इटहरी÷सामान्य आय भएका आफ्ना ग्राकहहरुलाई सेवा दिने उद्देश्यले पूर्वाञ्चलकै ब्राण्डेड गोरखा डिपार्टमेन्ट स्टोरले छुट्टै सस्तो बजार सञ्चालनमा ल्याएको छ ।
इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको अण्डर ग्राउण्डलाई स्टोरले सस्तो बजार स्थल बनाएको छ । प्रारम्भमा अन्डरग्राउन्डमा ताजा सागसब्जी, फलफूल विक्री केन्द्रको रुपमा सञ्चालनमा ल्याइएको स्टोरले त्यसपछि च्याउ खेतिको रुमासमेत विकसित गरेको थियो । आज सोही अन्डरग्राउन्ड स्थललाइ सस्तो बजारको रुपमा सञ्चालनमा ल्याएसँगै सामान्य आय भएका ग्राहकहरुको भीड बढ्न थालेको छ ।
डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुुन्छ, सस्तो बजार हामीले सामान्य आय आर्जन भएका ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएका हौं । डिपार्टमेन्ट स्टोर भन्नासाथ सम्भ्रान्त
परिवारमात्रको पहुँच हुन्छ भन्ने मान्यतालाई चिर्न समेत यस प्रकारको बजार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । गोरखा डिपार्टमेन्ट स्टोरका हरेक सामान बाहिरी बजारको भन्दा सस्तो, ब्राण्डेट र ग्यारेन्टेड हुन्छन नै त्यसमाथि फिक्ुस मूल्य भएकोले बार्गेनिङ्गको कुनै झन्झटै हुँदैन । हाल सञ्चालनमा आएको सस्तो बजारमा लत्ता कपडा, जुत्ता चप्पल, घरायसी भाँडाकुँडा, ब्लांककेट लगायतका दर्जनौ सामानहरु राखिएका छन् ।
इहरीमा पहिला पाइडवाला रिक्सा चलाउने हाल सिटी सफारी चलाउँदै आएका पकलीका तेज नारायण चौधरी सस्तो बजारले आफूहलाई सहजभएको बताउँछन् । अन्डर ग्राउन्डको सस्तो बजारमा भेटिएका उनले भने मैले भाँडाकुँडा किने । उनले आफूले खरिद गरेकोसामान देखाउँदै भने यति नै सामान बाहिर खरिद गर्दा निकै महँगो पथ्र्यो , हुन त सस्तो बजारमा सामान्य आय आर्जन भएका ग्राहकहरु मात्र नभएर राम्रो आर्थिक अवस्था भएका ग्राहकहरु समेत पुग्ने गरेका छन् । सुन्दर दुलारी नगरपालिका वड नं. ५ की यसोदा अधिकारी सस्तो बजारमा कपडा छान्दै थिइन् । पेशाले शिक्षिका र श्रीमान वैदेशिक रोजगारमा भएको अधिकारीको आर्थिक अवस्था राम्रो छ । तर पनि उनी सस्तो बजारमै खरिद गर्न व्यस्त थिइन् । अहिलेका हरेक ग्राहकहरु सस्तो तर राम्रो सामानकै खोजीमा हुने गरेको प्रष्ट हुन्छ ।
धरानबाट पाँचौ शाखा दशै अगावै सञ्चालनमा आउने
पूर्वाञ्चलको सुन्दर नगरी धरानबाट गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा नेपालीहरुको महान चाड विजयादशमी २०७४ सँगै सञ्चालनमा आउने भएको छ ।
अनेकौ उल्झन, व्यवधान र निर्माण व्यवसायीको निमाणमा चरम ढिलासुस्तीका कारण एक बर्ष अगाडि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने स्टोरको पाचौ शाखाबाट ग्राहकहरुले सेवा लिने स्टेरका सञ्चालक बलराम आचर्याले बताउनुभयो ।
