घण्टाघरबाट हेर्दा

रित्तिने भए बाउराम
के गर्छस् मंगले आफेनै ढंगले भनेझै अहोभर बुद्धि भएका बाउराम सिनित्तै हुने भए । माने रित्तिने भए । लाटो लड्छ एक ल्डयाङ्ग, बाठा लड्छ सय बल्ड्याङ्ग भनेझै माउवादी छोडेर हिडेपछि बाउराम लड्यालड्यै छन् । पुंग न पुच्छरको नयाँ र्पाी गठन गरेर के के न गरिटोपलुला झै गरे अहिले आएर भुत्लएस्को चरो जस्तो भा’छन् । पहिला माउवादीबाट चुडेर लग्याहरु विस्तारै विस्तारै लाखा पाखा लाग्न थाल्या छन् । भर्खरैमत्र १५जना दह«ा दह«ा मान्छे बाउरामको साट छोडिदिएछन् । नछोडेर पनि के गरुन ? नांगा बुगालाई कतिन्जेल साथ दिने ? बाउरामका पछि लाग्दा दह«ै माछो समाउला भनेर
विचाराहरु पछि लाग्या थे । तर भ्यागुतो सम्म समाउन नपाइने देखेपछि मुर्दालाई जुम्राले छोडेजस्तै छोडेर हिड्न थालेका छन् । यस्तै हो भने अलि वार पछि बाउरामसँग उही हिस्स परेकी हिसिला मेममात्र रहलिन जस्तो छ । कि कसो हौ ?
एनजिओकी डन
यो देश पनि गजबै छ । त्यसै सतिले सरापेको भन्या होइन रै’छ । अब हेरौ न अरुलाईचाहिँ देशको सार्वजनिक पद धारण गरेको व्यक्तिले एनजिओ अइएनजिओ चलाउन यहाँ सरकार रोक लगाउँछ तर वाल्वाटारकी कजिनीलाई यो कुराले छोएकै छैन । सांसद पनि हुने त्यसवापत राज्येबाट पाउने सेवा सुविधा पनि लिने अनि ऐनजिओसमेत चलाउने क्या गजब
छ । अरुले यसो ग¥या भए राज्यका धेरै संयन्त्र त्यसका विरुद्धमा खनिन्थे, भंगेरो अक्षेरमा समाचार लेखिन्थे । तर कजिनिको बारेमा कस्ले आँट गर्ने, कस्ले कलम चलाउने ? वाल्वाटारभित्रैबाट कानुनको उल्लंघन हुँदा वातै खलाँस । सबै तै चूप मै चूप । कि क्या हो ?
गठबन्धनको रहस्ये
नेपाली जन्तालाई ठाँटेर उल्लु, बेबखुब बनाउदै अएका माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउले अस्किा दिन एउटा सत्ये कुरा ओकले । यसपालि प्रैचण्डाउले बोल्याचाहिँ पक्कै सत्य होला भन्ने घण्टाघरलाई लाइरा’छ । वात के हो भने झालेमाले सिध्याउन काँग्रेस र माउवादीले गठबन्धन ग¥या रे । यसको मतलब काँग्र्रेस माउवादीको लागि झलेमाले हाउुजी नै भैसक्या रै’छ । तर प्रचण्डाउले एउटा कुराचाहिँ त्यहाँ पनि सोह«ै आना ठगे । त्यो के भन्देखी आफ्नो पार्टी सिद्धिने डरले प्रचण्डाउले काँग्रेसका बाल्वाटारे काजीलाई बसमा पारेको कस्लाई थाहा छैन । संगठन भुत्लोभाङ्ग छैन, जन्मेदेखि धम्क्याएर खाने कार्जेकर्ताको बानी अहिले नि गा’छैन । ठेक्का पट्टाको टेन्डर खोल्नु हुँदैन कमिशन बार्गेनिङ्गका लागि पुगिहाल्ने भएसी कस्ले भोट दिन्छ र यिनका पार्टीले जित्नु ? आफू सिद्धिने डरले काँग्रेसको बुई चढेको कसलाई थाहा छैन र वरिलै ।
राहत सत्तरी रुपैये
सरकारका घरेलु मन्तरीले नेपालका बाढी पीडितहरुलाई ७० रुपैये राहत दिने घोषना ग¥या छ । त्यो ७० रुपैयेले त्यसका बाजेको के आउँछ हँ अहिले ? तिनै जनताले तिरेको करबाट राहत दिन पनि घरेलु मन्तरीलाई कान्छा बाबुको सराद्धे गर्नुजस्तो किन भएको हँ ? अरुलाई बाँड्न पनि नदिने । यो त हदै भयो । हेलिकोप्टर उडेर फाइव स्टार होटलमा ज्यूनार गर्ने, कुखुराको फिला हसुर्ने गर्दा दिनको हजारौ रुपैया उडाउने तर बाढी पीडितलाई ७० रुपैये दिने ? विदेशीले देको करोडौ रुपैये कहाँ गयो, राज्ेकोषबाट निकाल्या एक अर्ब कता बिलायो ? अब राहतमा पनि उही घोटाला त होला नि ? यहाँ घोटालाको राम्रो अवसर प्रदान ग¥या छ अहिले बाढी पहिरोले । जहाँतही घोटाला गर्ने आदत परेका यहाँका स्वाँठहरुले दैवी विपत्तिको बेला पनि नछोड्ने भए ।
के को खस खस ?
