राजधानी÷भारतको जम्बु कास्मिरको अनन्तनाग जिल्लामा अमरनाथ यात्री सवार बसमा सोमबार राती भएको आतंककारी आक्रमणको नेपाल सरकारले घोर निन्दा र भत्र्सना गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले हिजो मंगलबार एक विज्ञप्ती प्रकाशित गरी तीर्थ यात्री बसमा आतंककारी आक्रमण हुँदा सात जना तीर्थयात्रीको मृत्यु, कैयौ घाइते भएको प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेप्रति सिघ स्वास्थ्य लाभको कामना गरेको छ ।
अमरनाथ यात्रामा जाँदै गरेको बसमाथि अनन्तनाग जिल्लामा राति ८ः२० बजे आतंककारी हमला भएको थियो । घाइतेको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिदैछ । यात्रीवाहक बस वाल्टाल भन्ने ठाउँबाट मिर बजारतर्फ गइरहेको मोटर साइकलमा सवार आतंककारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आतंकारी आक्रमणपश्चात त्यस ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको र हाल जम्बु कास्मिर राजमार्ग बन्द गरिएको छ । उक्त यात्रुवाहक बसमा केन्द्रीय रिजर्व पुलिस र जम्बु कास्मिर प्रहरीका जवानहरु समेत
रहेका थिए । अमरनाथ यात्रा ४० दिनसम्म चल्छ । जम्बुबाट वाल्टान हुँदै भक्तजनहरु अमरनाथ गुफा पुग्छन् । यस बर्ष अमरनाथ यात्रामा लागि २ लाख ३० हजार भक्तजनले यात्राका लागि नाम दर्ता
गराएका थिए ।

