिमिटेड धरान शाखामा आउनु भएका प्रवन्धक अमरबहादुर थापासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, कसुरदारहरुमाथि हदैसमम्मको कारबाही हुन्छ । आफू पनि भर्खरै आएकोले सबै कुरा बुझि नसकेकोले थप केही बताउन नसक्ने पनि उहाको कथन थियो । प्रहरीका केन्द्रीय अनुसन्धान व्युरोका बरिष्ठ प्रहरी
उपरिक्षक शेरबहादुर बस्नेतले समेत बैंकको कन्द्रीय कार्यालयको उजुरीपछि उनीहरु प्रक्राउ परेको बताउनुभयो ।