शितल निवासा ओल्टिएर पल्टिएर दिन कटनी गर्दैै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्तिका दिन गजबैको जाँगर चलेछ मुलुकाँ बाढी पहिरोले सत्यानश गरेको गोडा सातेक दिन पछि भण्डारीलाई जाँगर चल्या देखेर अबचाहिँ कुछ हुन्छ कि भन्ने लाग्या छ, घण्टाघरलाई पनि । बाढीले दशै तहस नहस बनाएको बेला सुतुर्मुर्ग झै सुतेर बसेका, दन्तवझानमा व्यस्त नेताहरुलाई एकै ठाउँमा भेला
गराई बाढी पहिरोमा परेकाहरुलाई न्यूनिकरणको उपाय खोज्न भनिछन । भेलामा वाल्वाटारे काजी, वालकोटे खप्रओ, लाजिम्पाटे प्रचण्डाउ लगायत अन्य झिा, मसिनाको समेत उपस्थिति रहेको थियो । राष्ट्रपतिले त्यसरी निर्देशन देसी तिनै जन्ताले समान धारणा बनाएर राहत र पुनस्र्थापनाको कम गर्ने भन्देहिडेछन् अनि यी तीन नतोको न हिजो समान धारणा बन्या थ्यो न अहिले बन्या छ न भोलि बन्छ । भालुलाई अर्ति दिएर, पुराण सुनाएर फुइøयाँ हुन्छ ?
राष्ट्रनायक धुर्मुस
पहिला पहिला जहाँ नपुगे रवि त्यहा पुगे कवि भनिन्थ्यो । अहिले जहाँ नपुगे सरकार त्यहाँ पुगे सीताराम कट्टेल माने धुर्मुस भा’छ । कहिले भुइँचालो गएको ठाउँमा घर बनउन पुग्छन् । कहिले
मुसहर बस्तीमा गएर घर ठड्याइदिन्छन्, कहिले बाढीबाट बग्दै गरेकालाई समातेर किनारामा ल्याइदिन्छन्, थला परेकी बृद्धालाई हस्पिटल पु¥याउँछन्, कहिले राहत सामाग्री बोकेर बाढी पीडितकोमा पुग्छन् । हैन यी धुर्मुस त राष्ट्र नायक नै बन्न लगे त हँ ? अब यसैगरी धुर्मुुले समाजसेवा गर्दै गए भने दलका सबै नेता कमन्डलु बोकेर काँशीतिर जानुपर्ने अवस्था आउने पक्का छ । नेता र दलहरुको विपत्तीका रुपमा देखिन थालेका धुर्मुसलाई अब महाअभियोग लगाउनै पनेै भएको छ यसका लागि सबै भन्दा उपयुक्त पात्र पर्धानमन्तनरी शेरबहादुर देउवा र उनका नन्दीभृंगीहरु नै अगाडि सर्नुपर्ने देखिन्छ । अहिल्यै होस् गरेस हैन नत्र वित्यास पर्ला ।
भ्रष्टको धम्की
शासक लायक हुँदा देश उँभो लाग्छ जन्ताले सुख पाउँछन् । तर नालायक भएसी’ सोर्तियो । अब हेरौँ न अख्तियार समेत नतमस्तक हुने, डाक्नु त परै जाओस् छेउमा पुग्दा समेत तीन ठुन्का पर्ने शताब्दीका महान नायक हुन गोपाल खड्का । नेपाल आयल निगमका हर्तकर्ता । बढे बढे शक्ति केन्द्रले समेत यिन्लाई लत्तरो गलाउन सक्दैन । देखादेखी करोडौ रुपैया बजाइदिन्छन् । भर्खरैमात्र पनि आयल निगमको जग्गा खरिद प्रकरण बडो रोक्किएर आएको थियो । ससदीय समितिले समेत खड्कालाई कारबाही गर्नुभनेर अखितयारलाई लेखि पठायो । पत्रकार बडे बेड समाचर लेखे । तर यिन्लाई कुनै अस्त्रले छोएन । छुने
कुरा पनि भएन । सबैका थुतुनोमा बुझो लगाइद्या छन । अस्तिका दिन त पत्रकारलाई जतिसुकै ठूलो अक्षरले लेखेपनि केही खालोसदेृन सम्म
भनेछन् । वाह खड्काकाजीको महिमा
अपरम्पार छ ।
अन्तेमा
नेप्लीज काँग्रेसकी सांसद सुजोले अस्तिका दन पर्धानमन्तरी शेरबहादुर देउवालाई एउटा गतिलो सल्लाह दिइछन् । उन्ले भनिछन्, गिर्जाउको लाइनमा चल्नुस् काँग्रेस उभोलाग्छ । पर्धानमन्तरी काजी पनि केही नबोलेर मुसुक्क हाँसेछन् । तिनै गिर्जाउले गर्दा मैले पार्टी फुटाएँ, गिर्जाउको फुर्को समतेर खुबै नता भाकी अब सिद्धियो जस्तोगरेर फिस्स हाँसेछन् । अब सुजोले देउवाको फिस्स हँसाइको रहस्य कति बुझिन कुन्नि ?

तपाईको प्रतिक्रिया