धरान उपमहनगरपालिका वड नं. ८ धनकुटे रोड र सिद्धार्थ मार्गको मुख्य चौकमा निर्माणको अन्तिम चरणमा रहेको साततले भवनको सबैभन्दा ठूलो विशेषता अन्रग्राउन्ड पार्किङ्ग रहेको छ । बढ्दो सवारी साधनको चाप र पार्किङ्ग स्थलको अभावलाई ध्यानमा राखेर दुई पांगे्र र चार पाँग्रे सवारी साधनको पार्किङ्गका लागि दीर्घकालीन रुपमै डिपार्टमेन् स्टोरले अन्डर ग्राउन्ड पार्किङ्गको व्यवस्था गरेको हो । गोरखा डिपटमेन्ट स्टेरको पाचौ शाखाको रुपमा सञ्चालनमा आउन लागेको भवनमा सिनेमा हल, गोरखा किचन, वाणिज्य बैंकहरु समेत रहने सञ्चालक आचार्य बताउनुहुन्छ । यस भन्दा अगाडि नै गोरखा डिपार्टमेन्ट स्टोरले आÏना चारवटा शाखाहरु सञ्चालनमा ल्याइसकेको छ ।
स्वादिष्ट थकाली खाना सबैको रोजाई
थकाली खाना भनेपछि व्यस्त जीवनशैली भएका सहरीया ग्राहकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।
एक महिना अगाडि मात्र सञ्चालनमा आएको थकाली खाना ग्राहकहरुले अत्यन्त्यै मन पराइदिनु भएको स्टोरका सञ्चालक बलराम आचार्य बताउनुुहुन्छ । स्टोरले हाल सञ्चालनमा आएका आफ्ना चारवटै शाखाबाट थकाली खाना आफ्ना ग्राहकहरुलाई पस्कन थालेको छ । थकाली खानाको स्वाद लिन ग्राहकहरु दैनिक दुईसय भन्दा बढीको संख्यमा स–परिवार सहित गोरखा किचनमा पुग्न थालेका छन् ।
गोरखामा पाइने थकाली खाना राजधानीका थकाली होलहरुको भन्दा स्वादिलो हुने
गरेको काठमाण्डौ न्युरोडका दिवस लोहनी बताउनुहुन्छ । काम विशेषले इटहरी आउनु भएका लोहनी आइतबार गोरखा किचनमा थकाली खानाकै स्वाद लिँदै हुनुहुन्थ्यो ।
गोरखामा थकाली खानाको बारेमा जस्तो सुनेको थिए –वास्तवमै असाध्यै स्वादिष्ट पाएँ । मुस्ताङ्गबाट मगाइएको दाल, मुस्ताङ्गकै टिम्बुर, मुस्ताङ्गबाटै मगाइएको फापरको पीठोको ढिँडो, कोदोको पिठोको ढिँडोका लागि अत्याधिक ग्राहकहरु पुग्ने गरेका छन् । थकाली खानासँगै अकबरे खोर्सानी, चार–पाँच प्रकारका अचार, सागसब्जी, गुन्द्रुक भटमास मिसाएर बनाइएको झोल, गोरखा डेरीबाट उत्पादित सुद्ध गाई भैँसीको घ्यु, दही, मोही समेत ग्राहकहरुलाई उपलब्ध गराइन्छ । थकाली खाना अन्यत्रको भन्दा सस्तो समेत रहेको छ । सञ्चालक आचार्य भन्नुहुन्छ सादा थकाली खनाको रु २ सय २०, चिकेनसँग रु २ सय ५०, मटन र लोकलकुखुराको मासुसँग रु ३ सय कायम गरिएको छ । चीसो ठाउँमा उत्पादन भएको ढिकीमा कुटेको चामल, जातोमा पसिएकोे र्णालीइको गेडागुडीको दाल, मुस्ताङ्गी दालले थकाली खानालाई थप स्वादिष्ट बनाएको छ । खानाको स्वादसँगै वेटरहरुबाट ग्राहकहरुप्रति गरिने आतिथ्य सत्कार,
रमणीय वातावरण अत्यतै सफा, स्मोकिङ्ग जोनको छुट्टै व्यवस्थाले थकाली खानाका पारखीहरुलाई थप लोभ्याएको छ ।

