धरान÷े सामुदायिक सेवा केन्द्र धरानले धरानका नव निर्वाचित मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार इलाका प्रहरी कार्यालय धरानको हाताभित्र रहेको केन्दका पदाधिकारीहरुले उहाहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
कार्यक्रममा सामुदायिक केन्द्रका उपाध्यक्ष जयप्रकाश शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सम्मान ग्रहणपश्चात बोल्दै नव निर्वाचित मेयर सुब्बाले धरानलाई शान्ति सुरक्षा कायम गर्ने पहिलो उद्देश्य रहेको बताउनुभयो । उहाले धरान लागू औषध दुव्र्यसनी तथा कारोबारीको अखडा बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाले प्रहरी प्रशासनसंग सहकार्य गरेर धरानलाई लागू औषध दुव्र्यसनी मुक्त सहर तथा शान्ति सुरक्षा कायम गर्न धरान उपमहानगरपालिका लागि पर्ने बताउनुभयो । केन्द्रका अधयक्ष नरेन्द्र पोमोको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका पदाधिकारीहरुले धरानको समग्र विकासमा लाग्न शुभकामनासमेत दिएका थिए ।

