अइन्द्रविक्रम बेघा । यही आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको दोस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट धरान उपमहनगरपालिकाको मेयरका सशक्त युवा प्रत्यासी ।
विद्यार्थी कालद ेखि नै नेपालको कम्युनिष्ट राजनीतिप्रति आकर्षित ३४ बर्षीय बेघा प्रारम्भिक दिनहरुमा एमालेले आयोजना गरेका कार्यक्रममा पुग्ने, भाषण सुन्ने गरेपनि एमालेप्रति आशक्त भने कहिल्यै हुनुभएन । वि.सं. २०५६÷०५७ सालमा महेन्द्र वहुमुखी क्याम्पसमा अध्ययन गर्दा उहाँ सशस्त्र जनयद्धमा होमिएको माओवादीप्रति आकर्षित भएर क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध हुनुभयो ।
क्रान्तिकारी विद्यार्थी संगठनमा भएको आवद्धता नै उहाँका लागि स्पष्ट राजनैतिक यात्रा बन्न पुग्यो । उहाँ क्रान्तिकारी विद्यार्थी संगठनको इकाई अध्यक्ष, एरिया हुँदै जिल्ला कमिटी र केन्द्रीय समितिसम्म पुग्नुभयो । सगठन विस्तारका क्रममा पाँचथर, इलाम र ताप्लेजुङ्ग बारम्बार पुग्नु हुने बोघालाई २०५८ सालमा प्रहरीले गिराफ्तार गरी ११ महिना लापत्ता बनायो । वि.सं. २०६२÷०६३ को आन्दोलसँगै उहाँ जेलमुक्त हुनुभयो । राज्यपक्षबाट पाएको चरम यातना र जेलजीवनले उहाँमा अझ ऊर्जा प्रदान ग¥यो । त्यसपछि उहाँ विद्यार्थी संगठनको सचिवालय सदस्य, पूर्र्वी कमाण्डको इन्चार्जको गहन जिम्मेवारी निर्वाह गर्नुभयो । हाल धरान नगरको पार्टी इन्चाज समेत रहनु भएका बेघा दर्जनौ सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ । सरल स्पष्ट राजनैतिक दृष्टिकोण, युवाहरुमाझ लोकप्रिय, प्रष्ट वक्ता समेत रहनु भएका बेघासँग यसपटक हामीले धरान उपमहानगरपालिकाको स्थानीय तह निर्वाचन, धरानका जलबल्दा समस्या आदिका बारेमा भलाकुरी गरेका छों । प्रस्तुत छन. भलाकुसारीका सारसंक्षेप ः
पर्सी असार १४ गते निर्वाच्नमा तपाई माओवादी केन्द्रका तर्फबाट धरान उपममहानरपालिकाको मेयरको प्रत्यासी हुनुहुन्छ भोलिका दिनमा तपाईले निर्वाचन जितेमा धरानमा तपाईले के के गर्ने भन्ने योजना बनाउनु भएको छ ?
–मैले योजना बनाएपनि पार्टीका तर्फ भएपनि तयो योजना धरानको विकास र समृद्धि नै हुनेछ । मुलतः अहिले ३१ वटा बुँदा समेटिएको कार्ययोजना सार्वजनिक गरेका छौं । तिनै कुरालाई मै ले धरानको चौक चौक, टोल–टोल, घर–घरमा गएर व्रिफिङ्ग गर्ने गरेको छु । मेरो व्यक्तिगत भनेपनि पार्टीको भनेपनि यही हो ।
पार्टीको सबै कार्ययोजना स्थानीय
स्तरमा लागू नहुन सक्छ । तपाईका व्यक्तिगत योजनाहरु पनि हुन सक्छन् नि ?
