इटहरी ÷ सुनसरीका बाढी पीडित १ सय २२ परिवारलाई खाद्य तथा अन्य सामाग्री प्रदान गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, मोरंग–सुनसरी क्षेत्र विकास कार्यक्रमको सहयोग र युथ क्रिएसन सुनसरीको संयोजनमा राहत प्रदान गरिएको हो ।
इटहरी १४ का ७१, गढी १ का २९ र इनरुवा ६ मधेसाका २२ परिवारलाई सहयोग गरेको युथ क्रिएसनका सत्यनारायण चौधरीले जानकारी दिए । चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्रीका साथै सरसफाइका सामाग्रीहरु दिइएको चौधरीले बताए । बाढी पीडितहरुलाई सामाग्री दिनुका साथै स्वास्थ्य चेतना जगाउने कार्यक्रमसमेत गरिएको चौधरीले बताए ।

