विगतमा स्थानीयदेखि संसदमा समेत प्रतिनिधित्वको हिसाबले देखिएको एमालेलाई यस पटक पूर्वमा साख जोगाउन गाह«ो पर्ने स्वयम् मतदाताहरुले आंकलन गर्न थालेका छन् ।
पहिलो चरणको प्रदेश नं. ३, ४ र ६ मा एमालेले सबैभन्दा बढी स्थानमा निर्वाचन जितेपनि दोस्रो चरण अन्तर्गतको आषाढ १४ गते हुने निर्वाचनमा परिस्थिति भिन्न देखिन थालेको छ ।
संसदमा सबैभन्दा ठूलो राजनैतिक पार्टी नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रसँग गठजोड गर्दा पार्टीभित्रै असन्तुष्ट बढ्दा अधिकांश स्थानमा नेपाली काँग्रेसले पराजय भोग्नुपरेको थियो । नेपाली काँग्रेस कमजोर होइन र कमजोर राजनैतिक दल पनि होइन । प्रदेश नं. १ मा माओवादीसँगको गठजोड शून्य देखिएको छ । यसै कारणले पनि यस प्रदेशका कार्यकर्ताहरमा बेग्लै खाले रगत सञ्चार भएको
छ ।
निर्वाचनमा चाहे व्यक्ति होस् चाहे राजनैतिक दल होस जित्ने उद्देश्यले नै उठेका हुन्छन् । तर दलको घोषणपत्र,
उमेद्वारको चरित्र, राजनीतिक लगनी आदिलाई मतदाताहरुले अधार बनउँछन् । त्यसका अलावा राजनैतिक ट्रेड पनि अर्को मुख्य आधार हो । यसपटक नेपाली काँग्रेसले पूर्वाञ्चलका प्रायः सम्पूर्ण स्थानमा राजनैतिक निखार भएका युवाहरुलाई उमेद्वार बनाएको छ । खासगरी २०४८ सालको राजनैतिक परिवर्तन पश्चात पार्टीमा सक्रिय भएका युवाहरुको उमेद्वारीमा वर्चस्व रहेको छ ।
वि.सं. २०२८ साल पश्चात झापा, मोरङ्ग, सुनसरी र पहाडी क्षेत्रका स्थानीय तहहरु एमालेकै पकडमा रहे । तर उनीहरुले ती स्थानमा कुनै प्रकारको सम्झनायोग्य कार्यहरु गर्न सकेनन् । स्थानीय निकायको दुई कार्यकाल उनीहरुले केवल आश्वासन बाँडेर जित्ने बाहेक अरु केही गरेनन् । २०४७ सालको परिवर्तन पश्चात दुईपटक मात्र प्रजातान्त्रिक प्रक्रिया अनुसार स्थनीय तहको निर्वाचन भयो , त्यसपछि २० बर्षको अन्तरालमा निर्वाचन हुन लागेको छ । २० बर्षमा मेची कोशीमा धेरै पानी बगिसकेको छ । एमालेले अब नौलो जनवादको मदन भण्डारीको नाम, आÏनो गाउँ आफैँ बनाऔं, बृद्ध भत्ताको मुद्दा अगाडि सारेर अब केही हुनेवाला छैन । अहिलेका युवाहरुको चाहनालाई आत्मसात गरेर अगाडि बढ्न सक्ने हुनुपर्छ । यसका लागि नेपाली काँग्रेसले आर्थिक समृद्धि, संविधानको कार्यान्वयन मुद्दा जसरी अगाडि ल्याएको छ त्यसले मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने निश्चित छ ।
आज पूर्वमा एमालेपछि पर्दै गएको विश्लेषण गर्न थालिएको छ । यसो हुनुको अर्को प्रमुख कारणमा एमालेको खोक्रो राष्ट्रवाद पनि प्रमुख भएको एकथरिको भनाई छ । भाषणा गर्दा आँखा चिम्लििएर केवल अरुलाई गाली गर्दैमा मतदाता आफ्नो पक्षमा हुन्छन् भन्ने २० बर्ष अगाडिको भ्रम एमालेमा अझै विद्यमन
रहेको समेत देखियो । जसका कारण नेपाली काँग्रेस, माओवादी केन्द्र पूर्वमा पश्चिमको तुलनामा सशक्त ढंगले अगाडि आएको देखियो । अब निर्वाचन हुन र त्यसको परिणाम सार्वजनिक हुने धेरै दिन छैन । यद्यपि अहिलेसम्म देखिएको यथार्थ र वास्तविकता यही हो ।
