धरान÷ अदालती प्रक्रिया ढिलाइका कारण टेन्डर प्रक्रिया हुन नसक्दा धरानस्थि सेक्टर बन कार्यालयमा काठ कुहिन थालेका छन ।
अवैध रुपमा कटान गरिएका तथा लोड गरी चोरी बाटोबाट लान लागेका विभिन्न जातका काठहरु कार्यालयले प्रक्राउ गरे पनि मुद्धाको सुनुवाई समयमै हुन नसक्दा धरान स्थित सेक्टर वन कार्यालयमा करोडौ मूल्य बराबरको विभिन्न जातका काठहरु कुहिन थालेका हुन्
अवैधानिक रुपमा पक्राउ परेका काठ तथा गोलियाहरु वर्षको अन्तिममा टेण्डर आव्हान गरि लिलामी गर्नुपर्ने हुन्छ । तर सुनसरी जिल्ला वन कार्यालयले बर्षौदेखि टेन्डर आव्हान गर्न नसक्दा विभिन्न जातका गोलिया तथा चिरान काठहरु माटोमै विलिन हुन थालेका छन् । १० हजार भन्दा माथिको विगो भएको मुद्धा अन्तर्गत रहेका गोलिया तथा काठ वन कार्यालयले आफै लिलाम गर्न नपाउने र अदालती प्रक्रियामा जाने भएकोले पनि लिलामीमा ढिलाई भएको सेक्टर बन कार्यालय धरानका अधिकृत ज्ञानकुमार लामाको भनाई छ ।
त्यसरी विक्री नहुदा सरकारी राजस्व त्यसै खेर गईरहेको छ । सेक्टर वन कार्यालय धरानमा हाल सम्म कति काठ पक्राउ परे कति लिलामी भए भन्ने यकिन तथ्यांक नै छैन । कार्यालयका अनुसार २०६८ सालदेखिका तस्करीमा पक्राउ परेका काठहरु लिलामी गर्न नसकिएको हो । साल बाहेकका अन्य जातका काठहरु वर्षामा चाडो कुहिने गरेको वन अधिकृत लामाले बताउनुभयो ।
ल्गातार परेको बर्षाले खुल्ला स्थानमा राखिएका काठहरु कुहिन थालेका छन् । यसलाई काठलाई सुरक्षित स्थानमा राख्न सके कुहिनबाट जोगिने थियो । तर स्थान अभावका कारण काठहरु बाहिर थन्काउनुपरेको अधिकृत लामा बताउनुहुन्छ ।

