संघीय समाजवादीबाट मेहता र यादव

इनरुवा÷यही आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको इनरुवा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका तर्फबाट जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद, स्थानीय निकायका लागि संघीय समाजवादी
फोरमको सरकार भन्ने नाराका साथ एसएन मेहता र उपप्रमुखमा शुशिलादेवी यादवले मनोनयन दर्ता गराउनु भएको छ ।
वि।सं। २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बबिया गाविसको उपाध्यक्षको प्रतिष्पर्धामा ९ मतले पराजय भोग्नु भएका मेहता वि।सं २०५४ सालमा मधेशी जनअधिकार फोरममा आवद्ध भएपछि उहाँको
राजनैतिक यात्रा अगाडि बढेको हो ।
उहाँलाई तत्कालीन अवस्थामा माओवादी आरोपमा प्रक्राउ गरी तीन महिनासम्म जिल्लाका विभिन्न स्थानमा राखी पासविक यातना दिइएको थियो । समाजवादी फोरमका तर्फबाट मेयरका सशक्त प्रत्यासी मेहता भन्नुहुन्छ २०६० सालमा मधेशी जनअधिकार फोरमलाई पार्टीमा परिणत गर्नका लागि अनवरत रुपले आन्दोलनमा होमिन पुगे । २०६२÷०६३ मा सुनसरीको पार्टी सभापति, मधेशी युवा फोरमको केन्द्रीय सह संयोजकको जिम्मेवारी सम्हाल्नु भएका मेहताको घरमा माओवादीका वाइसिएयलले आगो लगाएर ध्वस्त समेत बनाइदिए । वि।सं। २०६५ सालमा झापा, मोरङ्ग सुनसरी समेटिएको विराट क्षेत्रको इन्चार्ज, वि।सं। २०६४ को मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएका मेहता एक बर्ष अगाडि सिंहदरबार घेराउ अभियान अन्तर्गत माइतीघरमा भएको प्रहरीसँगको झडपमा गम्भीर घाइते हुनु भयो । त्यसबेला उहाँको करङ्गका दुईवटा हड्डी भाँचिएको र ६ महिना उपचार भएको थियो ।
संघीय समाजवादी फोरमबाट तपाईलाई नै इनरुवा नगरपालिकाको मेयर मा उमेद्वारी बनाउनुको प्रमुख कारण के हुनसक्छ भन्ने जिज्ञासामा मेहता भन्नुहुन्छ एस।एन। मेहता भनेको पार्टीमा निरन्तर लागेको, मधेशी जन समुदाय, आदिवासी, थारु, मुस्लिम, पिछडा वर्ग, दलित, उत्पीडित समुदाय, खस आदिको राज्यका हरेक निकायमा पहुँच पु¥याउनुपर्छ भन्ने मान्यता राखेकैले मलाई उमेद्वारी दिएको हुनुपर्छ । इनरुवा नगरपालिकमा तपाई विजयी भएमा कार्य योजनाहरु तपाईसँग के के छन् त भन्ने सवालमा उहाँ भन्नुहुन्छ, पहिलो त इनरुवा नगरलाई भ्रष्टाचारमुक्त बनाउने छु । नगरपालिकामा लामो समयदेखि एउटै समूहको वर्चस्वका कारण
भ्रष्टाचार मौलाएको छ । खेल मैदान, विद्युत, सिटी हल, आधुनिक बसपार्क, रिङ्गरोड, प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रहरी पोष्ट, स्मार्ट सिटीको अवधारणा अन्तर्गत वाइफाइको व्यवस्था, सामाजिक सद्भावयुक्त कृषि सडक निर्माण, आधारभूत शिक्षालाई निःशुल्क बनाउने, हरेक समुदायको मातृ भाषालाई प्राथमिकतामा राखेर पाठ्क्रममा राख्न लगाउने, स्वस्थ्य विमाको व्यवस्था गर्ने लक्ष्य लिएको बताउनुभयो ।
यसैगरी कृषि पशुवाटिका, पशुपालत, फलफूलमा आधारित व्यवसायिक खेतीको विकास, आवश्यक विउ विजनसहितको बजार व्यवस्था, कभर्ड हलको निर्माण गर्दै जातीय क्षेत्रीय लैङ्गिक, वर्गीय सबै खालको उत्पीडनको अन्त्य गर्ने समेत मेहताले आफ्नो कार्ययोजनामा समावेश गर्नुभएको छ । यसैगरी मेहताले शिक्षा, स्वास्थ्य र
रोजगार जनताको मौलिक अधिकारको नारालाई अगाडि सार्नुभएको छ । संघीयता र पहिचान स्थानीय तहमा स्वशासन र आर्थिक समृद्धि पनि उहाँको योजनामै समावेश गरिएको छ । स्रोत साधन कसरी जुटाउनुहुन्छ त भन्ने सवालमा स्थानीय स्तरबाट संकलित करलाई व्यवस्थित गरी केन्द्रबाट आउने बजेटलाई स्थानीयको सल्लाहमा सदुपयोग गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया