प्रा.डा.राजकुमार रौनियार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति । वि.सं. २०५० अर्थात सन् १९९३ मा नेपाल–भारतको ज्वाइन्ट भेन्चरमा स्थापना भएको अन्तर्राष्ट्रिय स्तरको नन प्राक्टिसिङ्ग मेडिकल कलेज प्रतिष्ठानमा प्रा.डा. रौनियार २४ बर्षदेखि कार्यरत हुनुहुन्छ ।
सुसनरी जिल्लाको दुहवी निवासी रौनियार उपकुलपतिको जिम्मेवारी पाउनु अगाडि प्रतिष्ठानको रेडियोलोजी भिागको प्रमुख र प्रोफेसरको रुपमा काम गर्दै आउनु भएको थियो । उहाँले दुहवी स्कुल, महेन्द्र
मोरङ आदर्श क्याम्पस हुँदै केरला युनिभर्सिटीबाट एमविविएस र अल इन्डिया इष्टिच्युटबाट रेडियोलोजीमा एमडी गर्नुभएको हो । रेडियोलोजीमा एमडी गरिसकेपछि प्राइभेट प्राक्टिसमा नगएर प्रोपेसनल क्यारियरमै सेवा पु¥याउने उद्देश्यले उहाँले प्रतिष्ठानमा ज्वाइन गर्नुभएको हो ।
उपकुलपति प्रा.डा. राजकुमार रौनियार भन्नुहुन्छ ‘मैले गरेको त्याग र कामको उच्च मुल्यांकन गरेर नेपाल
सरकारले मलाई विश्वास गरेर प्रतिष्ठानको महत्वपूर्ण जिम्मेवारी दिएको छ । मेरा लागि यो निश्चय नै गौरवको
कुरा हो । प्रतिष्ठानको सदृढिकरण कसरी गर्ने, आम सर्वसाधारणले प्रत्यक्ष अनुभूति गर्ने खालको परिवर्तन कसरी गर्ने, कसरी प्रतिष्ठानलाई समृद्ध बनाउने आफ्नो लागि चुनौतिको विषय भएको रौनियार बताउनुहुन्छ । धरानको लागि मात्र नभएर पूर्वाञ्चलबासीकै लागि प्रतिष्ठान एउटा महत्वपूर्ण संस्था हो । २४ बर्षको इतिहासमा प्रतिष्ठान एउटा स्पेसिलयाली सेवामा मात्र सीमित छ । यस भन्दा मािथ सपुर स्पेशियालीटी सेवा जस्तै नेफ्रोलोजी, न्युरोलोजी, इन्डोक्राइमोलोजी, ट्रान्सप्लान्ट, प्लाष्टिक सर्जरी आदि सेवा प्रतिष्ठानमा हालसम्म शुरु हुन सकेका छैनन् । यी सेवाहरुप्रतिष्ठनबाट कसरी दिने भन्नेमा आफूले चुनौतिका रुमपा लिएको उपकुलपति प्रा.डा. रौनियार बताउनुहुन्छ । रेडियोोजी क्षेत्रमा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान समेत पाउनु भएका रौनियार प्रतिष्ठानमा काम गर्ने वातावरण नभएको, काममा भित्रबाटै असहयोग हुने गरेको भए पनि प्रतिष्ठानलाई नयाँ उचाइँमा पु¥याएरै छाड्ने बताउनु हुन्छ ।
यस पटक हामीले उपकुलपति प्रा.डा रौनियारसँग प्रतिष्ठानको बिग्रदो अवस्था, गुर्नपर्ने सुधारका कार्यहरु, थप सेवा सुविधा आदिका विषयसँगै उहाँमाथि छोटो समयमा लागेका आरोप प्रत्यारोपका विषयमा समेत साक्षात्कार
गरेका छौं । प्रस्तुत छन् साक्षात्कारका सारसंक्षेप ः
त्रतपाई अहिले प्रतिष्ठानको महत्वपूर्ण ओहदा उपकुलपति हुनुहुन्छ । चुनौतिहरु यहाँ के के देख्नु भएको छ ?
