इटहरी÷नेपाली काँगेस इटहरी उप–महानगर समितिका सभापति एवम् लोकप्रिय नेता हेमकर्ण पौडेलले भर्खरै दुर्घटनामा परी निधन भएका नेपाल तरुण दल इटहरी उपमहानगर समितिका सदस्य रोशन तामाङ्गकी छोरीलाई स्नातकसम्म पढाउने घोषणा गर्नुभएको छ ।
इटहरी उपमहानरपालिका वडा नं. २० तामाङ्ग टोलका रोशनको गत शुक्रबार इटहरी–विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प अगाडि सडक दुर्घटनामा परी निधन भएको थियो । आÏना सहयोगीहरुका साथ सोमबार तामाङको घरमा पुग्नु भएका पौड्यालले तामाङ्गकी सानी छोरीलाई काखमा लिँदै भन्नुभयो म यो नानीको पठनपाठनको जिम्मा लिन्छु । स्नातक सम्म अध्ययन गर्न जे जति खर्च लाग्छ म व्यहोर्छु । पौड्यालले तामाङ्ग
परिवारलाई आफ्नो तर्फबाट ५१ हजार रुपैया आर्थिक सहयोग समेत गर्नुभएको
थियो ।
