बराहको २३ औं बार्षिकोत्सव सम्पन्न

धरान ÷ धरानलाई रक्तदाताहरुको सहर बनाउन अभियान शुरु भएसँगै
बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले शुरु
गरेको यो अभियानमा एकै दिन १ हजार १ सय ६३ पिन्ट रगत संकलन भएको छ । बराहले आफ्नो २३ औ बार्षिकोसत्वको अवसरमा रक्तदान यो अभियानको शुरुवात गरेको हो । धरानमा एकै दिन संकलन भएको रगत नेपालमै दोस्रो तथा पूर्वाञ्चलमा पहिलो भएको नेपाल रेडक्रस सोसाइटी सुनसरीले जनाएको छ ।
सोमबार साझ ५ पछाडि समेत रक्तदान गर्ने दाताहरु आएपनि रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैंकमा संकलन भएको रगत राख्ने स्थानको अभाव भएको भन्दै दाताहरुलाई फर्काइएको थियो । प्रा.लिले धरानका चार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा धरान १३ जिरोप्वाइन्टमा २ सय ११, धरान १५ श्याम चौकमा १ सय ४०, धरान १७ रेल्वेमा १ सय ८७ र सबैभन्दा बढी भानुचौकको लोकतान्त्रिक चौतारीमा ६ सय ५ पिन्ट रगत संकलन गरेको थियो ।
यस्तै भदौ ५ गते बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. २३ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
धरान ८ सभागृह हलमा भएको कार्यक्रमा बराहले विभिन्न समुदायका सम्मानित व्यक्ति, शेहर सदस्य, सर्वाधिक खरिदकर्तालाई सम्मानित
गरेको थियो ।
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछाने तथा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको प्रमख आथित्यमा भएको कार्यक्रममा बराहमा विगतदेखि नै सहयोग पु¥याउने अग्रजहरुलाई सम्मान गरेको थियो । त्यस्तै बराहबाट सबैभन्दा बढी खरिद गनेलाई गोल्डमेडलसहित सम्मान
गरेको थियो भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार रोहित राई, केशव घिमिरे र अनिता
रसाइलीलाई नगद १५ हजार ५ सय ५५ रुपैयासहित सम्मान गरेको
थियो ।
कार्यक्रममा ललित राईले तयार पार्नुभएको विभिन्न जातीय पोसाकमा सजिएका र जातीय गहना समेत प्रदर्शन गरिएको थियो ।
यसैगरी गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो भने नेपालका चर्चित हास्य कलाकार विल्सन विक्रम
राई (तक्मे बुढा)को बेजोड प्रस्तुतिसंगै नेपालका ख्याति कलाकारहरुले सांगतिक प्रस्तुति पस्केका थिए ।

तपाईको प्रतिक्रिया