–सबैभन्दा पहिला यो कुरा गर्दा यहाँ अहिले पुरानै टिम रहेको अवस्था छ । भर्खरै मन्त्रीको सिफारिसमा अस्पताल प्रमुख बनाउन सफल भएको छु । यो टिममा पुरानै साथीहरु रहेको अवस्थामा अगाडि बढ्नुपर्ने हुन्छ । यो अस्पतालमा धेरै चुनौति छन् । यो अस्पपताल १९९३ मा ३ सय ५० शैøयाबाट आज ८ सय ५० शैøयाको नजिक आउँदा पनि
विरामीको चाप मध्य नेपालदेखि लिएर पूर्वको मेची र उत्तरमा हिमालका विरामीसगै छिमेकी भारतका विरामीको चाप दैनिक ३ हजार भन्दा बढी छ । यो अस्पताल सानो हुँदै गएको देखियो । जताततै ओपिडीमा एकदम भिडको अवस्था छ, भिडलाई कसरी व्यवस्थित गर्ने र इस्भेष्टिगेशन, अप्रेशन थ्रेटरहरुमा डेट लामो हुन गइरहेका छन् । भिडले गर्दा चाहिने जतिको सुविधा विरामीले पाउनुपथ्र्यो त्यो पाइरहेका छैनन् । यसमा मलाई चिन्ता लागेको छ । यसलाई मैले चुनौतिको रुपमा लिएको छु । कसरी यी सेवालाई विस्तार गर्ने भन्ने तर्फ म लागि रहेको छु । जसरी सबैभन्दा ठूलो चुतौति इमरजेन्सी सेवाको छ त्यहाँ विरामीे चाप हेर्दा थाहा हुन्छ । यसलाई विस्तार गर्न आवश्यक छ । हाल हामीले एउटा कार्ड सेवा शुरु गरेका छौं । अनावश्यक व्याक्तिहरुको भीड मात्र गर्नेलाई क्लिन गरेर अहिले
इमरजेन्सीलाई केही हदसम्म व्यवस्थित गरेका छांै तर विस्तार चाहिँ गर्नैपर्छ । यो पूर्वाञ्चलको ठूलो हेल्थ सेन्टर हो । विरामीको चाप देख्दा यसलाई विस्तार गर्नुको विकल्प छैन । यसैगरी हाल १५ देखि १७ वटा मात्र हामीसँग आइसियु छ । यहाँ लभगभ ५० वटा आइसियु हुनुपर्छ । यहाँ विरामीले आयसियु पाउनु भनेको लट्री पर्नुजस्तो भएको छ । त्यसैगरी डाइलोसिस सेवा, यस्तो सिरियस र गम्भीर प्रकृतिको सेवा हामीसँग एकदम थोरै छ । यसलाई हामीले विस्तार गर्नुपर्छ । डाइलासिस ५० र आइसियु ५० को योजना बनाएर म स्वास्थ्य मन्त्रालय पुगेँ, मन्त्रीलाई आग्रह गरेको छु । पूर्वाञ्चलका जनताले यो सेवा तुरुन्त पाउनुपर्छ भनेर कार्य अगाडि बढाउनुपर्छ र यो मेरो प्राथमिकता हो ।
त्रतपाइलाई काम गर्दा के कस्ता चुनौति छन् त ?
–चुनौति भनेको नै विरामीको चाप अत्याधिक छ र तिनीहरुलाई कसरी एकुमोडेड गर्ने भन्ने नै हो । इमरजेन्सी, डाइलासिस, आइसियु त्यो सेवा कसरी विस्तार गर्ने ? अर्को कुरा जहिले पनि म्यानेजमेन्ट भित्र अस्थिर शक्तिहरुको उपस्थिति रहेको छ । त्यो अस्थिर शक्तिले, उच्छृंखल तत्वहरुले काम गनृ नदिएर, अनावश्यक मिडिया प्रयोग गरेर दुःख दिने गरेका छन् । त्यसलाई चिर्दैै अगाडि बढ्नु
परेको छ ।
त्रतपाई आएपछि अस्पताल सुधारका
कुरामा के के काम गर्नुभएको छ ?
