लामो समय भारतीय सेनामा काम गरी सेवा निवृत्त पश्चात व्यवसायी बन्नु भएका धर्मराज आचार्य यतिबेला एउटा कुशल व्यवसायीको रुपमा स्थापित हुनुभएको छ ।
पूर्वाञ्चलकै पहिलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्टले यही भाद्र १८ गते मोरङ्गको विराटचौकमा आफ्नो पहिलो शाखा विस्तारसागै सोको सञ्चालनको जिम्मेवारी धर्मराज आचार्यले पाउनुभएको थियो । आजभन्दा १६ बर्ष अगाडि बलराम आचार्यको एकल सोच अनुसार इटहरीमा पहिलो पटक सञ्चालनमा आएको डिपार्टमेन्ट स्टोरले आफ्नो पहिलो शाखा मोरङ्गको विराटचौकबाट शुरुवात गरेको हो । ग्राउन्ड फ्लोर सहित चारतले भवनमा सञ्चालनमा आएको विस्तारित शाखाले आफ्ना ग्राहकहरुलाई कुनै पनि सामानको अभाव महसुस हुन दिएको छैन । गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा जे जति सामान पाइन्छन, विराटचौकबाट समेत सोही मूल्यमा उपभोक्ताहरुले प्राप्त गर्ने गरेका छन् । यसै सम्बन्धमा सञ्चालक धर्मराज आचार्यसाग यसपटक हामीले विस्तारित शाखामा आउने ग्राहक, ग्राहकको सन्तुष्टि, आगामी दिनमा सुधार गदै लैजानुपर्ने विषयमा केन्द्रित भएर छोटो वार्ता गरेका थियौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
mविस्तारित शाखाको सञ्चालनको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । अहिलेको छोटो अवधिको व्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–म सन्तुष्ट छु । छोटो अवधिमै हामीलाई ग्राकहकले असिम मायाा गर्नुभएको छ । हामीले प्रचार प्रसार त्यति नगरेपनि हामीप्रति विश्वास र सद्भाव राखेरै
धेरै मानिस आउनु हुन्छ । यद्यपि छोटो अवधिमा काम गर्नु परेकोले भनेजस्तो व्यवस्थापन गर्ने सकिएको छैन । हामीले स्टोर सञ्चालनको सम्पूर्ण तयारीमा जुट्दै गर्दा सुनकोशीको पहिरो, सर्लाहीको
रातुपुल भासिएकै कारण मगाइएका समान ब्लक हुादा केही कठिनाई भयो । इटहरीको जस्तो हामीले हाम्रा ग्राहकलाई सामान उपलब्ध गराउन सकेका अझै छैनौं । इटहरीमा गोरखा किचेन छ, डेरी छ, सागसब्जी छ, फ्रोजन आइटम छ । केही समयभित्रै हामी यी सबै सुविधाहरु यहााबाट उपलब्ध गराउाछौं ।
mगोरखा किचेन कहिलेसम्म तयार हुन्छ ?
–गोरखा किचेनको काम शुरु भइसकेको छ । एक महिनाभित्रैमा हामी तयार गर्छौं ।
mअधिकांश ग्राहको रोजाई के मा पाउनु भएको छ अहिले ?
–यहाा आउने अधिकांश ग्राहकको रोजाई किचेन वायर, रेडिमेट कपडा, इलेक्ट्रोनिक्स सामान, बच्चाको कपडा, खाद्यान्न, पेय पदार्थ र बेकरी आइटम नै रहेको देखिएको छ ।
mकुनै ग्राहकले यस्तो सामान पाइएन भनेर फर्किएर गएको हालसम्म थाहा पाउनु भएको छ ?
–उहााहरुले खाजेको सामान पाइएन भनेर फर्किएर गएको हालसम्म थाहा छैन । यद्यपि, म आफै ग्राहकहरुको सुझाव लिने उद्देश्यले एउटा कम्प्लेन बक्स
राख्ने सोच गर्दैछु ।
m तिहारका लागि के कस्ता नयाँ सामान ल्याउदै हुनुहुन्छ ?
– तिहारका लागि सैयौ प्रकारका बिजुलीका ब्राण्डेड आइटम, स्वदेश तथा विदेशी आकर्षक जुत्ता चप्पल, कपडा चाडै नै स्टोरमा आइपुग्छन् ।
mतपाईहरुको अभिलेख अनुसार यहा आउने अधिकांश ग्राहक कहाँ कहाँबाट आउनु हुन्छ ?
–अधिकांश ग्राहक बेलबारी, केराबारी, नेता चौक, बयरबन, केरौन, पथरी, दर्वेसा, रंगेली, लेटाङ, जााते र
विराटचौकका स्थानीय नै हुनुहुन्छ ।
mइटहरी र यहाँ सामानको मूल्यमा कुनै फरक हुन्छ कि हुँदैन ?
–गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा जुन रेटमा ग्राहकहरुले सामान प्राप्त गर्नुहुन्छ यहााबाट पनि त्यही रेटमा पाउनुहुन्छ । आज स्थानीय बासिन्दाले यसलाई गहनाको रुपमा लिनुभएको छ । यसलाई बचाएर राख्ननुपर्छ भन्ने उहााहरुको
धारणा छ ।
mयहाँ दैनिक सरदर कति ग्राहकहरु आउने गर्नुभएको छ ?
–यसको स्थापना भएको ४०–४१ दिन भयो । यो छोटो अवधिमा पााच सय, एक हजारसम्म ग्राहक आउनुभएको हाम्रो रेकर्डमा देखिन्छ । ग्राहकहरुकै माग बमोजिम हामी चााडै नै डेरी, सब्जी, फ्रोजन आइटमको व्यवस्था समेत गर्दैछौं ।
