नेपाल–भारतको दशगजा अतिक्रमण हटाइने

विराटनगर/आइतबार अपरान्ह नेपाल भारतको विराटनगरमा सम्पन्न संयुक्त वैठकले सुनसरी र मोरङ्गको दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा तथा अन्य भौतिक संरचना खाली गर्ने सहमति भएको छ ।
नेपाल भारतको जिल्ला स्तरीय संयुक्त वैठकले सीमा क्षेत्रका त्यस्ता संरचना आगामी कार्तिक २४ गते अर्थात नोभेम्बर १०
तारेखदेखि हटाउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय नियम अनुसार सीमा क्षेत्रमा घर टहरा वा अन्य कुनै भौतिक संरचना निर्माण गर्न नपाइने नियमलाई उल्लंघन गर्दै दुवै देशका नागरिकले बर्षौदेखि सुनसरी मोरङ्गको दशगजा क्षेत्रमा घर, टहरा तथा अन्य भौतिक संरचना निर्माण गरी बसोबास गर्दै आएका छन् ।
अतिक्रमित दशगजा क्षेत्र हटाउन कार्तिक २३ गते अर्थात नोभेम्बर ९ सम्मको समय सीमा राखेर आ–आफ्नो ढंगले दुवै देशले सूचना प्रकाशित गर्ने सहमति भएको मोरङ्गका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिनुभयो । उहााका अनुसार त्यस्ता घर टहरा स्वयम् सम्बन्धित व्यक्तिले हटाउादा बढी क्षति नहुने भएकोले पनि कार्तिक २३ गते सम्मको सीमा दिइएको हो । दोस्रो कुरा त्यस्ता क्षेत्रमा बसोबास गर्ने अधिकांश व्यक्ति वा परिवार मुस्लिम समुदायको भएकोले नजिकिदो उनीहरुको मोहरम चाडलाई ध्यानमा राखेर पनि यो समय सीमा तोकिएको हो । तोकिएको समयभित्र त्यस्ता संरचनाहरु नहटाइए दुवै देशका स्थानीय प्रशासनले जबरजस्ती हाटाउने छ । नेपाल–भारत संयुक्त बैठकले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, मानव बेचबिखन नियन्त्रण गर्न संयुक्त पहल थाल्ने, जीर्ण र भत्किएका सीमा स्तम्भ पुन:निर्माण गर्ने, लागू औषध ओसार पसार तथा बेचबिखन नियन्त्रण गर्ने लगायत कुरामा समेत सहमति गरेको
छ ।
वैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत अररिया जिल्लाका मजिष्ट्रेट नरेन्द्रकुमारले वैठकले गरेका निर्णय भारतीय पक्षले इमान्दारिताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । उहााले भन्नुभयो लागू औषधको ओसार पसार र दुव्र्यसनबाट दुवै देशमा समस्या उब्जिएकोले यसको नियन्त्रणमा कडाई गरिने छ । त्यसैले यसको नियन्त्रणमा दुवै देशका अधिकारीबीच सूचना आदानप्रदान गरी नियन्त्रण थाल्नुको विकल्प छैन । वैठकमा नेपालका तर्फबाट सुनसरी र मोरङ्गका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सीमा सुरक्षा बलका प्रमुख, भन्सार अधिकृत र भारतका तर्फबाट अररिया जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, भन्सार अधिकृतहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया