इटहरी÷झण्डै तीन महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा एउटा बेनामे उजुरी प¥यो । यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीहरुले अवैध ढंगले सेवाग्राहीबाट रकम असुल्ने गरेको वास्तविकता भन्दा भिन्न विवरण उजुरीमा उल्लेख गरिएको थियो ।
उजुरीमा नियम संगत ढगले सवारी साधनको नविकरण, सवारी साधनको नयाँ दर्ता, रुट परमिट लगायतका कार्यबाट संकलित राजस्व रकम समेत बैंकमा कम परिणाममा दाखिला गरी कार्यालय प्रमुख, लेखा अधिकृत लगायतको मिलीभगतमा भ्रष्टाचार हुने
गरेको छ ।
तत्कालै उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन आर्थिक बर्षको फायल कार्यालयबाट कब्जामा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढायो आयोगका प्रमुख प्रेमप्रसाद भट्टराई भन्नुहुन्छ उजुरीका आधारमा कब्जामा लिइएका रसिद, फाइल र बैंक भौचरमा ठूलो
परिणाममा भ्रष्टाचार भएको
प्रारम्भिक छानबिनमै देखियो । प्रमुख भट्टराईले भन्नुभयो, अख्तियारले तत्कालीन कार्यालय प्रमुख उपसचिव
रामेश्वर प्रसाद दाहाल, विष्णुप्रसाद पौड्याल, नयनराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल , टिकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, देवराज नेपाल, रुद्रपसाद दाहाललाई छानबिनको घेरामा राखी अनुसन्धानलाई तिबता दियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार यातायात यवस्था कार्यालय कोशीले आर्थिक बर्ष २०७१÷०७२ मा ६५ करोड ७१ लाख १५ हजार ८ सय ८९ रुपैया, आव ०७२÷०७३ मा ८४ करोड १९ लाख ४२ हजार ४८ रुपैयाँ र ०७३÷०७४ को फागुन मसान्त सम्ममा ८४ करोड ७९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन
गरेको देखिन्छ । झण्डै ६१ करोड रुपैयाँ
बराबरको राजस्व हिनामिना गरेको देखिएपछि अभियोग सहित यातायात व्यवस्था कार्यालय कोशी इटहरीका ८ जना कर्मचारी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर
गरिएको छ । यसै सम्बन्धमा थप बुझ्न अख्तियार क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईसँग सम्पर्क गर्दा उहँले भन्नुभयो म अहिले काठमाण्डौमै छु । आठ जना विरुद्ध अभियोग सहित मुद्दा दर्ता गरेको हो । उहाँले भन्नुभयो, छानबिनका क्रममा ठूलो अतियमितता देखियो । अभियोग लागेका उपसचिव सहित ८जनालाई ८ देखि १० बर्षसम्म कैदय सजाय, उनीहरुबाट हिनामिना भएको रकमको दोब्बर जरिवाना असुल्न अदालत समक्ष माग गरिएको छ । अख्तियार ६१ करोड २१ लाख २८ हजार ५ सय ५५ रुपैया २० पैसा
राजस्व हिनामिना गरेको निक्र्याेलमा पुगेको छ
आव ०७१÷०७२ देखि ०७४ फागुन मसान्तम्मको तीन बर्षमा यति धेरै राजस्व हिनामिना भएको भेटिएको हो । अख्तियारले अदालतम दायर
गरेको मुद्दामा उक्त कार्यालयमा कार्यरत समयको अनुपातमा जरिवाना असुल्न माग गरेको हो । उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख, ३२ हजार, विष्णुप्रसाद पौड्यालसँग २३
करोड ७७ लाख ५७ हजार, नयनराज नेपालसँग २५ करोड १३ लाख ३८ हजार असुलको माग गरिएको अतियार स्रोतले जनाएको छ । यसैगरी लेखा अधिकृत कुमार बहादुर कटुवालसँग २१ करोड ४७ लाख ८६ हजार, टिकाराम अधिकारीसँग ५७ करोड २५ लाख २७ हजार, अर्का लेखापाल सुरेश अधिकारीसँग ६१ करोड २१ लाख २८ हजार, देवराज नेपालँग ४५ करोड ६१ लाख ९९ हजार र रुद्रप्रसाद दाहालसँग २१ करोड ६३ लाख ४७ हजार रुपैया जरिवाना दाबी गरिएको छ । उनीहरु सबैलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ अनुरुप जरिवाना माग गरिएको हो भने दफा ३ (१)झ अनुरुप सजाय माग गरिएको प्रमुख भट्टराईले जनकारी दिनुभयो । उहाँका अनुसार हिनामिना गरेको ठहर वा प्रमाणित भएमा हिनामिना भएको रकमको दोब्बर जरिवाना हुने र आठ देखि दश बषर््ा कैद सजाय हुने व्यवस्था रहेको छ ।
त्र
