धरान÷ विरामीको चापलाई मध्यनजर गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडीमा बिल काट्ने विरामीका लागि कुपनको शुरुवात गरेको छ ।
प्रतिष्ठानको ओपिडीमा उपचार गराउन आउने विरामीका लागि तीनवटा काउन्टरबाट बिल काट्दा घुइचो हुने पालो मिचिने र लाइन बस्नेबीच नै पालोको विषयमा विवाद बढ्न थालेपछि यसलाई व्यवस्थित गर्न प्रतिष्ठानले हिजो बुधबारबाट कुपन सिस्टममा लगेको हो ।
विगतमा कुपन सिस्टम नहुदा विरामीले घण्टौ लाइनमा बस्नुपर्ने, पालो आए पनि जबरजस्ती अर्कैले विल काटिदिने, विरामीहरु घण्टौ उभिने पर्ने बाध्यता थियो । अहिले ओपिडीको बिल काट्नु भन्दा पहिला भवनको छेउबाट कुपन लिनुपर्ने हुन्छ । क्रमश १ देखि विरामीको चाप अनुसार कुपनमा नम्बर दिइएको हुन्छ । त्यही नम्बर अनुसार विल काट्ने कमचारीले बाहिर डिस्प्ले बोर्डमा उल्लेख गरेको नम्बर अनुसार विरामी विल काटन् आउछन् । विरामीले बिना झन्झट कुर्सीमा बसेर पालो कुर्न पाइने र धैरै पछाडि पालो भए अर्को काम सकेर पनि विल काट्न आउन सकिने भएकोले आफूहरुलाई सहज भएको धरान ६ पानबारीका श्याम पोख्रेले बताउनुभयो ।
दैनिक ४ देखि ५ सय विरामी ओपिडीमा बिल काट्न आउने गरेका छन् । यी सबै विरामी एकैपटक लाइनमा उभिदा प्रतिष्ठानको बिल काउन्टर नै अस्त व्यस्त देखिन्थ्यो । भीडभाड नियन्त्रणमा सहयोगमात्र हैन सेवाग्राहीहरुलाई भने यो सिस्टमले ठूलो राहत मिलेको इटहरीबाट प्रतिष्ठानमा उपचारका लागि आउनु भएका भोला वास्तोलाले बताउनुभयो
विगतमा डेलिभरी हुनेलाई र महिलालाई भीडभाडका कारण अत्यन्तै असहज महसुस हुने गर्दथ्यो । यो सिस्टम लागू गरिसकेपछि भने विरामीले हैरानी खेप्नु न पर्ने बाध्यता हटेको बेलबारीबाट आउनु भएकी स्मृति थापा बताउनुहुन्छ ।
बिल काउन्टरमा काम गर्ने कर्मचारीले पनि विरामीको भीडभाड कम हुने र पालो कुपनमा उल्लेख गरेको नम्बर अनुसार बिल काट्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने गरकोे बताउछन्् । हिजा बुधबारबाट मात्र शुरु गरेको यो सिस्टमलाई सुधार गर्न केही समय लागे पनि कर्मचारी भन्दा पनि विरामीलाई भने यो सिस्टमले धेरै सहज भएको बिल काउन्टरका कर्मचारी नरेन्द्र कार्कीले बताउनुभयो
दुई बर्ष अगाडि नेपाल विद्युत प्राधिकरण शाखा धरानले ग्राहकको भीडलाई मध्यनजर गरी शुरुवात गरेको कुपन सिस्टम अहिले आधा दर्जन यस्ता जनसरोकारका कार्यालयरुमा कुपन सिस्टम गरिएको छ । पछिल्लो समयमा यो सिस्सटम एसियाकै प्रतितिष्ठन स्वास्थ्य केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शुरुवात भएको छ । दिनप्रतिदिन बढ्दै गएको विरामीको चापलाई मध्यनजर गरी प्रतिष्ठानले गर्नुपर्ने अझै धेर्रै सुधारका कामहरु छन् । यसमा प्रतिष्ठान गम्भीर भएर लाग्नुपर्छ र क्रमिक रुपमा सुधारगर्दै लानुपर्छ ।
त्र

