धरान/बजारमा यतिबेला खाना पकाउने एल.पी.ग्याासको चरम अभाव देखिएको छ । एक सिलिण्डर ग्याासका लागि उपभोक्ताले हप्तौ लाइनमा लाग्नुपर्ने बाध्यता छ । खासगरी एलपी ग्याासको अभाव पूर्वाञ्चलमा दशै अगावैबाट अभाव देखिन थालेको भए तापनि आधिकारिक निकायले कुनै अग्रसता देखाएको पाइादैन ।
एलपी ग्याासको चरम अभाव भएर उपभोक्ताको आक्रासे झेल्दै आएका एलपी ग्याास विक्रेता संघ मोरङ्गले उद्योगहरुमा हस्तक्षेप गरी कालो बजारमा सहज ग्याास आपूर्तिको व्यवस्था मिलाई दिन नेपाल आयल नियम क्षेत्रीय कार्यालय विराटनगरलाई अनुरोध गरेका छन् ।
संघले आइतबार नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय प्रमुख सिताराम पोख्रेल र प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई एक ज्ञापानपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उसले जुन उद्योग जुन क्षेत्रमा स्थापित छ त्यस उद्योगले स्थानीय बजारहरुमा पर्याप्त उपलब्ध गराएपछि मात्र अन्यत्र विक्री वितरण गर्न पाउनुपर्छ, यो नै न्योचित हुन्छ । त्यसका लागि मोरङ्ग जिल्लाभित्र स्थापित उद्योगहरुलाई निर्देशनात्मक आदेश जारी होस् भन्ने हाम्रो अनुरोध छ । भाउ बृद्धि नगरी हामीले ग्याास नपाउने हो भने भाउ बृद्धिका लागि मोरङ्ग जिल्लाबाटै पहल गरियोस्, हामी सर्वसाधारणको हस्ताक्षतर संकलन गर्न तयार छौं । विज्ञप्तीमा अगाडि भनिएको छ पर्याप्त ग्याास उपलब्ध गराउन कोटा थपियोस्, कोटा थप नहुन्जेल
विराटनगरका उद्योगहरुले स्थानीय रुपमै विक्री वितरण गर्नुपर्ने नारायण गढ, काठमाण्डौ लैजान नपाउने व्यवस्था
गरियोस्् र बजार विस्तारको क्रम तुरुन्त रोक्न आदेश जारी गरियोस् अन्यथा आफूहरु पसल बन्द गरी चाबी बुझाउने अवस्थामा पुगिसकेका छौं ।
यसै सम्बन्धमा नेपाल आयल निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख सिताराम पोख्रेलसाग सम्पर्क राख्दा उहााले भन्नुभयो, भदौ महिनामा ३८ सय मेट्रिक टन ग्याास पूर्वाञ्चलका उद्योगहरुमा आएको थियो । पूर्वाञ्चलको कोटा पनि यही हो । असोजमा ३३ सय मेट्रिक टन ग्याास आएको देखिन्छ । पााचसय मेट्रिक टन ग्याास कम आउादैमा बजारमा एलपी ग्याासको हाहाकार नहुनु पर्ने हो । हामीले कुनै पनि उद्योगीहरुलाई कोटा बमोजिमको पिडिओ दिइरहेका छौं । भारतको बरौनीमा लोडिङ्ग कम भएकोले ग्याासको अभाव भएको उद्योगीहरु बताउाछन्, प्रमुख पोख्रेलले भन्नुभयो । उता एलपी ग्याास विक्रेता संघका अध्यक्ष तेजराज श्रेष्ठले भन्नुभयो यहााका उद्योगीहले पाएको कोटा अर्को जिल्लामा लैजाने गरेकाले बजारमा उद्योगीहरुले सुनिश्चित रुपमा ग्याास अभाव गराएका हुन् ।
यहाा स्मरणीय कुरा के छ भने नेपाल आयल निगमले प्रति सिलिण्डर ५ सय ३६ रुपैया घाटा व्यहोरेर पूर्वाञ्चलका आठवटा उद्योगलाई उनीहरुले मागे बमोजिमको कोटा उपलब्ध गराउादै आएको छ । मोरङ्गको हात्तीमुढास्थित रहेको कोशी ग्याासलाई १ हजार ७ सय ७४ मेट्रिक टन, सोनापुर स्थित रहको मारुतीलाई ५ सय ३३ मेट्रिक टन, पकलीस्थित रहेको प्रिमालाई ४ सय ८ मट्रिक टन, झापाको धुलाबारीस्थित रहेको मेची ग्याास उद्योगलाई ४ सय मेट्रिक टन,
पराजुलीलाई २ सय ४९ मेट्रिक टन,
रिजाललाई २ सय ३६, कन्काईलाई १ सय ८ र सुगमलाई १ सय ८ मेट्रिक टनको पिडिओ आयल निगमले उपलब्ध
गराउदै आएका छन् । विक्रेता संघका पदाधिकारीको आरोप छ, कोशी ग्याास उद्योग र सुगम ग्याास उद्योगले पूर्वाञ्चलबाट पाएको कोटा आफ्ना अन्य उद्योगमा लैजाने गरेका छन् । कोशीको नवलपरासी र सुगमको धादिङ्गमा समेत उद्योग रहेको छ । क्षेत्रीय प्रमुख पोख्रेल भन्नुहुन्छ–उद्योगीहरुलाई कोटा कम भयो भने भन्नुपर्यो म पिडिओ बढाइदिन्छु । तर कृत्रिम अभाव गरेर उपभोक्तालाई दु:ख दिन पाइादैन ।
