विराटनगर÷नेपाली काँग्रेका केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता डा. शेखर कोइराला यतिबेला मोरङ्गका विभिन्न गाउँ बस्तीमा बाढी पीडितलाइ राहत वितरण, उद्धार र स्वास्थ्य परीक्षणमा खटिनु भएको छ ।
आÏनी स्वर्गीय आमा नोना कोइरालाको नाममा स्थापना गर्नुभएको नोना
कोइराला मेमोरियल ट्रष्टमार्फत् उहाँले राहत
वितरण र स्वास्थ्य परीक्षणलाई तिब्रता दिनुभएको हो । पार्टीका अन्य नेताहरु काठमाण्डैमै बसेर चर्का भाषण गरिरहँदा उहाँ भने उद्धार, राहत र स्वास्थ्य परीक्षणमा खटिनु भएको हो । न खानाको टुंगो न बस्नको टुंगो तर कोइराला खाली खुट्टा आफै औषधि
खरिद गरेर स्वास्थ्य परीक्षणसँगै औषाधि वितरण समेत गरिरहनु भएको छ । खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामाग्री समेत उहाँले ट्रष्टमार्फत नै वितरण गर्नुभएको छ ।

