मेरो साथी अपांग

शायद हेमन्त ऋतुको आगमन थियो, चराहरु उत्तरतिर उडेर जाादै थियो, म स्नाकोत्तर सकेर बसेको थिए । विवाहित भइकन पनि प्रेम भावनाले ओतप्रोत मेरो हृदय सायद प्रेम भनेको शक्ति हो भनेर थाहा पाएर होला, प्रेम भावनामा डुबिरहन्थे कहिले प्रकृति प्रेम त कहिले वासना प्रेम ।
कहिले प्रकृतिको धोखा त कहिले परमात्माको मार्ग यही कल्पनाले कहिले कमजोर त कहिले सशक्त बनाउथ्यो, मेरो विहान नृत्य पाठ सदैव चलिरहन्थ्यो तर खासै केही काम नभएको कारणले नित्य पूजा लामो चरिरहन्थ्यो । एउटा
शारीरिक अपांगता भएको एउटा मानिस जहिल्यै पनि पत्रिका बेच्नका लागि बाटोमा कराउथ्यो । उसले दैनिक फेशनका पुस्तकहरु बेच्ने गर्दथ्यो । ऊ अत्यन्त गरीब तर श्रमजीवि थियो । मेरो करोडौको सम्पत्ति पितलो मरणासन्न अवस्थासम्म कमाएको पैसा थियो । ऊ अशक्त थियो तर म साथी जस्तो उसलाई व्यवहार गर्थे कारण मलाई उसको मागि खाने बानी भन्दा श्रमको सत्कार गर्थे । म नित्य पूजा छाडेर उसको पत्रिका किन्थे, हासखेल ठट्टा गर्थै र माया गर्थे उनले मलाई आदर गर्थे मसाग बोल्न भन पराउथे । यो मेरो दैनिकी थियो । म एकदिन किताब पढ्दै थिए । ऊ बाटोबाट करायो मलाई पुस्तक मात्रले पुगेको थिएन मैले उसलाई सोधे अन्य केही छ उसले तुरुन्त फेशन म्यागजिन देखायो त्यो पुस्तको कभरपेजमा एउटी युवतीको तस्विर थियो । उसले गर्वका साथ भन्यो यो यही धरानकै हो तपाईको जात पनि मिल्छ र उसले हीरा पनि लगाएर नाम कमाइसकेको छ । मलाई हास उठ्यो उसको नादानपन देखेर उसले फेरि जोड्यो तपाईलाई नै ल्याइदिएको दशैको बेला हो  किनिहालौ भनेर । यसरी नै लामो समयसम्म पत्रिका ल्याइदिन्थ्यो पैसा दिादा मुसुक्क हास्थे, एक दिन म बाटामो हिड्दै थिए त्यो आवरण चित्रमा भएको केटीको विवाह भएको पत्रिका हेरेर घर आए कताकता आफूले मनपरेको केटी राम्रै केटासाग विवाह भएछ जस्तो लाग्यो । आजभोलि त्यो साथी पनि त्यही टोलमा देखिन्थ्यो, अर्कै केटोले साइकलमा पत्रिका बेच्थ्यो, एकै दिन साइकलवाला पत्रकारलाई सोधे ए भाई त्यो केटा कहाा गयो अपांगता भएको सधै पत्रिका बेच्थ्यो नि भने त्यो पत्रकार मर्‍यो नि मलाई दह्रो झट्का लाग्यो र मेरो पुरषार्थमाथि चोट लाग्यो तर जन्म मृत्यु र विवाहलाई जीवनको कर्म मान्दै आफ्नै बाटो लागे ।
(लेखक नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया