धरान÷ बोलबमको शुरुवातको दोस्रो हप्ता धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम बढेको छ ।
भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती यसपटकबाट धरानस्थित पिण्डेश्व बाबाधाम समितिले पनि शुरुवात गरेका कारण पछिल्लो हप्तादेखि भक्तजनहरु अपेक्षाकृत रुपमा बढ्न सक्ने समितिले अपेक्षा राखेको छ ।
गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको
दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि महायज्ञका लागि भने भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन । यसलाई मध्यनजर गरी भक्तजनको चाहनालाई बुझेर यसपटकबाट पिण्डेश्वर मन्दिरमै गंगा महायज्ञको शुरुवात गरिएको महायज्ञकी संयोजक दुर्गा काफ्लेले बताउनुभयो ।
धार्मिक पर्यटनको सम्भावनालाई अझ बलियो बनाउन थप मद्दत पुग्ने विश्वासका साथ यस पटकको सोमबारबाट भक्तजनहरुको चाहनलाई मध्यनगर गरी महायज्ञको शुरुवात गरिएको उहाको भनाई छ ।
यसका लागि पण्डित भारतको बनारसबाट मगाइएको र अन्य स्थानजस्तै विधि प्रक्रियाबाटै यो महायज्ञ सम्पन्न हुने भएकोले भक्तजनहरु महायज्ञकै लागि भारत जाने बाध्यता मुक्त हुने संयोजक काफ्लेको भनाई छ । सीमित रकम लिएर गर्न लागिएको महायज्ञका क्रममा पहिलो पटक केही कमीकमजोरी भए पनि क्रमिक रुपमा सुधार गर्दै लाने उहाको भनाई छ ।
सरस्वती सरोवरको एक छेउमा स्टेज समेत बनाइएको छ । बासले बनाइएको स्टेज वरिपरि बसेर भक्तजनहरुले महायज्ञ गर्ने छन् । प्रदेश नं. १ मै सुनसरीको धरानमा रहेको धार्मिक आस्था बोकेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु समेचेजस्तो नआउनुलाई यहाका समाजसेवी, अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्वमा जहाजही विस्तार हुदै गएको शिवालयका कारण इतिहास बोकेको पौराणिक तपोभूमि पिण्डेश्वर बाबाधाम समितिमा आउने भक्तजनहरुको संख्यामा वृृद्धि हुनुपर्नेमा घट्दै गएको समाजसेवी एवम् सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । उहाले दिनप्रतिदिन घट्दै गएको बोलबमको संख्यालाई वृद्धि गर्न पिण्डेश्वर बाबाधाम समिति, धार्मिक पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था तथा धराने सर्वसाधारणले चासो दिनुपर्ने बेला आएको बताउनुभयो ।
यता भक्तजनहरुले पनि व्यवस्थापनपक्ष फितलो भएको भन्दै यसलाई सुधार्न आगह गरेका छन् ।
पूर्वमै पहिलो पटक २०३९ सालमा यहाका अग्रजहरुले शुरु गरेको बोलबमको प्रथालाई जोगाउन तथा यसको महिमालाई जोगाइराख्न पक्कै पनि अब धरानका सबै वर्ग समुदाय सचेत हुनुपर्ने बेला आएको छ । धरानेहरुले भविष्यमा मन्दिरै मन्दिर भएको धरान १४ विजयपुरलाई धार्मिक पर्यटन बनाउने सपना सपनामै सीमित नहुोस् यसतर्फ सबैजना सचेत हुन आवश्यक छ ।

