धरान÷नेपाली काँग्रेस धरानका संस्थापक, इमान्दार एवम् त्यागी कायकर्ता चन््रपसाद श्रेठ (चन्द्रसर)ले धरानका नेपाली काँग्रेसका कार्यकताहरुमा मनोवैज्ञानिक त्रासले काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, वि.सं. २०४६ साल पश्चात यहाँका काँग्रेसहरु धरानलाई एमालेको लालकिल्लाको रुपमा बुझ्ने गर्छन् यो एक प्रकारको मनोवैज्ञानिक त्रास हो । यही त्रासले आजसम्म एमालेले धरानमा वर्चस्व जमाएको श्रेष्ठको बुझाई छ ।
वि.सं. २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट डिट्ठा ज्ञानचन्द चौधरीले अत्याधिक मत ल्याएर यस क्षेत्रबाट जित्नु भएको दृटान्त दिँदै उहाँले भन्नुभयो धरानमा नेपाली काँग्रेस आन्तरिक कलह, अनुशासनको कमी, टिकट वितरणमा भएको मनोमालिन्य बाट विगतदेखि आजसम्म पछि पर्दै आएको हो । ८२ बर्षीया श्रेष्ठ भन्नुहुन्छ अब लालकिल्लाको मनोवैज्ञानिक त्रासबाट धरानका काँग्रेसहरु बाहिर आउनुपर्छ । वि.सं. २०१४ सालको सत्याग्रहदेखि नै नेपाली काँग्रेसका
हरेक आन्दोलन र गतिविधिमा संलग्न
रहदै आउनु भएका श्रेष्ठले कहिल्यै लाभको पद खोज्नु भएन । नेपाली काँगेसको एक इमान्दार र बफादार कार्यकर्ताको रुपमा काम गर्दे आउनु भएका श्रेष्ठ काँग्रेसभित्रको गुट उपगुटले पनि धराने काँग्रेसलाई कमजोर बनाएको बताउनुहुन्छ ।
