उदयपुर÷नेपालका लागि
भारतीय राजदूत मन्जिव सिंह
पुरीले शिक्षामा सबै नेपालीको समान पहुँच हुनुपर्ने बताउनुभएको छ ।
नेपाल भारत आर्थिक सहयोग साना विकास परियोजना अन्तर्गत उदयपुरमा निर्माण सम्पन्न भएको एक विद्यालय भवनको उद्घाटन र एक क्याम्पस भवनको शिलान्यास गर्दै राजदूत पुरीले उक्त कुरा बताउनुभएको हो ।
परियोजना अन्तर्गत त्रिजुगा नगरपालिका वडा नं. २ स्थित जोगीदहमा ३ करोड ४६ लाख १२ हजार ५सय २४ रुपैयाँको लागतमा जनता माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ भने त्रिुभवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चौदण्डीगढी नगरपालिका वडा नं. ४ स्थित वर्खे डाँडामा दुई करोड ९० लाख ४५ हजार ९ सय ९३ रुपैयाँमा निर्माण हुन लागेको नारद आदर्श शिक्षा क्याम्पसको राजदुत पुरीले शिलान्यास गर्नुभएको थियो । निर्माण सम्पन्न भएको दुई तलाको जनता माध्यमिक वद्यालयमा १२ वटा कक्षा कोठाहरु रहेका छन् भने छात्रछात्राहरुको लागि दुवै तलामा ट्वाइलेट, कम्पाउन्ड वाल ६ सय विद्यार्थीहरुका लागि फर्निचरको व्यवस्था समेत गरिएको छ । अत्याधुनिक उक्त भवनमा ६५ प्रतिशत भन्दा ज्यादा छात्राहरु अध्यनरत रहेका छन् । यसैगरी १४ बर्ष अगाडि अर्थात वि.स. २०६० सालमा स्थापना भएको नारद आदर्श शिक्षा क्याम्पसमा १ सय ७५ जना छात्रछात्राहरु अध्ययनरत छन् भने ७५ प्रतिशत छात्राको संख्या रहेको छ ।
सो अवसरमा बोल्दै राजदुत पुरीले भन्नुभयो अत्याधुनिक भवन, आवश्यकता अनुसारको कक्षा कोठा शान्त वातावरणले विद्यार्थीहरुको शिक्षामा योगदान पु¥याउने छ । क्याम्पसमा अयध्ययन गर्ने विद्यार्थीहरुले देशको नाम राख्न सकून भन्ने शुभकामना समेत दिनुभएका पुरीले शिक्षाले मात्र मनिसलाई असल बनाउने भएकोले भारत सरकार नेपालको शिक्षा क्षेत्रमा सदैव लगानी गर्न तयार रहेको छ । उहाँले भन्नुभयो शिक्षाको अगाडि कुनै कुरा नौलो हुँदैन । शिक्षाले हरेक व्यक्तिलाई आत्मशक्ति प्रदान गर्ने र आफनै वलवुतामा उभिन सिकाउने भएकोले
भारत सरकारले शिक्षामा लगानी गरिरहेको हो । राजदुत पुरीले थप्नुभयो, शिक्षा यस्तो चिज हो जसले कुनैपनि जनजाति, वर्ग, लिंगसँग विभेद गरेको हुँदैन । शिक्षाले युवा पुस्तालाई बलियो, आत्मनिर्भर बनाउने भएकोले तपाईहरुको घर आँगनमा सुलभ शिक्षा प्राप्त होस् भनेर भारत सरकारले लगानी गरेको छ । राजदूत पुरीले भन्नुभयो भारत र नेपाल बीच सदियौदेखिको सामाजिक आर्थिक सम्बन्ध रही आएकोले दुई देशबीच रोटी र बेटीको सम्बन्ध गाँसिएको स्मरण गराउँदै सहयोगको आदान प्रदानमा सहजता मिलेको छ ।
राजदूत पुरीले एक फरक प्रसंगमा भन्नुभयो नेपाली युवाहरुले भारतीय सेनामा कार्यरत रही
भारतका लागि ज्यान दिन तयार
रहेको उल्लेख गर्दै नेपालले भारतमा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको प्रष्ट पार्नुभएको थियो । भारत सरकारले उदयपुरको विभिन्न शैक्षिक संस्था, कलेजहरुको भौतिक संरचना निर्माण गर्न सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोगलाई
निरन्तता दिने बचन दिनुभएको थियो । राजदूत पुरीले अगाडि भन्नुभयो उदयपुर जिल्लाका प्रत्येक विद्यालयका दुई जना जेहेन्दार कक्षा १०, ११ र १२ का विद्यार्थीलाई महात्मा गान्धी छात्रवृत्ति समेत प्रदान गरिनेछ । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारको सहयोगमा उदयपुरमा
८१.५० करोडको लागतमा ५ वटा आयोजनाहरु सम्पन्न भइसकेका छन भने केही योजनाको काम भइरहेको र जिल्लाका स्थानीय बासिन्दाको आवश्यकता तथा चाहना बमोजिम विभिन्न परोपकारी संघ संस्था, अस्पताल, स्वास्थ्य केन्द्रहरुलाई ११ वटा एम्बुलेन्स समेत प्रदान गरिएको छ ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता तथा पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्काले नेपाल र भारतबीच सदियौदेखिको सम्बन्ध गाढा रहेकोले भारत सरकारले नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको प्रष्ट पार्नुभयो । डा. खड्काले उदयपुरमा शिक्षाको अत्याधुनिकरण गर्न भारत सरकारले उल्लेखनीय सहयोग गरेको प्रष्ट पार्दै आगामी दिनमा समेत अझ बढी सहयोग हुने आशा व्यक्त गर्नुभयो ।
राजदूत पुरी र उद्योगी व्यवसायीबीच भेटवार्ता
भारतीय राजदुत मन्जिव सिंह पुरी र
विराटनगरका उद्योगी व्यवसायीहरुबीच शनिवार साँझ भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा उद्योगी व्यवसायीहरुले राखेका विभिन्न मागका सम्बन्धमा राजदुत पुरीले भन्नुभयो हाल आयात निर्यातमा देखिएको समस्या चाँडै समाधान हुनेछ । उद्योग वाणिज्य महासंघ प्रदेशन ं. १ ले आयोजना गरेको भेटवार्तामा राजदुत पुरीले भन्नुभयो नेपालको उद्योग, व्यापार लगायतमा भारतको सदैव सहयोग रहने छ । नेपालको व्यापार, व्यवसायलाई सवलीकरण गर्न रानीबुधनगरमा एकीकृत भन्सार चेक जाँच विन्दु, वथनाहादेखि
कटहरीसम्म रेल्वे लाइन विस्तारको काम भइरहेको समेत पुरीले बताउनुभयो ।
उद्योगी यवसायीहरुले राजदुत पुरीसँग जोगबनीमा ल्याण्ड कष्टम अनलाइन लिंकको समस्या, रेल्वेमा ¥याकको अभाव रहेको भन्दै गुनासो गरेका थिए । यसैगरी भारत सरकारले हाल लागू गरेको वस्तु तथा सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (जिएसटी) ले यहाँका उद्योगीहरुले व्यापारसँग पर्न सक्ने प्रभाव, कलकत्ता बन्दरगाहमा ढिलाइका कारण व्यहोर्नु परेको विलम्ब शुल्क आदिका
बारेमा समेत गुनासो गरेका थिए । यसैगरी नेपालबाट निर्यात भएका अदुवा, अन्य कृषिजन्य उपज, जुट उद्योगले भोग्नु परेका समस्याका बारेमा समेत पुरीलाई अवगत गराएका थिए । उनीहरुले विराटनगर औद्योगिक नगरी भएर पनि अैद्योगिक प्रदर्शनी स्थलको अभाव भएकोले भारत सरकारका तर्पmबाट औद्योगिक प्रदर्शन स्थल निर्माणका लागि आग्रह गरेका थिए । प्रदर्शनी स्थल निर्माणका सवालमा आफू सकारात्मक भएको राजदूत पुरीले बताउनुभएको थियो । सो अवसरमा राजदूत पुरीले स्थानीय तहबाट पूरा गरिने प्राविधिक समस्याहरु तत्काल हल गर्ने तर दुई देशका सरकारबीचबाट समधान हुने समस्या सरकारसँगै राख्न पनि आग्रह गर्नुभएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का तर्फबाट उपाध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष रमेशकुमार राठी, सदस्यहरु अविनाश बोहरा, श्रवण अग्रवाल, सुभाष आचार्य लगायतको सहभागिता रहेको थियो ।
निरन्तर सहयोगकोलागि राजदूत पुरीसँग आग्रह
नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीसँग अन्तर्राष्ट्रिय
स्तरको नन प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानमा
भारत सरकारको निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको छ ।
आषाढा ७ गते राजदुत पुरी अनौपचारिक भ्रमणको सिलसिलामा प्रतिष्ठानमा पुग्नु भएको थियो । झण्डै डेढ घण्टा प्रतिष्ठानमा बस्नु भएका पुरीसँग उपकुलपति प्रा.डा. रौनियारले समस्याहरुको अवगत गराउँदै भारतीय सहयोग निरन्तर जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. नारायण भट्टराईका अनुसार नेपाल भारत ज्वाइन्ट भेन्चरमा निर्माण भएको प्रतिष्ठानको समृद्धिका लागि भारत सरकारको सहयोग जारी
रहने राजदूत पुरीले बताउनु भएको थियो । राजदूत पुरीलाई उपकुलपति सहितका पदाधिकारीहरुले कलेज ब्लक, विभिन्न Ïयाकल्टीहरुको
संरचना आदिको अवलोकन गराउनु भएको थियो ।
पेन्सन पेइङ्ग कार्यालयको अवलोकन
शनिवार अचानक धरान आउनु भएका नेपालका लागि भारतीय
राजदुत मन्जिव सिंह पुरीले धरान १३ स्थित रहेको भारतीय पेन्सन
वितरण कार्यालयको अवलोकन गर्नुभएको थियो ।
राजदुत पुरीलाई पेन्सन वितरण कार्यालयका प्रमुख सेना मेडल मेजर सुनिल पाल र अन्य पदाधिकारीले स्वागत गर्नुभएका थियो । पूर्वाञ्चलमा बसोबास गर्न झण्डै १७ हजार
भारतीय भूतपूर्व सैनिकहरुलाई पेन्सन वितरण गदैै आएको कार्यालय भ्रमणका क्रममा राजदुत पुरीले कार्यालय हाताभित्र रहेको भ्ऋज्क् एमआर रुम, उपलब्ध सेवा सुुविधाका
बारेमा जिज्ञासा राख्नुभएको थियो ।