–अस्पताल सुधारमा म आउनु भन्दा अगाडि भिसी, डाइरेक्टर नभएको अवस्था थियो । त्यो अवस्थामा सेवाहरु अस्तव्यस्त भएको थियो, त्यो अवस्थामा सेवाहरु जुन अस्तव्स्त थिए त्यसलाई हामीले हाल स्मुथ पारेका
छौं । सबै ल्याब, बोर्डका सेवाहरु अहिले स्मुथसँग चलेका छन् । विरामीले वेड नपाउने, अप्रेशन थ्रेटरको डेट लामो हुने । यो समस्या समाधान गर्नु जादुको छडी घुमाए जस्तो होइन । यो समस्यामा हामीले हात हालेका छौं । विस्तार गर्दे गएका छौं,
इमरजेन्सीमा सुधार ल्याएका छौं जसले गर्दा भीडभाड कम भएको छ । विचौलियाहरुको उपस्थितिलाई निरुत्साहित गरेका छौं । त्यस्तै ओपिडी रजिष्ट्रशनको लामो लाइन
लागिरहेको थियो, बृद्ध, अपाङ्ग विरामीलाई गाह«ो भइरहेको थियो त्यसलाई व्यवस्थित गरेका छौं । जेष्ठ, अपांग वृद्धहरुका लागि छुट्टै लाइनको व्यवस्था गरेका छौं । हाल डिजिटल प्रविधिबाट रजिष्ट्रेशन सिस्टम शुरु गरेका
छौं । जसका कारण कुपन र नम्बर लिएर कुर्सीमा बस्ने र नम्बर आएपछि रजिष्ट्रेशन गर्ने । अरु भीडभाडलाई पनि कम गरेका
छौं । ल्याव स्वा दुरुस्त भइरहेको छ फास्ट ट्रयाक रेडियोलोजी र ल्याबोेरेटरी अलिकति पैसा थपेर तुरुन्त हुने सिस्टममा जान
खोजिरहेका छौं । अस्पताल स्मुथ तरिकाले चलिरहेको छ ।
त्रशिक्षाको सुधारमा के के गर्नुभएको छ ?
–शिक्षा क्षेत्रमा के के गर्नुपर्छ भन्ने कुरा हामीले शिक्षाध्यक्षसँग निरन्तर छलफल गरिरहेका छौं । विद्यार्थीहरुका लागि नियमित कक्षा सञ्चालन गर्ने गरेका छौं । विगतका दिनमा यस्तो विवादसहित एमडी, एमविविएसका रिजल्हरु भए । यसपटक निष्पक्ष र स्वतन्त्र तरिकाले विवादरहित एमडी, एमविविएस, नर्सिङ्ग सबैको इन्ट्रान्स सफलतापूर्वक गरेका छौं । अरु पनि गृहकार्य हामी गर्दै जान्छौं । पढाई लेखाई राम्रो, स्मुथ र क्वालिटी होस.् । बीपी केआइएचएस पढाइकै नाममा चिनुपर्छ । देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्छ । अस्पताल सेवा, रिसर्चको क्षेत्रमा पनि जुन शिक्षासँग जोडिएको छ, हामी नेपालमै उत्कृष्ट संख्यामा रिसर्च पब्लिकेशन गरेर अगाडि जान्छौं । अर्थात शिक्षामा सुधार गरिरहेकाका छौ,। रेगुलर गरिरहेकोका छौ । समयमै क्लास हुने्, टिचरहरुलाई मोटिभेट गर्ने, हाम्रो यहाँ भएको हेल्थ प्रोफेसनल एजुकेशन छ रेगुलर टिचरलाई ट्रेनिङ्ग दिने काम हुँदैछ ।
त्रअलिकति फरक प्रसंग, तपाई रेडियोलोजीको एचओडी हुँदा ज्ञ।छ को त्भकबि एमआरआई मेशिन १३ करोड ५० लाखमा खरिद गर्न खोज्दा तपाईले अस्विकार गर्नुभयो अहिले त्यही मेसिन १६ करोडमा खरिद गर्न खोज्नुको रहस्य के हो ?
–कुनै पनि कुुराको एउटा प्रक्रिया हुन्छ । भिसी भएर होस् या एचओडी भएर होस प्रत्यक्ष प्रत्यक्ष संलग्नता कही पनि हुँदैन । एचओडी हुँदा पनि डिपार्टमेन्टमा १२÷१३ जनाको एउटा टेक्निकल कमिटी हुन्छ । यो टेक्निकल कमिटी त्यो बेला ज्ञ।छ। को त्बकबि एमआरआइ किन्ने भनेर जुन स्पेसिफिकेसन मिलायो । त्यो स्फेसिफिकेशन अनुसार धेरै टेक्निकल कुरा हुन्छ । टेक्निकल कुरा हेर्दा त्यसबेला पुरा डिपार्टमेन्टले एक स्वरले त्यो मेसिन हाम्रो लागि उपयुक्त छैन, हामीले खोजेजस्तो छैन । त्यसका पारामिटरहरु भिन्नै थिए भनेर मेसिन हामीले किन्न डिपार्टमेन्टले रिजेक्ट ग¥यो । सबै मेसिन एक नासको हुँदैन । गाडीकै एलेक्स मोडेल हुन्छ भने अर्को फूल अप्सनको हुन्छ । त्यसको दाममा निश्चय नै फरक पर्छ । त्यसबेला मेसिन किनिएन । त्यही बेला कार्यकारणीबाट स्विकृत भएको थियो १.५ पूर्व मयानेजमेन्टकै पालामा त्भकबि एमआरआई किन्ने भनेर । त्यसपछि त्यो टेन्डर बदर गरियो । टेन्डरको क्रममा त्यो बेला बनाएको डिपार्टमेन्टले. खरिद समितिलाई पठायो । खरिद समितिले आÏनो प्रक्रिया पूरा गरेर टेन्डर ग¥यो । टेन्डर गर्दा फेरि खोलेर टेक्निकल कमिटीले भन्यो यो मेनि ठीक छ । यति त तपाईहरुले बुझिदिनुपर्छ धेरै पारामिटर टेक्निकल नबुझेपछि निश्चय नै त्यो मेसिन र यो मेसिनमा फरक छ ।
त्रत्यसबेला किन्न खोजेको र अहिले किन्न खोजेको मेसिनमा फरक के छ ?
–टेक्निकल कुरामा फरक छ । यो कुरा तपाईहरुलाई हामी पछि भनौला । यो फाइल कसैले उजुरी गर्दा अख्तियारमा परेकोले धेरै कुराहरु मैले गर्न मिल्दैन, । तर तपाईले एउटा के कुरा बुझिदिनु प¥यो भने त्यो बेला रिजेक्ट गरियो । केही कारणले होला डिफिनेन्टली , अहिले त्यो मेसिन अकैै हो ।
त्र१.५ को त्भकबि होइन ?
