राजाधानी/पछिल्ला दिनमा नपालको सुरक्षा अवस्था अत्यन्तै तरल बन्दै गएको छ । नेपाल–भारत खुल्ला नाकाको प्रयोग गरी आतंककारीहरु नेपाल प्रवेश गर्ने र विभिन्न ठाउामा बसी आतंककारी योजना बनाउन थालेको भन्दै भारत सरकारले नेपाल सरकारलाई सूचना दिएको छ ।
भारत सरकारले नेपालका उपल्लोा स्तरका नेताहरुको हत्या समेत आतंककारीहरुबाट हुन सक्ने भन्दै सचेत गराएको छ । काठमाण्डौस्थित रहेको भारतीय राजदुतावासले गोप्य र अैपाचारिक रुपमै पत्रमार्फत आतंककारीहरुबाट नेपाली नेताहरुको हत्या, भारतीय दुतावासका अधिकृतहरुको अपहरण र विमान अपहरण हुनसक्ने अति संवेदनशील सूचना नेपाल सरकारलाई दिएको हो ।
असोज ८ गते अर्थात २४ सेप्टेम्बर २०१४ मा उसले त्यति संवेदनशील सूचना दिइए तापनि सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन कुनै पहल गरेको देखिदैन । भारतले त्यस्तो सूचना आफूहरुले अत्यन्तै भरपर्दो र विश्वासिलो स्रोत पाएको पत्रमा उल्लेख गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयमार्फत लेखिएको उक्त पत्रलाई पराराष्ट्र मन्त्रालयले झण्डै १६ दिनसम्म गोप्य राख्यो । पत्रमा अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको सम्भावना रहेको जनाएको छ । अल कायदा र इन्डियन मुजाहिद्धिनले नेपालका राजनैतिक दलका नेता, भारतीय राजदुतावासका अधिकारी र विमान अपहरणको खतरा किन रहयो भन्ने सम्बन्धमा भने पत्रमा केही उल्लेख गरेको छैन ।
यो आतंककारीबाट नेपालका कुन कुन नेतालाई सुरक्षाको खतरा रहेको भन्ने खुलाइएको छैन । पत्रमा केवल प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स भन्ने मात्र उल्लेख गरिएको छ । भारत सरकारले दिएको सूचना अनुसार विमान स्थलबाट नेपालको वा भारतको विमान अपहरण हुने जनाएपछि काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाल सुरक्षा व्यवस्था कडा बनाइएको स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार
भारत सरकारले सूचना दिएको सााचो हो । सूचना लिखित र मौखिक दुवै रुपमा आएको छ । परराष्ट्र मन्त्रालयले सुरक्षा निकायलाई यस सम्बन्धमा जानकारी समेत गराइसकेको छ । पत्रको बोधार्थ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई दिइसकेको जनाएको छ । अपहरण, हत्याको योजना बनाएका अलकायदा र इन्डियन मुजाहिद्धिनले विसालु ग्याासको प्रयोगसमेत गर्न सक्ने भएकोले पार्टीका केन्द्रीय स्तरका नेतामात्र नभएर स्थानीय प्रभावशाली नेता र सर्वसाधारण समेत अपहरणमा पर्न सक्ने जनाइएको छ ।
यतिबेला नेपालमा आगामी सार्क सम्मेलनको तयारी तिब्र रुपमा भइरहेको छ । यसैलाई लक्षित गरी अल कायदा र इन्डियन मजुाहिद्धिनसाग आवद्ध गिरोह नेपाल प्रवेश गरिरहेको हुनसक्ने स्रोतको अनुमान छ । भारत सरकारका तर्फबाट लिखित रुपमै पत्र आएपछि संवेदनशील बन्नै पर्छ । यसै सम्बन्धमा यतिबेला सुरक्षा निकायबीच सुरक्षा संवेदनशीलतालाई लिएर छलफल चल्न थालेको छ । लिखित रुपमा पत्र आएपछि
सतर्क रहादै पत्रमा उल्लेख भए बमोजिम स्थानमा सर्च अभियान थाल्ने सुरक्षा निकायले जनाएको छ । भारतले आफ्ना विभिन्न कुटनीतिक कार्यालयमा
सुरक्षागस्ती बढाई सुरक्षा व्यवस्था मिलाइदिन पनि आग्रह गरेको छ । यहाा स्मरणीय कुरा के छ भने केही समय अगाडि नेपालको पूर्वी नाका कााकडभिट्टाबाट भारतीय प्रहरीले केही आतंककारीलाई पक्राउ गरेको थियो ।
