मेयरमान ह्युज गिरी । कम सुनिएको तर सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्व । यही आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको धरान उपमहानगरपालिकामा उपमेयरमा स्वतन्त्र उमेद्वारी दिनु भएको छ । बाल्यकालमा आमाबाबुको न्यानो काखको अनुभवसम्म गर्ने सौभाग्य नपाउनु भएका गिरीको लालन पालन र शिक्षादिक्षा सबै अनाथाश्रमसँगै भयो ।
धरान उपमहानगरपालिका वडा नं. १२ मा बसोबास गर्दै आउनु भएका ह्युज गिरीलाई आफ्नो जन्म मितिको हेक्का छैन । आफ्ना नजिकका नातेदार समेत नभएका कारण उहाँलाई आफ्नो जन्म मिति र ठेगाना थाहा छैन । तीन चार बर्षको छँदा सडकबाट उठाएर अनाथाश्रम पु¥याउदा उहाँको जन्म मिति २०३४ साल राखियो अर्थात ह्यज जुन दिन अनाथाश्रम पुग्नुभयो त्यही दिनलाई अनाथाश्रमले जन्म मितिको रुपमा उल्लेख गरिदियो । वि.सं. २०३४ साल जेठ महिना ।
उहाँ भन्नुहुन्छ म धरानमै जन्मिएको हुनुपर्छ र धरानकै सडकबाट मलाई टम ह्युज फेमिलीहाउसमा पु¥याइएको हो । हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको स्थानमा वृटिश गोरखा भर्ति केन्द्र हुँदा त्यहाँ एकजना बेलायती सैनिक सेवारत हुनुहुन्थ्यो तर धरानका सडक बालबालिकाको अवस्था देखेर टम ह्युजले वि.सं. २०४० सालमा अनाथाश्रम अर्थात ह्युज फेमिली हाउस स्थापना गर्नुभयो । ह्युजलाई धरानमा सबैले अकेला भनेर चिन्थे । त्यसबेला ह्युजले १ सय १४ जना बालबालिका सडकबाट उठाएर हुर्काउने, पढाउने काम गर्नुभयो । त्यसरी हुर्केका १ सय १४ जनामध्ये मेहरमान ह्युज पनि एक हुनुहुन्थ्यो । सन् २००५ मा हृदयरोगका कारण ह्युजको असामयिक निधन भएपछि त्यहाँको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । उहाँले अनाथाश्रमको जिम्मेबारी सम्हाल्दा ३५ जनाले आश्रय लिइरहेका थिए । २८ बर्षको उमेरमा ३५ जना दाजुभाइको पालन–पोषण गर्ने जिम्मेवारी उहाँको काँधमा आयो ।
उपप्रमुखका प्रत्यासी मेहरमान ह्युज गिरीले अहिले पनि आफ्नो जिम्मेबारीलाई निरन्तता दिइरहनु भएको छ । हाल १४ जनाले आश्रय लिइरहेका छन् । जसमा २ जना अपांग, दुई जना बहिरा हुनुहुन्छ । आश्रमका दाजुभाईको शिक्षा, दिक्षा, पालन पोषणसँगै गिरी दर्जन भन्दा बढी सामािजक गतिविधिमा सक्रिय रहनु भएको
छ । धरान ३ स्थित रहेको सरस्वती बाल अनाथाश्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग, धरान १७ मा रहेको प्राथमिक विद्यालयमा अध्ययन गर्ने १ सय २५ जना विद्यार्थीलाई अध्यापन गराउने ५ जना शिक्षक शिक्षिकालाई तलब सुविधा प्रदान गर्दैै आउनु भएको छ । यतिमात्र होइन अध्यनरत नानीरुलाई पोसाक, झोला, कपिकलम, जुत्ता, खाजा, खाना र प्रत्येक दिन फलफूल समेत वितरण गर्दै आउनुभएको छ । उता मोरङ्गमा बसोबास गर्ने अति पिछडिएका उराउ जातिहरुको उत्थान, तिनका नानीहरुको शिक्षा दिक्षाम पाउडेक नामको संस्थामा आफै उपाध्यक्ष रही सहयोग पु¥याइरहनु भएको छ । गिरीले उराउ जातिको महिला र बालबालिकाहरुलाई सहयोग गरेको, त्यस क्षेत्रका २०÷२५ वटा विद्यालयहरुको भौतिक संरचना निर्माण, प्रौढ शिक्षा सञ्चालन, स्कुल बालबालिकाहरुलाई शैक्षिक समाग्री र आर्थिक हसयोग उपलब्ध गराइरहनु भएको छ । यसैगरी धरान वडा नं. ४ मा हरेको अनाथाश्रमका १० जना बालबालिकालाई स्रोत साधन जुटाएर घर बनाइदिने छाना लगादिने, धरान १५ को निराजन बस्तीको आशिष होस्टलका ३४ जना बालिबालिकाहरुलाई आवश्यक सहयोग प्रदान गरिरहनु भएको छ। समाजसेवी ह्युज गिरी भन्नुहुन्छ, मैले राजनीति गर्न समाजसेवा गरेको होइन । तर अहिले आएर राजनीति गर्नु बाध्यता जस्तो देखियो । यद्यपि उहाँले कुनै
राजनैतिक दलसँग आवद्ध भएर उमेद्वारी दिनुभएको चाहिँ होइन । २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा धरान नगरका मतदाताहरुले एउटा स्वतन्त्र व्यक्तिको खाँचो महसुस गरेको मैले पाएँ । त्यसैले मैले स्वतन्त्र उमेद्वारी दिने निर्णय गरेको हुँ । अत्यन्तै सालिन, भद्र र समाजसेवी यिनै व्यक्तिसँग यससपटक हामीले संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः
तपाईले स्वतन्त्र रुपमा धरान उपमहानगरपालिकाको उपमेयरमा उमेद्वारी दिनुभएको छ । कस्तो देख्नु भएको छ धरानको अवस्था ?
