घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्रा धनी किसानमाथि बाख्रीलाई गभिर्णी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो । अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।
यद्यपि, बाख्राले मरेको तथा जिउ नै राम्ररी विकसित नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष सदस्यले बाख्रीमाथि करणी गरेको र मानिसबाटै गभिणी भएका कारण बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर हौवा फिँजाउन पुगे ।
