धरान÷पूर्व पञ्चहरुको पार्टी राप्रपामा विवाद र विग्रह हुुनुलाई नौलो नमान्दा हुन्छ । अनौठो त त्यसबेला मान्नुपर्छ जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन ।
सदावहार झगडिया पार्टीको छवि बनाएको राप्रपाभित्र केही समयदेखि भुसको आगोझै सल्किएकोे विवादले अब भने अलि भिन्न मोड लिने संकेत देखा पर्न थालेको छ । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठक बहिष्कार गरिरहेको बेला अर्को एउटा समूह राप्रपाबाट अलग हुने निष्कर्षमा पुगेको छ ।
स्रोतले दिएको जानकारी अनुसार उक्त समूह कुनैपनि बेला कमल थापाको पार्टीबाट बाहिरिने भएको छ । कमल थापाले पार्टी एकीकृत गर्न र पार्टीलाई नफुटाउन पूर्व मन्त्री एवम् साँसद रामकुमार सुब्बालाई रोक्न अनेक प्रयास गरिरहेका छन् । थापाले सुब्बालाई मन्त्री बनाउने लगायतका आश्वासन दिइरहेका छन् । तर रामकुमार सुब्बा र उनको समूहका नेताहरुले थापाको प्रस्ताव ठाडै अस्विकार
गरिरहेका छन् । थापाको कार्यशैली नै गलत भएकोले पार्टीमा बस्न नसकिने जवाफ उक्त समूहले दिएको छ ।
यतिबेला राप्रपमा ३७ सांसद
रहेका छन् । ३७ मध्ये झण्डै १५ सांसद रामकुमार सुब्बाको समूहमा खुलेर लागेका छन् । सुब्बा समूहमा विराज विष्ट, वविता लावती, विकास लुइँटेल, रमेश तामाङ्ग लगायत १५ जना सांसद रहेका छन् ।