–स्वतन्त्र उमेदवार त्यो पनि उपमेयर मात्र रहेको कारणले पनि म जुनसुकै पार्टी वा दलसँग पनि स्वतन्त्र रुपले, खुल्ला रुपले मलाई मत दिनुस् भनेर भन्न सक्छु । किनिकी मैले कुनै पार्टीको झोला बोकेको छुइनँ, कुनै पार्टीको ट्याग लागेको छैन, झण्डा बोकेको छुइनँ ।
घअहिलेको अवस्थामा सबैले पार्टीकै तर्फबाट प्राय ः उमेद्वारी दिएका छन् । तपाईले पनि कुनै पार्टीँसंग आवद्ध भएर पनि उमेद्वारी दिन सकिन्थ्यो होला नि ?
–सकिन्थ्यो होला । पार्टीमा लागिरहेका कार्यकर्ताहरुको पनि हामीले कदर गर्नुपर्छ । धेरैर्षदेखि उहाँहरु पार्टीमा समर्पित हुनुहुन्छ । हामी जस्ता जवान भन्नेको केही गर्छु भन्नेहरुको कहिले पालो आउँछ ? सत्तरी बर्षमा पनि पालो आउँदैन । त्यसैले यो विकृतिलाई तोड्न, विभिन्न पार्टीका जवानहरु केही गर्छु भन्ने उद्देश्य, आँट, जाँगर भएकाहरुलाई प्राथमिकतामा राखेनौ भने स्वतन्त्र उमेद्वार अझ आगामी दिनमा धेरै जन्मन्छन् ।
तपाई एउटा सामाजिक पृष्ठभूमिबाट आएको देखियो । राजनीतिमा लाग्दा साजसेवामा केही अप्ठेरो हुँदैन भोलिका दिनमा ?
–समाजसेवाबाट राजनीतिमा जाँदा त्यस्तो कुनै अप्ठेरो पर्दैन । राजनीतिमा रहेर समाजसेवा गर्दा धेरै अवसरहरु प्राप्त हुन्छ । किनकि विभिन्न क्षेत्रमा अस्तित्व कायम हुन्छ । पहुँच भइसकेको कारण अझ सहज हुन्छ । स्रोत साधनलाई झन प्रभावकारी ढंगले परिचालन गर्न सकिन्छ ।
तपाईले आफ्नो उमेद्वारी घोषणा गर्नुभयो, नोमिनेशन पनि गरिसक्नु भएको छ । यदि भोलिका दिनमा धराने मतदाताले जिताए भने धरानमा के के गर्ने सोच बनाउनु भएको छ ?
–विशेष गरेर मैले गर्ने कामको बुँदाहरु तयार गरेको छु । ती सबै बुँदाहरु विस्तारमा भन्न नसकिएला । तर पनि मुख्य बुँदाहरुमा धरानलाई के ले परिचय गराउने ? सबैभन्दा ठूलो कुरा यही हो । धरानलाई पूर्वी नेपाल , नेपाल र एसियामै बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिठानले चिनाउँछ । यसमा धेरै पूर्वाधार, स्रोतहरु शक्तिहरु ल्याएर व्यवस्थित गर्नु आवश्यक छ । यो धरानको पहिचान हो । योसँग सँगै हामीले धरानको इन्कमको स्रोत नखोजी धरानको विकास गर्न सकिदैन । जब कुनै निकाय, कुनै क्षेत्रको हामीले विकास गर्नुछ भने त्यसको आयस्रोत सबैभन्दा ठूलो
कृुरा हो । धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । मैले केही दिन अगाडिदेखि विचार गरिरहेको छु सम्बन्धित निकाय, सम्बन्धित व्यक्ति र प्राविधिकहरु ल्याएर सेरा खोलाबाट त्यसै बगेर गएको पानीलाई जलस्रोतका लागि केही उपयोग गर्न सकिन्छ कि ? यसैगरी धरानमा एउटा एयरपोर्टको कुरा पनि उठिरहेको छ, एयरपोर्ट ल्याउन सक्यौ भने धरानमा धेरै पर्यटकहरुलाई भिœयाउन सकिन्छ । विभिन्न पार्टीले एयरपोर्टका लागि पहल गरेको पनि सुन्नमा आएको छ । तर कति अव्यहारिक भएको छ भने जुन ठाउँमा एयरपोर्ट बनाउने भनिएको छ त्यहाँ एउटा ढुंगा माटो अहिलेसम्म सारिएको छैन । त्योसँग सँगै धरानको नाम बिगोर्ने भनेको विकृति पनि हो । विकृतिमा धरानलाई