–१.५ नै हो तर अर्कै हो । भनेको अहिलेको फुल अप्सन हो । त्यसको इन्जीनको स्ट्रेन्थ मेसिनको स्ट्रोन्थ, पावरमा धेरै फरक छ , यति कुरा म भन्न सक्छु यो मेसिन डिपार्टमेन्टले टेक्निकल कमिटीले स्वीका¥यो । खरिद समितिले प्रक्रिया मिलेको छ भन्यो । त्यसको मुल्यांकन समितिले यो ठीक छ भन्यो । त्यसपछि कार्यकारिणी समितिले स्विका¥यो । एक्लो भिसीले के भन्छ ? यो गर यो नगर भन्ने कुरा आउँदैन । भिसीको प्रभावमा सबै कुरा हुँदैन । यसमा कमिटीबाट एप्रुभ भएर आउदा पहिलाको मेसिन र अहिलेको मेसिनमा धेरै फरक छ । यो धेरै एडभान्सको मेसिन हो । दाममा अलिकति फरक प¥यो होला । पहिलाको पनि अख्तियारमा कसैले उजुरी ग¥यो । अख्तियार एउटा सवैधानिक निकाय हो । हामीसँग कुनै फाइल जाँचबुझ गर्न माग्दा निश्चय नै दिनुपर्छ, मद्धत गर्नुपर्छ । तर फाइल दिएपछि मिडियामा यस्तो कुरा आयो जुन गलत भयो । मेरो एचओडीको अवस्थामा पूर्व म्यानेजमेन्टको फाइल अख्तियारबाट माग्न आयो । हामीले सहर्ष सहयोग गरेर फाइल दियौँ । त्यसबेला छापा भन्ने शब्द प्रयोग गरिएन । अहिले छापा भनियो कति षड्यन्त्र छ । कति अस्थिर, उच्छृंखल तत्व भित्रै छन् । लगेको फाइलमािथ छानबिन त होला , पूर्व म्यानेजमेन्टको पालामा ट्रकका ट्रक कागजात लग्यो अख्तियारले त्यसलाई छापा भनिन्छ । हामीले त अख्तियारलाई नै सहयोग गरेका छौं ।
त्रत्भकिब मेसिन खरिद गर्दा शिक्षाध्यक्ष र कुल सचिवले महँगो भयो भनेर आफ्नो असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको हो ?
–नोट अफ डिसेन्ट भन्दा पनि यो कार्यकारिणी निर्णय हुँदा हाम्रो रेक्टर साहेवले के भन्नुभयो १.५ को प्रक्रियागतमा कुनै विरोध छैन । उहाँले नै पहिलो कार्यकारिणीमा १.५ किन्नुपर्छ भनेर सहमति दिनुभएको थियो । यो पनि वडो इन्ट्रेस्टिङ्ग कुरा छ । जुन कार्यकारणीमा हामीले रिजेक्ट गरेका थियौै । उहाँ भन्नुहुन्छ थ्रि थियो त्यो किन नकिन्ने भन्नुहुन्छ । १.५ किन्ने आधार छ । थ्रि त्भकबि को सट्टा डिपार्टमेन्टले १.५ नै माग्दैछ भने त्यही प्रक्रिया शुरु भयो । थ्रि त्भकिब कहाँ छ ? टिचिङ्ग, बीर, पाटन कही पनि छैन । रेक्टर र रजिष्ट्रारको फरक मत होइन । सात जनामा सबै सहमत छन् । यसको इन्टिमेटेड कष्ट डलरको हिसाबले हेर्दा इस्टिमेट कष्ट भन्दा कम छ । विनिमय दरले गर्दा एक डेढ लाख महँगो देखिन्छ । डलरमा यो सस्तो हो ।
त्रदुई अर्ब अठार करोडको मातृ शिशु अर्थात एसिएच विल्डिङ्ग बनाउँदा पहिलाको म्यानेजमेन्टले केस कन्सल्टेन्सीलाई १.५ प्रतिशत कमिशन दिएको थियो । अहिले त्यी केस कन्सल्टेन्सीलाई कार्डियोलोजी र क्यानसरको बनाउँदा ३.६ प्रतिशत तपाइले दिनुभयो ४ अर्बको उक्त भवन बनाउँदा परामर्शदाताले मात्र १५÷१६ करोड लैजाने भयो । यसले प्रतिष्ठाननलाई हानी भएन ?
