धरान÷ब्राम्हण समज नेपाल धरान उपमहनगर समितिको आयोजनामा शुक्रबार धरान १४ सेउती खोलाको मुहानमा पञ्चाङ्ग निर्णायक समितिले दिएको जनकारी अनुसार नाग पञ्चमी तथा ऋणी तर्पणी पूर्णिमा रक्षाबन्धन एकै दिन परेको हुँदा वैधिक विधिअनुसार श्रावणी स्नान गरी रक्षा बन्धन सुत्र एवम् मन्त्रणा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
समाजका धरान नगर अध्यक्ष उद्धवप्रइसाद अधिकारीको सभापतित्मा सम्पन्न उक्त कार्यक्रममा पिण्डेश्वर सँस्कृति विद्यापिठडका प्राचाय डा. चन्द्रमणि नेपालको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा
भरतप्रसाद भट्टराईले महासंकल्प वाचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो ।