दुव्र्यसनीको सहर भनेर नेपाल अधिराज्यमा चिनिन्छ । दुव्र्यसनी न्यूनिकरण गर्न सकिन्छ । यसलाई पुरै निमिट्यान्न गर्न नसकिए पनि न्यूनिकरण त गर्न सकिन्छ । अहिले बेलायती भूपू सैनिकका छोराछोरी धेरै मात्रामा दुवर््सनीमा फसेका छन । यो भन्दा पनि सुकुम्बासीका छोराछोरीहरु यो कुलतमा फस्दै गएका छन् । महिला दुव्सनीहरु पनि बढिरहेका छन् । यसको नियन्त्रणका लागि धेरै पहल गर्न सकिन्छ । एउटा रिह्यावमा राख्न साधारण खर्च ४० देखि ५० हजार लाग्छ । मेरो पहल त्यसतर्फ पनि कन्द्रित रहन्छ । हामी नगर बनाउने सँगसँगै मानिस बनाउने काम पनि गर्नुपर्छ । धरानको बसस्टेन्डको समस्या त्यतिकै विकराल रहेको छ । समय समयमा यहाँका दलहरुले दलीय र व्यक्तिगत स्वार्थले विभिन्न क्षेत्रमा तानतुन गरिरहेको अवस्था छ । यसलाई म जस्तो साझा उमेद्वारले धरानको साझा हितको लागि , सबैको हितकोलागि व्यवस्थित गर्नपट्टि लाग्नेछु । त्यो सँगसँगै खेलकदुका कुराहरु पनि छन् । धरानका युवाहरुलाई दुव्र्यसनीमा नफस यो गर त्यो गर भन्ने भन्दा पनि उनीहरुलाई के मा इंगेज गराउने ? दुव्र्यसनीहरु भनेका जवानहरु, जवानहरु भनेको खेलकुदमा बढी इन्ट्रेस राख्ने गर्छन् । यिनलाई व्यवस्थित गर्नुपर्छ । अहिले धरानमा दुईवटा रंगशाला छ । एउटा १६ र अर्के १७ मा । दुवै रंगशालामा ताला लागेको छ । उनीहरुलाई कसरी अगाडि बढाउने ? खेलकुद मैदानमा ताला लगाउनु हुँदैन त्यसलाई प्रयोग गर्नुपर्छ । अहिले जवानहरु फिटनेश र फुटसलमा लागेका छन् । यो रामो कुरा हो । फिटनेश कति महँगो छ त्यसलाई नगरका निकायहरुले सहुलियत
दरमा गर्न क्ने वतावरण
बनाउनुपर्छ । यसमा मेरो पहलरहने
छ । भोली यस्तै नयाँ नयाँ खेलकुदाका कुराहरु आउँछन् होला त्यसलाई नगरले संरक्षण गर्नुपर्छ ।
तपाईले आफनो उमेद्वारीप्रति
नगरबासीको भावना कस्तो पाउनु भएको छ ?
–विशेष गरेर म जुनसुकै ठाउँमा जान्छृु र उपमेयरको मात्र उमेद्वारी भएको कारणले सबै साथीहरुले म मेयरमा चाहिँ पार्टीकै उमेद्वारलाई भोट दिन्छु तर उपमेयरमाचाहिँ तपाईलाई दिन्छु भन्नुहुन्छ । यसले मलाई भित्रैदेखि एउटा ऊर्जा प्राप्त भएको छ । धरानमा रहेको विशेष गरी सकुुम्बासी समस्या ठूलो कुरा हो । धरानमा २१ हजार सुकुम्बासीलाई नगरले हेनेै दुईवटा दृष्टि छ । दुई दर्जाको नगरबासी बनाइएको छ यहाँ । एउटा सुकुम्बासी अर्के चाहिँ नगरबासी । त्यसकारण सुकुम्बासी समस्यालाई यथासिघ्र समाधन गर्न जग्गाधनी पूर्जा दिलाउन म पहल गर्नेछु । जसले उहाँहरु नगरबासीमा परिणत हुनुहुनेछ ।
अन्तमा आफ्ना मतदाताहरुलाई केही भन्नु छ ?
–विशेष गरेर म स्वतन्त्र उमेद्वार हुँ । म सबैलाई अनुरोध गर्छु म अनाथाश्रममा हुर्केको मान्छे , मसँग स्पष्ट भिजन छ । मेरो भिजन पूरा गर्न सम्पूर्ण नगरबासीको सद्भाव, परामर्श मलाई चाहिन्छ । म सबैसँग आग्रह गर्छु मलाई एक एक पटक दिएर विजयी गराउनुहोस् । म यहाँहरुलाई निराश बनाउने छैन । विभिन्न निकाय र पार्टीसँग सहकार्य गरेर विकासका लागि अगाडि बढ्नुछु ।