–व्यक्तिगत भन्ने हो भने व्यक्तिगत नै पनि हो । पार्टीको भन्ने हो भने पार्टींको पनि हो । जस्तै मानिलिउँ प्रदेश नं. १ को राजनधानी बनाउने हाम्रो अभियान
निरन्तर चलिरहेको छ । धरानलाई प्रदेशको राजधानी बनाउनुपर्छ भनेर संघर्ष समिति गठन गर्ने पहिलो व्यक्ति म नै हुँ । सघर्ष समिति गठन गरेर आन्दोलन जारी छ, गरिरहेका छौं । भलै त्यसलाई निष्कर्षमा पु¥याउन एउटा प्रक्रियमा जानैपर्छ । त्यो अभियानलाई साकार पार्न पार्न मैले धराने जनतालाई आग्रह गर्दै आएको छु । दश हजार लिटर पार्टी र १० युनिट विद्युत प्रत्येक धरानलाई उपलब्ध गराउने कुरा गर्दा यहाँका अन्य दलले खिल्ली उडाएका छन् । मतदाताहरुले यसलाई सकारात्मक मान्नु भएको छ । यसलाई कार्यान्यन गर्ने कार्य योजनासहित हामीले ल्याएको कुरा हो । सुकुम्बासीहरुलाई घर नम्बर दिने प्रक्रिया अहिले रोकिएको छ । त्यो रोकिएको प्रक्रियालाई तुरुन्त अगाडि बढाउने, जग्गाधनी पूर्जाको सवाललाई एउटा आयोगमार्फत तुरुन्त अगाडि बढाउने, कार्यान्वयन गर्ने भन्ने सोचेका छौं , अर्को कुरा धरान सबै भाषा, धर्म, संस्कृतिको साझा सहर हो भन्ने मूल्य र मान्यतालाई स्थापित गर्नका लागि तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नका लागि एउटा साँस्कृतिक क्यालेन्डर निर्माण गर्ने हामीले सोचेका छौं । त्यो के भनेको भने साकेलालाई धरान नगरको पर्वको रुपमा आयोजना गर्ने, चासोक तङनामलाई धरान नगर
सरकारको बार्षिक साँस्कृतिक कार्यक्रम बनाउने, लोछार लगायत विभिन्न जातिका विभन्नि पर्व संस्कारलाई धरान नगर सरकारले एउटा एउटा आयोजना गर्ने व्यवस्था मिलाउने । वहुजातीय संग्रहालयर्को निर्माण सम्पन्न गर्ने । त्यसलाई पूर्णता दिन व्यवस्था गर्ने । विजयपुर दरबार क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि योगदान गर्ने । दरबार क्षेत्रलाई मार्क गर्ने, घेराबन्दी गर्ने । यसैगरी धरानलाई लागू औषध दुव्र्यसनीमुक्त सहर बनाउन दीर्घकालीन योजना ल्याउने सोच बनाएका छौ ।
तपाईका यस्ता महात्वाकांक्षी योजनाहरु पूरा गर्न स्रोत साधनको आवश्यकता पर्छ । तपाई स्रोत साधन कसरी जुटाउनुहुन्छ ?
–हामीले स्रोत व्यवस्थापन गर्ने योजनासहित नै कार्यक्रम ल्याएका हौं । राजनीति गर्ने मान्छेले यहीचाहिँ बुझेको भइन्छ कि कुनैपनि कार्यक्रम गर्नुपूर्व त्यो कार्यक्रम पूरा गर्नलाई आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा सोचिसकेको हुन्छ ।
त्यस्तो आर्थिक व्यवस्थापन र्ने योजना के छन् त ?
–हामीले केन्द्रीय स्तरबाट प्राप्त बजेट र आन्तरिक स्रोतहरुबाट त्यसलाई व्यवस्थापन गर्न सक्छौं । दुई चार अरब धरानको बार्षिक बजेट बनाउन सकिन्छ भन्ने मलाई लागेको छ । त्यही बजेटलाई हामी लञ्च गर्छौ, त्यही बजेटको वेशबाट हामीले कार्यक्रमलाई अगाडि बढउने हो ।
अहिले धराने मतदाताहरुको तपाईप्रतिको आकर्षण कस्तो देख्नु भएको छ ?
–मलाई लाग्छ अहिलेसम्म कसैले नराम्रो भन्नु भएको छैन । मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने धरानका ७९ हजार मतदाता सबैले मलाई मत दिनुहुन्छ जस्तो लाग्छ । अहिले सम्म म जहाँ जहाँ पुगेको छु मलाई कसैले गाली गर्नुभएको छैन । तँ फटाहा, नराम्रो भनेर मलाई भन्नु भएको छैन । मलाई व्यक्तिगत त्यस्तो लाग्छ । वास्तविकता त्यस्तो नहुन सक्छ, बाहिर एउटा भन्नुहोला मत जाहेर गर्दा अरु नै गर्नुहोला । तर मैले मोटामोटी देख्दा हाम्रो कार्ययोजना धरानको विकास र समृद्धिको खाका कोर्ने हाम्रो कार्ययोजनालाई धराने जनतताको पूर्ण समर्थन छ जस्तो मलाई लागेको छ । हामीले एउटा कुरा अगाडि सारेका छौं सुधार गृह निर्माण गर्ने कुरा । लागू औषधमुक्त सहर बनाउने
अन्तरगतको सुधार गृह बनाउने
कुरा । त्यो गर्दा मान्छेहरुले हो के भनेर प्रश्न पनि गरिरहेका छन् । अहिले चलिरहेका सुधार गृहहरु जो व्यक्तिले चलाएको जस्तो हामीले वा धरान नगर सरकारले चलाए जस्तो हुँदैन । ६ महिना सुधार गृहमा बस्ने र ६ महिना पछि निस्केर सुई गोटी खाने स्थितिलाई दीर्घकालीन रुपमा हल गर्छौ । नगर सरकारको मातहतमा निर्माण भएको सुधार गृहमा बसेका युवायुवतीहरुलाई एउटा सीप दिएर निकाल्छौं । लागू औषधबाट छुट्कारा मात्र होइन सीप दिएर निकाल्ने गछौं । त्यहाँ बस्दा ड्राइभिङ्ग सिकाउने, कम्प्युटर सिकाउने, पिलम्बर, इलेक्ट्रोसियन ट्रेनिङ्ग सिकाउने । सीपमुलक कार्यक्रम सहित सुधार गृहमा बसेकाहरु निस्केपछि आÏनै सीपमा बाँच्न सक्छ । उसले चोर्नु पर्दैन, लुट्नु पर्दैन, गोठी खाएर लफंगा भएर हिड्नु पर्दैन । त्यसैले हामीले यस प्रकारको सुधारका गृहको परिकल्पना गरेका छौं । अर्को कुरा लाहुरेहरुको पहिचानलाई स्थापित गर्नका लागि गोरखा पार्कको पूर्णताका लागि योगदान गर्ने हामीले सोचेका छौं । धरान निर्माणका लाहुरेहरुको ठूलो योगदान छ । ठूलो लगानी छ । उनीहरुको रगत र पसिना यहाँ बगेकोे छ । यसलाई सम्मान गर्नका लागि गोरखा पार्क पूर्णताको लागि हामीले सोचेका छौं । अर्को कुरा ६ लेनको बाटो कहिले उताबाट लैजाने, कहिले यताबाट लैजान धराने जनताको घर भत्काउने मात्र राजनैतिक नेतृव्वले योजना बनाएका छन् । त्यसलाई क्रस गर्नका लागि हामीले Ïलाई ओभर
रोडको कुरालाई अगाडि बढाएका छौैं । तीनकुनेदेखि कम्तिमा जिरोप्वाइन्टसम्म Ïलाई ओभरको परिकल्पना हामीले गरेका छौं । त्यसो गर्दा उता भत्काउने कष्ट र यता भत्काउने कष्ट दुवै एंगलबाट हेर्दा धराने जनतालाई घाटा छ । त्यो दुवै एंगलको घाटालाई मेन्टेन्स गर्न Ïलाई ओभर बनाउँदा धरानको पर्यटन आकर्षण पनि बढ्छ । अर्को कुरा यहाँको क्षतिलाई न्युनिकरण गर्ने र कम लागतमा निर्माण गर्न सकिन्छ । यस ढंगको कार्यक्रम पनि हामीले ल्याएका छांै ।
तपाई मेयरमा जितेर आएपछि गर्नुपर्ने कामको पहिलो प्राथमिकता के के हुन सक्छ ?
