कम्युनिष्टहरुसँग कुनै साइनो नराख्ने काँग्रेसका आर्दश पुरुष एवम् महामानव बीपी कोइरालाको आदर्शलाई नेपाली काँगेसको वर्तमान नेतृत्वले सडकमा मिल्काएर माओवादी केन्द्रसँग गठजोड गरेपछि इतिहासमै सबैभन्दा कमजोर भएको सर्वत्र महसुस हुन थालेको छ ।
नेपाली कँग्रेसका लागि शेरबहादुर देउवाको नेतृत्व सबैभन्दा अपसकुन भएको हाल आएर प्रमाणित गरेको छ । सत्तारोहण गर्नकै लागि देउवाले माओवादीसँगको गठबन्धनलाई घनिभूत बनाएका हुन् । तर यो गठबन्धनले नेपाली काँग्रेसलाई अत्यन्तै कमजोर, आदर्श विहीन, वैचारिक सून्यता बनाएको छ । जसका कारण नेपाली काँग्रेसका मुलुकैभरिका कार्यकर्ताहरुमा वितृष्णा उत्पन्न भएको छ ।
नेपाली काँग्रेस आफैमा सक्षम, सबल र क्षमतावान पार्टी हो । इतिहासले यो कुराको प्रमाणित गरिसकेको छ । राणासँग लड्न जनमतसंग्रह, प्रजातान्त्रिक आन्दोलको नेतृत्व सबै नेपाली काँग्रेसले नै गरेको छ । आÏनो बलियो जनाधार हुँदाहुँदै पनि नेपाली काँग्रेसले माओवादीको वैसाखी टेक्नुपर्ने अवस्था किन आयो ? कस्को कमजोरीले यो अवस्थाको सिर्जना भयो ? अब आम कार्यकर्ताले नेतृत्वको क्षमता र परिस्थितिको मुल्यांकन गर्नुपर्ने अवस्था आइसकेको छ । सक्षम राजनैतिक नेतृत्वले पहिला मुलुक, त्यसपछि दल अनिमात्र घर परिवारका बारेमा चिन्ता गर्छ । तर नेपाली काँग्रेसको वर्तमान नेतृत्व केवल आफ्नो
परिवार र आफूभन्दा माथिको सोचमा पुग्न नसक्दा कमजोर। लाचार बन्दै गएको हो । कमजोर र लाचारले मात्र अरुको वैसाखीको भर गर्छ । सक्षम र दुरदर्शी नेतृत्व भइदिएको भए सम्झौता गर्दा पनि आफूभन्दा बलियोसँग गर्ने थियो । आफू भन्दा कमजोरसँग सम्झौता हुँदैन र भएमा त्यो दीर्घकालीन सम्मका लागि घातक हुन्छ ।
पहिलो चरण अन्तर्गतको निर्वाचनमा माओवादीसँग स्थानीय कार्यकर्ताको भावना, इमान्दारितामाथि लात हान्ने काम गरे । कार्यकर्ताको मनोविज्ञा नै नबुझी निर्वाचनमा एलाइन्स गरे । त्यसले नेतृत्वप्रति चरम घृणा पैदा ग¥यो जसका कारण देशमा महत्वपूर्ण स्थानहरु काठमाण्डौ, पोखरामा काँगेसले विजय सुनिश्चित हुँदाहुँदै पनि हात धुनुप¥यो । यतिमात्र हेन जहाँ जहाँ काँग्रेसले माओवादीसँग एलाइन्स ग¥यो प्रायः सबै ठाउँबाट काँग्रेसले पराजयमात्र व्यहोर्नु प¥यो । संसदमा सबैभन्दा ठूलो पार्टीको हैसियतमा रहेको काँग्रेस स्थानीय निकायको निर्वाचनमा दोस्रो स्थानमा झ¥यो भने मुलुकैभरि पराजयको मात्र सम्भावना
रहेको माओवादी नाटकीय ढंगले तेस्रो स्थानमा देखा प¥यो । काँग्रेस माओवादीको गठबन्धनबाट सबैभन्दा ठूलो फाइदा एमालेलाई भयो । पहिलो चरणको निर्वाचनको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र हस्तक्षेपका कारण दोस्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनमा प्रदेश नं. ७ मा सबै स्थानमा दुई दलबीचमा एलाइन्स गरिएको छ । भोलिका दिनमा यो गठबन्धनको फाइदा एमालेलाई नै पुग्न जान्छ । आर्थिक प्रलोभनमा प्रहरीको आइजीपी, प्रधान न्यायाधीशमाथि महाअभियोग प्रस्ताव लगाउनेबाट पार्टीले साख जोगाउन निश्चय नै मुस्किल पर्नेछ ।
