स्वतन्त्र उमेद्वार पवन अग्रवालको बारेमा के भन्छन् मतदाता ?

धरानमा चुनावी माहौल यतिबेला उत्कर्षमा पुगेको छ । चिया पसलदेखि सडक किनारमा उभिएर गफ जोत्ने सबै यतिबेला चुनावी चर्चा गर्नमै व्यस्त छन् । कुन दलले चुनावमा बाजी मार्छन्, कुन दलका उमेद्वार जनस्तरमा भिजेका छन्, दलभन्दा व्यक्ति नै हेर्नुपर्छ कि भने जस्तो चर्चा परिचर्चा चुलिएको छ ।
धरान उपमहानगरपालिकाका वडा वडामा दलका झण्डा, चुनाव चिन्हले राताम्य भएका छन् । यहाँका सबै दलका उमेद्वार निर्वाचन जित्ने बताइरहेका छन् यसै अनुरुप आ–आफ्ना घोषणपत्र, प्रतिबद्धता पत्रहरु घर–घरमा पुगेर मतदाताहरुलाई आफूप्रति आकर्षित गराइरहेका छन् । दलका आधिकारिक उमेद्वारबाहेक धरानमा स्वतन्त्र उमेद्वारहरु समेत मतदातालाई आकर्षित गर्न दौडधूप गरिरहेका छन् ।
धरान वडा नं. १ का वडाअध्यक्षमा व्यवसायी एवम् समाजसेवी पवनकुमार अगवालले पनि स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको छ । धरान वडा नं. १ मा कुल मतदाता संख्या २ हजार ८ सय ४६ रहेका छन् । यस वडाबाट नेपाली काँगे्रेसका तर्फबाट सशक्त युवा उमेद्वार रोशन अधिकारी, एमालेका तर्फबाट भरत सुवेदी र राप्रपाका तर्फबाट इन्द्रनाथ वास्तोला वडा अध्यक्षको प्रत्यासी बन्नुभएको छ । यसै सम्बन्धमा हामीले धरान वडा नं. १ का अध्यक्षका स्वतन्त्र प्रत्यासी पवन अग्रवालको उमेद्वारीलाई लिएर केही मतादाताहरुसँग अभिमत लिएका छौं । के भन्छन् त १ नं. वडाका मतदाता ः

राजेन्द्र साह ः–सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका साह भन्नुहुन्छ धरान उपमहानगर पालिका वडा नं. १ मा नेपाली काँग्रेसको विकल्प छैन । विगतका स्थानीय निर्वाचनमा समेत यो वडामा नेपाली काँग्रेसले नै जितेको थियो । े कुल मतको ७० प्रतिशत मत झर्न सक्छ । त्यसमा पवन अग्रवालले १ सय ५० देखि २ सय सम्म मत ल्याउन सक्छन् । पवनमा जाने मतले काँग्रेस र अन्य दललाई कुनै असर गर्दैन ।

विजय डाँगा ः उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार विजय डाँगा भन्नुहुन्छ, अल्पसंख्यक समुदायलाई हामीले उमेद्वार बनाएका हौं अर्थात माओवादी केन्द्रको समर्थन छ पवन अग्रवाललाई । चुनाव जित्नु नजित्नु आफ्नो ठाउँमा छ तर अग्रवालले, मारवाडी समुदाय र अन्यको गरी ५÷६ सय मतचाहिँ पक्कै ल्याउँछन् । उहाँ भन्नुहुन्छ, पवनकुमारसँग पैसा छ खर्च गर्छन् उनले भोलि चुनाव जितेमा पनि आएको तलब भत्ता लिँदैनन वडामै खर्च गर्छन् ।

वलवन्त ठाकुर ः नेपाल शिक्षक संघका पूर्व जिल्ला सचिव रहेका तथा समासेवी बलवन्त ठाकुर भन्नहुन्छ, हामी पार्टीका आधिकारिक उमेद्वरलाई मत हाल्ने मान्छे हौं । वडा नं. १ मा नेपाली काँगेसलाई भोट हालिन्छ अरु दायाँ बायाँ जानिदैन । केही दिन अगाडि एक स्थानीय पत्रिकाले मेरो हवला दिँदै अन्टेसन्टे छापिदिएछ । म त्यसको खण्डन गर्दछु । एक्कासी आएर मलाई सोध्दा पवन अग्रवालले जित्न धेरै मेहनत गर्नुपर्छ सम्म भनेको हुँ । तर मेरो भनाई बंग्याएर समाचार आउँदा आश्चर्य लाग्यो । म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले पार्टी नीति विपरीत जाने कुरै आउँदैन ।

राजकुमार अग्रहरी ः म छिमेकी छोडेर बाहिर जानै सक्दिनँ । अप्ठेरो, गाह«ो, साह«ो पर्दा रोशन अधिकारीले नै सघाएका छन् । मैैले भोट हाल्ने भनेको काँग्रेसलाई नै हो ।

राजु सुराणा ः मत भनेको चिनेजानेकैलाई दिने हो । पवन अग्रवाल पनि राम्रै छन् उता रोशन अधिकारी पनि मेरो भाइको साथी हुन् । अप्ठेरो परेको बेलामा रोशन अधिकारीले सहयोग गर्दै आएका छन्, कस्लाई भोट दिने भनेर निर्णय गर्न सकेको छैन । यद्यपि हाम्रो जैन समाजको मिटिङ बसेर यसमा निर्णय हुन्छ । वडा नं. १ मा जैन समाजको १ सय भोट छ ।

विभिषण साह ः श्रेष्ठ राई मिलका सञ्चालन समेत रहेका विभिषण साह भन्नुहुन्छ केही दिन अगाडि एक स्थानीय पत्रिकाले मेरो हवाला दिँदै स्वतन्त्र उमेद्वार पवन अग्रवालले जित्छ भनेछ । त्यो सरासर गलत हो । मैले त्यसो भनेकै छैन । मैले चुनावमा भोट दिए देखि नै काँग्रेसलाई भोट हाल्दै आएको हुँ, मेरो भोट नेपाली काँग्रेसलाई नै जान्छ ।

प्रकाश डा“गा ः धरान वडा नं. १ मा २ हजार ८ सय ४६ मतदाता छन् । कतिपय मारबाडी समुदाले पनि अग्रवाललाई भोट हाल्दैनन् । मुीसकले २ सयदेखि २ सय ५० मत ल्याउलान् । तर मचाहिँ पवन अग्रवाललाई नै भोट हाल्छु ।

तपाईको प्रतिक्रिया