–काम त धेरै गर्नुपर्ने छ । यहाँ सबै भद्रगोल छ । अहिले यहाँ समस्या नै समस्या छ । कालोपत्रे अभियानलाई अगाडि बढाउनु पर्ने छ । खोलानालाको समस्या त्यस्तै छ । मुलतः हामीले दीर्घकालीन प्लान बनाएर सबै कुराको व्यवस्थापन एकै पटक शुरु गर्ने योजना छ । जस्तै कालोपत्रे अभियान सञ्चालन गर्दा धरानका ८ वडामा दुई बर्षमा बनाइसक्ने, तीन बर्षभित्रमा १५ वडालाई पु¥याउछौं । त्यसपछि ५ बर्षभित्रमा धरानका २० वटै वडालाई कच्ची सडक मुक्त बनाउँछांै । अर्को कुरा यो सेउती सर्दुले धरानका जनतालाई दिनका दिन दुःख दिइरहेको छ । यसलाई पनि दीर्घकालीन योजना अन्तर्गत हल गर्नुपर्ने देखिन्छ । यसलाइ शुरुवात गर्नैपर्ने देखिन्छ । यो प्राथमिकता र यो न प्राथमिकता भन्ने हुँदैन । अहिले
राजनैतिक दलहरुले एउटा जाली झारी दिने, अर्को साल बगाइदिने क्रम
निरन्तर चलिरहेको छ । खोला आउने र राजनीति गर्ने क्रम चरिलहेको छ । यसलाई मतदाताले हामीलाई भोट दिए पनि नदिए पनि, भोट बैंक बनुन नबनुन त्यो ठूलो कुरा होइन । तर यहाँका बस्तीलाई जागउनुपर्छ भन्ने हाम्रो मान्यता छ । तटबन्धलाइ दीर्घकालीन खालको बनाउनुपर्छ । यसैगरी पशु बधशालाहरु पनि व्यवथित गर्नुपर्छ । यहाँ जहाँ तही कुखुरा, बंगुर, खसीको मासु काटिन्छ काट्नेहरुलाई खेद्नु पनि भएन । उसको रोजीरोटी बचाइदिनुपर्छ, धरानलाइ सफा सुन्दर पनि बनाउनु पर्नेछ । उनीहरुको व्यवसाय बचाउने र व्यवस्थापन गनैे गरी पशु बधशाला निमाण गर्ने सोच बनाएका छौं । डोजर लगाएर उनीहरुको पसल भत्काउनु पनि भएन । उसलाई पनि न्याय दिने र नगर पनि सफा गर्ने दीर्घकालीन कार्यक्रम ल्याउनुपर्छ । त्यो अहिले नै शुरु गर्नुपर्ने अवस्था छ । यसैगरी नगरका तारहरु उन्मुलन गर्नुपर्ने पनि छ । नगरका तार उन्मुलन गर्न पहिला केवलवाला, टेलिफोन, विद्युत प्राकिरणसँग बसेर छलफल गर्नुपर्छ । तर उन्मुलन गर्न हामीले के के गर्नुपर्छ, केके लगानी गर्नुपर्छ ? केके गर्दा ती तारहरु जसले धरानलाई कुरुप बनाएको छ हँटाउन सकिन्छ । त्यसमा छलफल गर्ने हामीले सोचेका छौं । नगरले नियम बनाएर तानेर फाल्नुपर्छ भन्ने सोच हाम्रो छैन । विजुलीको पोल हँटाउन तारलाई अन्डर ग्राउन्ड गर्नुपर्छ त्यसका लागि दीर्घकालीन योजना बनाउँछौं । समस्या धेरै छन् । ५ बर्षमा गरेको कामले
धरानका जनतालाई पूर्ण अनुभूति हुने खालको हुनुपर्छ ।
धराने मतदातालाई के भन्न चाहनुहुन्छ ?
–धरानलाई सम्बृद्ध सहर बनाउन स्पष्ट भिजन भएका उमेद्वारलाई मतदान गर्नुहोस भन्छु । मेरो सबैसँग आग्रह छ आफनो मतको सदुपयोग गरिदिनुस् । यहाँका यावत समस्यालाई दीर्घकालीन योजना बनाएर प्राथमिकताका आधारमा कामहरु गर्न सक्नेलाई आफ्नो मत दिनुहोस् ।