–यथार्थ के हो भने मातृ शिशु बन्दाको टेन्डर र केस कन्सल्टेसी, कार्डियोलोजी र अन्कुलोजी बन्दा पूर्व मयानेजमेन्टले नै टेन्डर गरेको हो । यो टेन्ड प्रक्रिया हुँदा हामी आएर खोल्ने काममात्र गरेका हौं । टेन्डर खोल्दा कार्यकारीले निर्णय गरेको थियो । त्यहा दुईवटा कम्पिटिशन भयो । यसमा रजिष्ट्रार, रेक्टर सबै सहमत छन् । यसमा मेरो कुनै हात छैन ।
त्रएउटै कन्ससल्टेन्सीलाई एउटै कामको लागि फरक फरक दरमा कमिशन ँिददा शंका उब्जदैन ?
–मैले भनिहाले नि मैले खोलेको मात्र हो । कार्यकारिणीमा गएपछि त्यहाँ सबै भन्दा लोमा भएकोलाई छानिएको हो । कसैंले छानेको हैन । कसैको फरक मत छैन ।
त्रतपाइले कमसेकम प्रतिष्ठानलाई घाटा हुन्छ यसलाई क्यान्सिल गर्नुपर्छ त भन्न सक्नु हुन्थ्यो नि ?
–कार्यकारिणीको निर्णय हो । पहिलाकै कार्यकारिणीे गरेको हो ।
त्रएमडिएमएस इन्डियन कोटामा रि–इन्ट्रान्स गर्ने जुन निर्णय भयो प्रतिष्ठानको कुन नियम र निर्णयको आधार गरियो ?
–हामी आएपछि बडो सफलतापूर्वक एमविविएस लगायतका इन्ट्रान्स सफल गरेका छौं । मेडिकल काउन्सिलले हामीलाई १२०–३० वटा सिट दिँदा त्यसमध्ये २० वटा इन्डियन कोटाका लगि छुट्याएका हुन्छौं । किनभने इन्डियनलाई सिट दिनुको मुख्य कारण हामो आर्थिक आम्दानी हुने, बजेट चल्ने कुरा हो । त्यो महँगो सिट हो । त्यसबाट इस्टिच्युटलाई आर्थिक अवस्था थोरै भए पनि थामिन्छ । नेपाल मेडिकल काउन्सिलिले हामीलाइ के भन्यो भने ४० प्रतिशतको सट्टा ५० प्रतिशत पास मार्क हुनुपर्छ । त्यसमा इण्डियन क्यान्डिडेट थोरै पास भए । थोरै पास हुँदा लगभग १२ वटा सिट खाली हुन आयो । १२ वटा सिटको आम्दानी १० देखि १२ करोड हुन्छ । त्यतिको आर्थिक अवस्था खस्कनु राम्रो होइन । थर्ड काउन्सिलिङ्ग सिद्धिएपछि कहीँ पनि हाम्रो एक्जाम लिने आधार भनेको प्रोस्पेक्टस हो । यो प्रोस्पेक्टस कार्यकारिणी र पछि सिनेटबाट पास गराइन्छ । त्यो प्रोपेक्टसमा कही पनि त्यो सिटलाई नेपालीम कन्भर्ट गर्नु भनेर लेखेको छैन । त्यस कारण कुनैपनि नियममा लेखेको छैन । पहिला पहिला यो सबै सिट इन्डियनबाटै भरिन्थ्यो । लास्टमा एक दुई वटा रहेको भए हामी व्यवस्थापन गर्ने थियौ होला, त्यो सिटमा विधिवत हिसाबले प्रतिष्ठानको हितमा राख्दै पोस्पेक्टस हेरेर एक्जाम समितिले प्रस्तावको रुपमा रि एक्जाम गरेर क्षतिलाई कम गराउने काम गरेको हो । यो प्रतिष्ठानको हितमा ठूलो निर्णय हो । यसलाई कार्यकारीमा राखिन्छ ।
त्रविधान विपरीत त छैन ?
