प्रजातन्त्र स्थापना पश्चात स्थानीय निर्वाचनमा पहिलो पटक कँग्रेसेसको लज्जास्पद हार जिताउने ठेक्का लिएकाहरु अरुमाथि अन्तरघातको आरोप लगाउ“दै–यायोख्खाको मत आएन

धरान÷प्रजातन्त्रको पुन स्थापना पश्चात धरानमा हालै सम्पन्न स्थानय तहको निर्वाचनमा नेपाली कँग्रेसले पहिलो पटक लज्जास्पद हार व्यहोरेको छ ।
आषाढ १४ गते सम्पन्न निर्वाचनको सोमबार अवेर राति घोषित परिणाम अनुसार नेकपा एमाले विगतको तुलनामा अझ सशक्त देखाप¥यो । घोषित
परिणाम अनुसार एमालेका मेयरका उमेद्वार तारा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तिलक राईलाई ४ हजार ८ सय ८३ को फराकिलो मत अन्तरले पराजित गर्नुभएको छ । एमालेका सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा काँग्रेका राईले १६ हजार १ सय २ मत मत मात्र प्राप्त गर्नुभएको थियो ।
उता उपमेयरमा समेत एमालेले फराकिलो मत अन्तरले नेपाली काँग्रेसलाई पराजित गरेको छ । एमालेकी उपमेयरकी प्रत्यासी मञ्जु भण्डारी सुवेदीले ६ हजार ३ सय ३९ मत अन्तरले काँग्रेसकी श्यामा रेग्मीलाई पराजित गरेकी हुन् । भण्डारीले २१ हजार २ सय ५६ मत ल्याउँदा काँग्रेसकी रेग्मीले मात्र १४ हजार ९ सय १७ मत ल्याउनु भएको थियो । २० वटा वडा रहेको धरानमा ७९ हजार मतदातामा ५३ हजार ८ सय १२ मत खसेको थियो । विगतका स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले मेयर उपमेयरमा न्यून मतले पराजय भोगेको थियो भने ८÷९ वटा अध्यक्षमा आफ्नो प्रभूत्व जमाउन सकेको थियो । तर यसपटकको अवस्था विल्कुल फरक देखियो । सांगठनिक रुपमा काँग्रेस कमजोर भएकै कारण यसपटक
धरानको वडा नं. १, २, ५, १४ र १८ मा मात्र काँग्रेसले आफ्नो जित सुनिश्चित गर्न सक्यो भने वडा नं. ३, ४, ६, ७, ८, ९, १०, ११,, १२, १३, १५, १६, १९ र २० मा एमाले र वडा नं. १७ मा माओवादी केन्द्र विजयी भएको छ ।
इतिहासमै नेपाली काँग्रेसको लज्जास्पद हारप्रति नेपाली कँग्रेसका पूर्व क्षेत्रीय सभापति तथा प्रभावशाली नेता चन्द्रप्रसाद श्रेष्ठ भन्नुहुन्छ, २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस २ हजार २ सय ५० मतले हारेको थियो । उहाँले भन्नुभयो मेयरका प्रत्यासी तिलक राईले आफू किराँत राई यायोख्खाको केन्द्रीय अध्यक्ष भएकोले २८ हजार राईहरुको बसोबास रहेको धरानबाट ५ हजार भन्दा बढी मत आफूलाई आउने बताएका थिए । तर यायोख्खाको भोट काँग्रेसलाई आएन । २५ प्रतिशत मत आएको भएपनि नेपाली काँग्रेसले निर्वाचन जित्न सक्थ्यो । उहाँले भन्नुभयो, टिकट वितरणमा केही त्रुटी भएको छ । बजार एरियामा नेपाली काँग्रेसको मत घट्यो । उहाँ भन्नुहुन्छ नेपाली काँग्रेसको मत घट्नुपर्ने कारण अन्तरघात पनि हो । वडा नं. १ र २ मा जुन रेसियोमा भोट आउनुपर्ने थियो त्यो आयो तर अन्यत्रबाट काँग्रेसलाई भोट आएन ।
