ज्वरो आएपछि सिटामोटल खुवाएपछि ज्वरो थामिन्छ तर सिटामोल खुवाएपनि लगातार ज्वरो आइरहेमा
रगत जााच गराउनुपर्छ भन्ने कुराको जानकारी नहुादा मानिसहरु अरु रोगको सिकार हुन्छन् मानौ यही चरित्र नेपालको शिक्षा प्रणालीमा पनि मौलाएको छ । पढ्न नजान्ने विद्यार्थीलाई सिटामोल खुवाएजस्तै लठ्ठीमात्र बर्साएर सून्य दिमागलाई भरिभराउ बनाउने कसरत गरिन्छ स्ूलमा कार्यरत शिक्षक, शिक्षिकाबाट के कति कारणबाट बच्चाले पढाएका कुराहरुलाई दिमागमा उतार्न सकेन भन्ने कुरालाई ख्याल गर्न को पो खाली छ यहाा ? सदा कापीजस्तो दिमागलाई केही लेख्नु कलमका सहायता चाहिन्छ तर यहाा त कापी अगाडि
राखेर बिना कलम लेख्न लगाए जस्तो ‘शिक्षा’ प्रणालीको विकास भइरहेको
छ ।
विद्यार्थीलाई गोरु जोताए झौ जोताए पनि राम्रो नतिजा नआउनुको पछाडि अनेकौ कारणहरु हुन सक्छन् । घरमा पढाइको वातावरणको सिर्जना हुन नसक्नु, कामको व्यस्तताले
छोराछोरीप्रति ध्यान दिन नसक्नु र कक्षामा पढाएको कुरालाई दिमागमा
धेरैबेर राख्न नसक्नु आदि हुन सक्छन् । यसबाहेक पढाइलाई मनोरन्जनात्मक ढंगबाट पढाउने शैलीको विकास नहुादा पनि कहिलेकााही पढाइप्रति नै विद्यार्थीको वितृष्णा जागेर आउाछ । टेलिभिजनमा आउने कार्टुन हेर्न, अन्य मन परेका खेल खेल्न जस्तो उत्साह पढाइमा नहुनुको कारण पढाउने शैलीको उपयुक्त विधि नअपनाइएको हो कि ।
परीक्षाफललाई हेरेर विद्यार्थीको मूल्यांकन गर्ने परिपाटी नेपालमा जीवित छ । विद्यार्थीले जे जति सिक्छन् त्यो शिक्षकमा सीमित हुन्छ भन्नु अविभावकको कमजोरी हो । राम्रा नतिजा नआए शिक्षकलाई औला उठाउनेहरु नेपाली समाजमा प्रसस्तै छन् जो पहिलो दोस्रो भएर पास हुनुलाई नै सन्तानको उन्नति र प्रगति ठान्छन् । दुई चार शब्द अंग्रेजीमा बोल्दैमा, सुकिला र राम्रा स्कुलका पोसाक लगाउादैमा विद्यार्थीको मूल्यांकन गर्न सकिदैन । उसको मूल्यांकन गर्न, उसको पढाईप्रतिको लगाव, बाहिरी कुराप्रतिको चासो, अतिरिक्त क्रियाकलापमा उसको उत्साह र समग्रमा उसले सबैप्रति गर्ने व्यवहारमा विद्यार्थीको छिनोफानो गर्न सकिन्छ । आज भोलि राम्रो शिक्षा दिन टोलटोलमा बोर्डिङ्ग स्कुलहरु स्थापना भएका छन् । केही समयपछि नाफा, घाटाको गणित गरी बन्द हुने पनि उत्तिकै छन् । जन्मेर हुर्किन नसक्नु बोर्डिङ्ग स्कुल प्रसस्त छन् । हाम्रो समाजमा जो शिक्षामा व्यापार गर्न खोज्छन् ।
शिक्षक, शिक्षिका र विद्यार्थीबीचको दूरी जति नजिक हुन्छ त्यति नै पढाइप्रति विद्यार्थीको लगाव, पढाईप्रति अझ मजबुत हुने हो तर यहाा त गुरुका व्यवहार र कुटाइले हरेक दिन विद्यार्थीको मनमा भुइाचालो जान्छ । उत्साहपूर्वक पढाउने, विद्यार्थीबीच घुलमिल भएर साना
कुरालाई पनि उदाहरणमार्फत पढाउने शैलीको विकास भएको भए यो जान्ने र त्यो नजान्ने भन्नुपर्दैन थियो होला । परीक्षाको नतिजालाई हेरेर विद्यार्थीप्रति गरिने व्यवहारले अरु असफल विद्यार्थीलाई आफू शोषित र पीडित भएको भान हुन्छ होला आफ्नै गुरु गुरुआमाबाट ।
कक्षा कोठामा प्रवेश गर्ने बित्तिकै किताब हातमा समाइ चर्को चर्को स्वरमा कराउादैमा सबै विद्यार्थीको ध्यान दिइएका र बुझेका छन् भन्नु शिक्षकको कमजोरी हो । बुझ्यौ भन्दा मुन्टो सबै विद्यार्थीको हलिन्छ होला तर सबैले बुझेका र ध्यान दिएका हुादैनन् ।
एउटा कक्षा कोठामा विभिन्न किसिमका विद्यार्थीहरु छरिएर रहेका हुन्छन् र उनीहरुको दिमाखलाई बुझेर सबैले बुझ्ने खालको पढाउने शैली अपाउनु सके असफल विद्यार्थी सफल हुन समय लाग्दैन थियो होला । नक्शा कोर्न लगाउनु, आफूलाई मन पर्ने
कुरालाई लेखेर ल्याउन आग्रह गर्नु, कहिलेकााही उनीहरुसितै सामेल भएर नाचगान कार्यक्रममा सरिक हुनु, अडियो, भिडियो कक्षाको सञ्चालन गर्न र पढाइएका कुरालाई फिल्डमा लगेर प्रत्यक्ष रुपमा वर्णन गराइदा पनि विद्यार्थीहरु छिटो र छरितो रुपमा सिक्न सक्छन् । समग्रमा यी सम्पूर्ण कुरामा शिक्षक, शिक्षिकाले ध्यान कन्द्रित गरे अहिले विद्यार्थीमा शिक्षको ज्योति छर्नु कुनै नौलो कुरा होइन, जग बलियो भए घर बलियो हुन्छ, त्यस्तै
राम्रा जग बसाउनुमा शिक्षक, शिक्षिकाको पनि उत्तिकै हात हुन्छ । विद्यार्थी हेर्दामा जति सरल र भलाद्मी व्यवहारका हुन्छन् त्यो भन्दा सयौ गुणा बढी तेज र फूर्तिला पढाइमा हुन्छन् भन्ने कुराको अनुभव मैले मेरो शिक्षक पेशामा बटुलेको छु भन्दै
मेरा तीता तर यथार्थ कुरालाई किनारा लगाउन चाहछु ।
(लेखक युरेका बोर्डिङ्ग स्कुल धरानमा कार्यरत शिक्षक हुनुहुन्छ ।)