–छैन । कही पनि विधानमा छैन । २००५ मा पनि, २००६ मा पनि केयुले रि इन्ट्रान्स गरेको छ । कसैले ये सिट नेपालीलाई कन्भर्ट गरिदिनुपर्छ भनेर स्टे अर्डर ल्याएका छन् । मलाई पूर्ण विश्वास छ हामीले जवाफ दिन्छौं, प्रतिष्ठानको आर्थिक अवस्थालाई जोगाउन यसो गरेको भन्छौं । यो सिट विदेशीको हो । कुनै नियमले हुँदैन भनेर भनिदिनुप¥यो । हाम्रो आथिक स्रोत भनेको विद्यार्थी, अस्पताल नै हो । सरकारले हाम्रो तलबको दायित्व समेत बोकेको छैन ।
त्रप्रतिष्ठानमा काम गने सबै कन्सलट्यान्ट र सप्लायर्सहरुले फाइल स्विकृत गर्नु भन्दा अगाडि १०–१२ प्रतिशत रकम लिएर मात्र स्विकृत गनुहुन्छ भन्ने आरोप तपाईमाथि छ । अख्तियारमा यसै सम्बन्धमा तपाईको भ्वाइस सहितको रेकर्ड पनि बुझाइएको छ भन्ने सुन्नमा आएको छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
–यो निराधार आरोप हो । यसमा मलाई केही भन्नु छैन । म कुनै ठेकेदारलाई भेट्दिन पनि । प्रक्रियागत रुपले कुनै पनि ठेक्काको फाइल मेरो टेवलमा आउँछ । मिलेको छ भने हामी स्वीकृत गर्छौ । मैले स्विकृत गर्ने हो भने म गर्छु, कार्यकारिणीले गर्ने हो भने कार्यकारिणीले गर्छ । यहाँ कहीँ पनि त्यस्तो भएको छैन । यो सबै निराधार कुरा हो । यो उच्छृखल तत्व, अस्थिरता फैलाउने तत्वहरुले यस्तै कुरा फैल्याइरहेका छन् । यस्तो कुरामा कसैले विश्वास नगरिदिनु हुन म आग्रह गर्दछु ।
त्रआज तीन बर्षदेखि प्रतिष्ठानका चिकित्सक, कर्मचारीको तलब बढेको छैन । तपाई उनीहरुको तलब बढाउने कुरामा के सोच्दै हुनुहुन्छ ?
–नेपाल सरकारले तलब बढाउँदा बीपीमा तलब बढ्दैन । यहाँ कति पटक आन्दोलन, एजिटेशन यस्ता कुराहरु हुँदै आएका छन् । त्यसपछि एउटा उच्च स्तरीय तलबमान आयोग सिनेटले बनाएको छ । सिनेटले एउटा मापदण्ड बनाएको छ । त्यो मापदण्ड अनुसार म चल्छु । त्यसमा मैल्े पोजेटिव सोचेको
छु । कर्मचारी, चिकित्सकहरुको तलब बढ्नुपर्छ । यहाँका Ïयाकल्टिहरु बाहिर प्राक्टिस नगरी नन प्राक्टिसिङ्ग इस्टिच्युटमा काम गरेर उहाँहरुको हक मार्नु भएन । हामी पदाधिकारीमा छलफल हुँदैछ । म यसमा पोजेटिव छु । उच्च स्तरीय आयोगले जे भनेको त्यही अनुसार चल्छु ।
त्रप्रतिष्ठानको संंचिती कोष २८ करोड तपाईले विभिन्न उपकरण खरिद गर्ने बहानामा मास्नुभयो र हाल डेड करोड मात्र छ भनिन्छ । संचिती कोष त बढाउँदै लैजानु पर्ने होइन र ?
–यो इन्फरमेशन एकदम गलत छ । मैले कुनै संचिती कोष मासेको छैन । मास्ने कुरा पनि आउँदैन । यसमा ढुक्क हुनुहोस् ।
त्रपाटन मेडिकल कलेजले यो आर्थिक बर्षमा ४० करोड, बीर अस्पताल (न्याम्स) ले १ अर्ब थप अनुदान लिन सरकारबाट सफल भयो । तपाईले सरकारबाट थप कति अनुदान ल्याउन सफल हुनुभयो ?
–हामीलाई सबैभन्दा ठूलो चुनौति के थियो भने अहिले बनिरहेको मातृ शिशु अस्पताल जुन छ हाम्रो फोकस नै त्यही छ । मैले पटक पटक पहिला पनि स्वागत सभारोहहरुमा के भनेको थिएँ भने पछाडि फर्केर हेर्ने छैन यी कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छु । जनता के भन्छन् भने मातृ शिशु अस्पताल आयो हाल काममा ढिला भयो । यथार्थ के बुझ्नुपर्छ भने सिनेटबाट ७६ करोड मात्र स्वीकृत भएको र सरकारबाट कुनै पनि वहुबर्षिय योजनामा नपरेको योजना हो । हाल २५–३० करोड यसको विल नै आइसकेको छ । हामीले त्यही योजनाको लागि मन्त्रालयमा निकै प्रयास गरिसकेका छौ । इक्युमेन्ट छोडौ यसैलाई सफल पारौ भनेर । अन्तमा यो परियोजना नै स्विकृत नभएको कारणले यो कसरी पहिलाको म्यानेजमेन्टले ग¥यो मलाई आश्चर्य लागेको छ । यही परियोजनाले गर्दा हामीले खासै पैसा ल्याउन सकेका छैनौं ।
त्रयसमा तपाइको लबिङ्ग नपुगेको हो या पहुँच नपुगेको हो ? यसलाई कसरी बुझ्ने ?
–लबिङ्ग र पहुँच निक्कै पुगेको हो । हाम्रो फोकस नै थियो कि दुई अर्ब १७ करोड भ्याटसिहितको विल्डिङ्ग जुन बनेको छ त्यसलाई कसरी सफल पार्ने चिन्ता हुनु स्वभाविक हो । चारै तर्फको शीर्षकमा पैसा माग्न त्यति सजिलो हुँदैन । त्यसमा फोकस गर्दा अन्तमा त्यही उत्तर आयो यो परियोजना त स्विकृत नै छैन । तपाईहरुले कसरी बनाउनु भयो ? त्यसकारण यो परियोजनामा हामीले पैसा ल्याउन सकेनौं । तर अब आउदँो दिनमा त्यो परियोजनालाई सिनेटबाट स्विकृत गर्नुप¥यो । कसरी पहिलाको म्यानेजमेन्टमा ग¥यो ? त्यसलाई वहुवार्षिक योजनामा राख्नुप¥यो। अनिमात्र मन्त्रालयको स्विकृत पाउँछ र
रेगुलर बजेट आउँछ ।
त्रअन्त्यमा के भन्नु छ ?
–म के भन्न चाहन्छु भने कसरी यो प्रतिष्ठानमा अस्थिरता फैलाउने, आफैले
गरेको कामको दोष अर्काको टाउकोमा फाल्ने तत्वलाई परास्त गरेर प्रतिष्ठानको सुदृढिकरण गर्ने ? सुनयोजित ढंगले अस्तव्यस्त बनाउने, डिस्टरभेन्स पैदा गर्ने, काम गर्नै नदिने जुन काम अहिले भएको छ त्यो सबैले बुझिदिनु प¥यो । भन्दै हिडेका छन् रे मलाई कामै गर्न नदिने । गलत कुराको प्रचार भइरहेको छ । प्रतिष्ठानको हित नै मेरो सर्वोपरी हित हो । म त्यसैमा लागेको छु, निरन्तर लागिरहन्छु । इस्टिच्युटमा परिवर्तन ल्याउने छु । तपाईहरु सबैको सहयोग चाहिएको छ ।

