स्थानीय चुनावमा कांग्रेस किन खस्कियो ?

हालै सम्पनन स्थनीय तहको निर्वाचनमा नेपाली काँग्रेस जस्तो पुरानो र लोकतान्त्रिक पार्टी नराम्रोसँग खस्किएको छ । वैसाख ३१ गते र आषाढ १४ गे गरी दुई चरणमा भएको ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचनमा काँग्रेसले भोगेको पराजयको जिम्मा लिन नेतृत्व अहिलेसम्म अगाडि आएको छैन ।
एकातिर निर्वाचनमा नेपाली काँग्रेसले एकपछि अर्को हार व्यहोरिरहँदा नेतृत्व ¥याल चुहाँउदै सत्ताको रसास्वादनमा निर्लिप्त भएको छ । पहिलो चरणको निर्वाचनमा खुम्चिएर सीमित स्थानहरुमा मात्र आफ्नो उपस्थिति देखाएको काँग्रेसले दोस्रो चरणमा झनै खुम्चिएको छ ।
दोस्रो तरणमा एमाले १ सय ५२ स्थानमा आफ्नो वर्चस्व स्थापित गर्दा नेपाली काँग्रेसले १ सय २१ स्थानमा सीमित हुनुले मतदातामा काँग्रेसप्रतिको जनविश्वास गुम्दै गएको हो कि भन्ने देखिन्छ । विगतमा चाहे संसदीय निर्वाचनमा होस् या स्थानीय तहको निर्वाचनमा काँग्रेस सदैव पहिलो पार्टी बन्दै आएको थियो । दोस्रो चरण अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा नेपाली काँग्रेसले जुन पराजय भोगेको छ त्यसलाई नेपालको राजनीतिमा अत्यन्तै ठूलो प्रभाव पार्छ । आज नेपाली काँग्रेस पराजय हुनुमा विविध कारण हुन सक्छन् । त्यसमध्येको पहिलो प्रमुख कारण नेतृत्वको अक्षमता नै हो । पहिलो चरणको निर्वाचने जुन परिणाम दियो त्यसबाट नेतृत्व सजग हुनुपर्ने थियो । तर पार्टी सभापतिको त्यसतर्पm कही कहिल्यै ध्यान गएन । उनलाई केवल प्रधानमन्त्री हुुनुपर्ने भूतले मात्र पछ्याइ रहयो । स्थानीय तहको निर्वाचन पश्चात पनि काँग्रेस सत्तामा जान सक्थ्यो तर त्यसमा देउवाले धैर्यता लिन सकेनन् ।
देउवा सत्तामा जाँदैमा मुलुकमा कुनै चमत्कारिक परिवर्तन हुने पनि हिैन र हुँदैन पनि । केवल चौथो पटक सिंहदरबारको भित्तामा फोटो झुण्डिने मात्र हो । मुलुकको समृद्धिका खातिर उनीहरुसँग कुनै योजना नै छैनन् । उनले केही गर्न सक्ने पनि होइनन् । गर्न सक्छन् त केवल आफू अनुकूल नहुँदा प्रधान न्यायाधीश सुशिला कार्कीमाथि महाअभियोग लगाउने, प्रहरीभित्रको चेन अफ कमान्ड भत्काएर आर्थिक प्रलोभनमा कुनै क्राइट एरिया नै नपुगेकालाई प्रहरी महानिरीक्षक बनाउने, आफ्नो सासूलाई राजदूत बनाउने आदि । जबदेखि देउवाको नेपाली काँग्रेसमा अवतरण भयो नेतृत्वमा तवदेखि नेपाली कँग्रेस सांगठनिक रुपमा अत्यन्तै कमजोर बन्दै गएको छ । देउावले सत्ता र शक्ति हातमा लिने बाहेक अर्को कुनै योजानै बनाउन सक्दैनन् । त्यसको ज्लन्त उदहरण हालको स्थानीय तहको मत परिणाम र मुलुकमा गरिहदिै गएको संकटले प्रमाणित गरिसकेको छ । यति हुँदा पनि देउवामा अझ चेत आएको देखिदैन । पछिल्लो पटक उनले सत्ता घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संसद अवधिक एक बषर््ा बढाउने प्रस्ताव ुमुलुक र पार्टीका लागि सबैभन ठूलो दुर्भाग्य हो । जनताले जति समयमा लागि म्यान्डेट दिएका छन् त्यसको अपेक्षा र अममुल्यन गर्नु हुँदैन । देउवाकै ग्रायन डिजाइनमा
जबरजस्ती एक बर्ष म्याद थप्ने काम भएका त्यसले आगामी हुने दुवै चरणको निर्वाचनमा नेपाली काँग्रेस नराम्रोसँग नासिने छ । त्यसबाट एमालेले भरपुर फाइदा उठाउने छ । यसतर्फ नेपाली काँग्रेसको सम्पूर्ण नेतृत्व सजग हुनुपर्छ नत्र आइपर्ने दुर्घटनालाई नेपाली काँग्रेसको नेतृत्व उम्कन सक्ने छैन ।

तपाईको प्रतिक्रिया