तीनदेर्खि दिनदेखि लगातार रुपमा आएको बर्षाले धरानका सुकुक्बासी बस्तीका घरहरु धमाधम बाढीले बगाउन थालेपछि स्थानीयहरु क्रसित बन्दै गएका छन् ।
निरन्तर आएको बर्षाले धरान र सर्दु खोलामा बसोबास गर्ने सुकुम्बासी बस्तीका भान्साघर, शौचालय समेत बगाएर लान थालेपछि आफ्नो घर पनि लाने हो कि भन्ने त्रासमा उनीहरु रातभर जाग्राम बसी खोला नियन्त्रणको प्रयासमा जुटेका हुन् ।
धरान ५ देउरालीमा मात्र ५ घरका आधा भाग सेउती खोलाले बगाइसकेको छ । सोही स्थानमा रहेको आइतमाया लिम्बु र छिरिङ भोटेसहित अन्य तीन जनाको घरको पछाडि रहेको भान्साघर र सौचालय बगाइसकेको छ । अकास्मात आएको बाढीले आफूहरुको भान्साघर र सौचालय बगाएको स्थानीय आइतमाया लिम्बुले बताउनुभयो ।
लगातार आएको बर्षाका कारण आएको बाढीले थोरै थोरै गरेर बगाउन थालेपछि अहिले उनीहरुको रातको निन्द्रा अनि दिनको भोक नै हराएको छ । देउरालीकी ६० बर्षीया छिरिङ्ग भोटेले भान्सा र शौचालय बगाएपछि रातभर नसुती घरका सामानहरु बाहिर खुल्ला ठाउमा निकालेको बताउनुभयो । ९ जनाको परिवार बस्दै आएको सो घरको भान्सा बगाएकै कारण रातीदेखि नै खाना पकाएर खान नसकेको उहाको भनाई छ ।
सेउती र सर्दुमा बसोबास गर्ने ६० वटा बस्तीमा अहिले यो अवस्था आएको छ । रातभर आएको बर्षाका कारण घरमा बस्ने हो कि घर छोडेर अन्त्यै जाने भन्ने द्विविधामा छन् उनीहरु । बसौ भने मानवीय क्षति हुने त्रास छ भने छोड्दा पनि त्यत्रो सृटि गरेर जोडेको सामान बाढीले एकै छाक बनाउने पीर पनि उत्तिकै छ ।
बाढीले धरान ११, १६, १५, ५ मा रहेका सेउती र सर्दु खोलाले धार परिवर्तन गरी बस्तीभित्रै पस्न थालेको छ भने धरान ११ र १६ को सर्दु खोलामा रहेका दुई घरको आधार भाग बाढीले बगाइसकेको छ । त्यतिमात्र हैन बाढीले धरान १६ चन्द्र संस्कृत मा.विको केही भाग भत्किएको छ भने नजिकै रहेको पुल समेत जोखिममा परेको छ । यस्तै गरी धरान ८ धनकुटे रोडको बीपी प्रतिष्ठान जोड्ने निर्माणाधीन पुल समेत जोखिममा पर्दै गएका छन् भने त्यहा वरपर बसोबास गर्ने सर्वसाधारण समेत त्रासमा बाच्न बाध्य छन् ।
धरानका बाढी जोखिम क्षेत्रमा धरान उपमहानगरपालिकाले समेत अल्पकालीन समस्या समाधानको प्रयास थालिरहेको छ । जोखिममा परेकाहरुलाई त्यहाबाट उद्धार गर्ने र खोलामा तारजाली लगाएर अल्पकालीन समस्या समाधानको प्रयास थालेको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बताउनुभयो । उहाले धरानमा थप जनधनको क्षति नहोस् भन्ने अभिपायले् नगरपालिकामा रहेका यस्ता जोखिमपूर्ण बस्तीको पहिचान गरी क्षति न्यनिकरण कम गर्ने प्रयास धरान उमपहानगरपालिकाले थालिसकेको समेत बताउनुभयो ।
बाढीले धमाधम बगाउन थालेपछि स्थानीयहरु पनि अहिले सक्रिय भएर लागेका छन् । उनीहरु खोलामा आएको बाढी नियन्त्रणका लागि अल्पकालीन प्रयासमा लागेका छन् । उनीहरुले खोलामा तारजाली लगाउनेदेखि लिएर खोलाको धार परिवर्तन गर्न सक्रिय भएर लागेका हुन् ।