नेपाली काँग्रेसका पूर्व नगर सभापति तथा पूर्व जिल्ला सचिव एवम् प्रभावशाली युवा नेता मदन ढकाल भन्नुहुन्छ, २०४९ सालको नगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेस वडा नं. १८ सम्म ४६ मतले अगाडि थियो । वडा नं. १९ मा पुग्दामात्र एमालेले १ सय ३८ मतले अग्रता लिएको थियो हाल वडा नं. १ र २ मा मात्र काँग्रेसले लिड ग¥यो । यसबाट प्रष्ट हुन्छ यहाँ पार्टीको नेतृत्वमा बस्ने र चुनाव जिताउन ठेक्का लिएकाहरुले कस्तो संगठन गरेका छन् । ढकालले भन्नुभयो धरानमा काँग्रेसले पहिलो पटक लज्जास्पद हार व्यहोरेको छ । पार्टी कब्जा गर्ने, नेृतसँग फोटो खिचेर सामाजिक सञ्जालमा हालेर आÏनो उच्च हैसियत देखाउन खोज्नेहरु नै यहाँ काँग्रेस हारको मुख्य कारण हुन् । उहाँ थप्नुहुन्छ नेपाली काँग्रेसको पार्टी अफिसको अवस्था हेर्दा काँग्रेसले निर्वाचन बहिष्कार गरेको भान हुन्थ्यो । निर्वाचन परिचालन समितिको संयोजक सुजेन्द्र गोलेले छुट्टै कार्यालयको व्यवस्था समेत गरेनन् कार्यालय खोई भन्दा मै हुँ, म जाहँ जान्छु त्यही हो भन्थे । यस्ता गैर व्यक्तिका कारण यहाँ नेपाली काँग्रेसले कसरी चुनाव जित्थ्यो त, ढकालको प्रश्न थियो ।
यसैगरी नेपाली काँग्रेसका सुनसरी संस्थापक सचिव, पूर्व महासमिति सदस्य एवम् बरिष्ठ साहित्यकार गिरिाज आचार्यको कथन ढकाल र श्रेष्ठको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ, नेपाली काँँग्रेसले हार्नुका धेरै कारणहरु छन् । पुराना क्रियाशीललाई पाखा लगाएर नयाँलाई मात्र लिएर हिँड्ने, टिकट वितरणमा चलखेल, चुनावको मुखमा मात्र काँग्रेसको सक्रियता, किराँत राई यायोख्खाको भोट एक्लौटी आउँछ भन्ने हौवासँगै केन्द्रीय मुद्दाले समेत यहाँ असर ग¥यो । उहाँ भन्नुहुन्छ, निर्वाचनको मुखमा निर्वाचन आयोगका सचिवको सरुवा, प्रधान न्यायाधीशमाथि महाअभियोग, आइजीपी काण्डका कारण पनि धरानका काँग्रेसहरुले त्यसको मूल्य चुकाउनु प¥यो । उहाँ भन्नुहुन्छ, केही वडामा नेपाली काँग्रेसले जितेको छ । तर त्यो जित यहाँको नेतृत्वको कारणले नभएर उनीहरुले आÏनै बलबुतामा जितेका हुन् । संगठनमा कहिल्यै ध्यान नदिने, उमेद्वारी दिँदा यथार्थ विश्लेषण नगर्ने प्रवृत्ति पनि काँग्रेसको हारको प्रमुख कारण हो, आचार्य भन्नुहुन्छ ।

वडा अध्यक्षमा को को
१. रोशन अधिकारी–ने.का.
२. माधव गोविन्द श्रेष्ठ–ने.का.
३. आशा कुमार श्रेष्ठ–एमाले
४. मानबहादुर राई–एमाले
५. सन्तोष लिम्बु–नेका
६. भुवनसिंह बस्नेत–एमाले
७. भुपेन्द्र (भुवन) मोक्तान–एमाले
८. रुद्रबहादुर लिम्बु–एमाले
९. रत्न कटुवाल–एमाले
१०.श्रीप्रसाद लिम्बु–एमाले
११. बाबुलाल लामा–एमाले
१२. टंकबहादुर राई–एमाले
१३. नेत्रप्रसाद काफ्ले–एमाले
१४. कृष्णप्रसाद भट्टराई–नेका
१५. नरेशकुमार इवारम–एमाले
१६. दिलकुमार गिरी–एमाले
१७. सूर्यबहादुर (मनोज) भट्टराई–माके
१८. नरेन्द्रकुमार (प्रवीण) राई–नेका
१९. पूर्णबहादुर लिम्बु–एमाले
२० मणिराम राई–एमाले

तपाईको प्रतिक्रिया