नेपाली काँग्रेस वडा नं. ११ का वडाध्यक्षका प्रत्यासी लोकेन्द्र फागोका दर्जनभन्दा बढी कार्ययोजना

धरान÷स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनैतिक दल र अन्य साना दलहरुले प्रचार प्रचारलाई तिब्र बनाएका छन् । घरदैलोसँगै मतदाता भेटघाट, अन्तरक्रिया लगायतका काममा सबै दलको प्रतिष्पर्धा उस्तै देखिन्छ ।
धरानका वडादेखि प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र एमाले बीचमै प्रतिष्पर्धा हुने देखिएको छ । विगतमा एकलौटी बर्चस्व जमाउँदै आएको एमालेलाई धरान उपमहानगरका अधिकांश वडामा नेपाली कँग्रेसका उमेद्वारले प्रारम्भदेखि नै आच्छु आच्छु पार्न थालेका छन् । धरानको दोस्रो ठूलो जनसंख्या भएको वडा नं. ११ मा यसपटक नेपाली काँग्रेसले वर्चस्व राख्ने देखिएको छ । सात हजार चार सय ९५ मतदाता रहेको वडा नं. ११ मा ५० प्रतिशत मत सुकुम्बासीहरुको रहेको छ ।
विगतमा एमालेले यिनै सुकुम्बासीहरुको मतको भरपुर सदुपयोग गरेको थियो तर यसपटक परिस्थिति बद्लिएको छ । सुकुम्बासीहरुलाई व्यवस्थित बसोबास गराइने, खानेपानी, विद्युत र जग्गाधनीको प्माणपूर्जा
वितरण गरिने आश्वासन पाएका सुुकुम्बासीहरु एमालेबाट कुनैपनि आश्वासन पूरा नभएकोमा यसपटक एमालेलाई भोटै नदिने निष्कर्षमा पुगेका छन् । विगतको तुलनामा सांगठनिक सुदृढ, जनसरोकारका काममा केन्द्रित र सुकुम्बासीका अधिकांश स्थानीय
स्तरमा हुने काम गरिदिएवापत वडा नं. ११ बाट नेपाली काँग्रेसले वर्चश्व
राख्ने देखिएको छ । नेपाली काँगे्रसका तर्फबाट यसपटक वडा नं. ११ बाट लोकेन्द्र फागुलाई प्रत्यासी बनाइएकोे
छ । पार्टीका वडा सभापति समेत रहनु भएका फागु भन्नुहुन्छ म आफै विपन्न सुकुम्बासी बस्तीमा बसोबास गर्छु । त्यहाँका समसामयिक समस्याहरुसँग म पूर्णरुपले जानकार छु । धेरै कुरा मैले आफ्नो व्यक्तिगत पहल र पार्टीको माध्यमबाट समाधान गरेको छु ।
माओवादी द्वन्द्वकालमा मेरै नेतृतमा टोल सुधार समिति गठन
गरी वाह्य त्रास र हस्तक्षेप रोक्ने काम गरेको फागुको अनुभव छ । २०६७ सालको महाधवेशनबाट उपसभापतिमा निर्वाचित भएपनि उहाँको कार्यक्षमता, दक्षताको मुल्यांकन गरेर पार्टीले नै उहाँलाई कावा सभापति बनायो । १३ औं महाधिवेशनमा उहाँ पुन सभापतिमा निर्वाचित हुनुभयो । धनकुटाको कुरुलेमा जन्मनु भएका ६१ बर्षीय फागोले काँग्रेसको संगठन मजबुत बनाउने कामलाई सशक्त ढंगले अगाडि बढाउनु भयो । अत्यन्तै सरल इमान्दार, कर्तव्यनिष्ठ फागोले आफूले विजय हाँसिल गरेमा वडामा गर्नुपर्ने कार्ययोजनाको रुपरेखा समेत कोरिसक्नु भएको छ । उहाँका प्राथमिक योजनामा भौतिक पूर्वाधार विकास निर्माण कार्यलाई प्राथमिकताका आधारमा विकास गर्दै लैजाने, मंगलबारेदेखि सर्दु खोलासम्म ढल तथा सडक निर्माण, स्वास्तिका चौकदेखि मंगलबारे चौकसम्म कालोपत्रे जीर्ण भएको सडक मर्मत सम्भार गर्ने, वडाभित्र रहेको ड्रेन बनिसकेकोे सडकलाई कालोपत्रे निर्माणका लागि प्राथमिकतामा साथ अगाडि बढाइने, वडा विकास गर्नका लागि टोल चौकबाट प्रवुद्ध व्यक्तित्व छनौट गरी वडा विकास समिति गठन गर्ने र विकास निर्माणलाई अगाडि बढाउने प्रष्ट गर्नु भएको छ ।
यसैगरी सुकम्बासी तथा अव्यस्थित बसोबास भएकालाई उपमहानगर पालिकाको दायरामा ल्याउन धनिपूर्जा वितरण गर्दै धरानबासीमा रुपान्तरण गर्ने, वडाबाट गरिने सिफारिस छिटो, छरितो गरिने, वडा नं. ११ मा शान्ति सुरक्षाका लागि प्रहरी विटको व्यवस्था गर्ने, वडा नं. ११ फुटबल खेलाडीहरुको उर्वर वडा भएकोेले सगरमाथा टोलमा रहेको खेल मैदानलाई मिनी रंशालाको रुपमा संरक्षण गर्ने, जेष्ठ नागरिक तथा एकल महिला, अपांगता, सामाजिक सुरक्षा भत्ता वैंकबाट वितरण भइरहेकेमा त्यसलाई जनप्रतिनिधिबाट घरैमा पु¥याउने, ज्ञानोदय माविमा +२ विज्ञान तथा प्राविधिक कक्षा सञ्चालनमा जोड गर्ने, वडामा सोलार बत्तीको व्यवस्था गर्ने, खोला किनारमा
रहेका बस्ती संरक्षणमा जोड दिने लगायतका कार्ययोजनाहरु फागोले अगाडि सार्नुभएको छ ।

तपाईको प्रतिक्रिया