काङ्ग्रेसको नेतृत्वमा शान्ति र संविधान काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान” नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको घोषणापत्र स्थानीय तह निर्वाचन–२०७४

“आदरणीय नगरवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु १
सर्वप्रथम लोकतन्त्रप्राप्तिका लागि जीवन आहुति दिने अमर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
नेपालको संविधान २०७२ जारी भएपछि संविधान कार्यान्वयनको कोशेढुङ्गा मानिएको स्थानीय तहको दोस्रो चरणको असार १४ गते हुने निर्वाचनको सँघारमा हामी उभिएका छौं । शताब्दीयौंदेखि काठमाडौंको सिंहदरवारमा केन्द्रित रहँदै आएको शासन–प्रशासन, योजना तय तथा नीति निर्माण र विकास उपर निर्णय गर्ने जिम्मेवारी र अधिकार सम्पन्न स्थानीय तहको वडा र नगरको निर्वाचनमा मतदान गर्दै गर्दा तपार्इँ हामी सबैले एकपल्ट गहिरिएर विचार अवश्य गर्नै पर्छ । हामीले कुन पार्टीका कस्ता उम्मेदवारहरुलाई मत दिँदैछौं ? त्यो पार्टीको ऐतिहासिक, राजनैतिक पृष्ठभूमि के छ ? नेपालमा भएका विभिन्न राजनैतिक, सामाजिक तथा सांस्कृतिक आन्दोलनमा तिनीहरुको भूमिका के छ ? राष्ट्रिय घोषणापत्रद्वारा सार्वजनिक गरिएका प्रतिबद्धताहरु तथा लोकतन्त्र र विधिको शासनप्रतिको प्रतिबद्धताहरु के छन् ? हामीले ख्याल गर्नै पर्छ । कुन पार्टीले मधेश र पहाडका बीचमा द्वेषको विउ छरेर होइन, सद्भावको फूल रोपेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय भावनाको एक सुत्रमा बाँध्न सक्छ ? यी प्रश्नमाथि विचार गरेर मात्र आगामी १४ गतेको निर्वाचनमा मत हाल्न नेपाली काङ्ग्रेस धरान उपमहानगर समिति सम्पूर्ण नगरवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछ ।
नेपाली काङ्ग्रेस नेपालको जेठो तथा अगुवा पार्टी, जसले २००३ सालदेखि नै जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । जहानियाँ राणा शासन विरुद्ध २००७ सालमा गरिएको जनक्रान्तिको आह्वानको सशक्त नेतृत्व, २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफल नेतृत्व, २०६२÷६३ को अभूतपूर्व लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै नेपाली काङ्ग्रेसले नेपाली जनताका माझमा जनभावना र जनआकांक्षालाई सम्बोधन गर्दै शान्तिपूर्ण आन्दोलनलाई निष्कर्षमा पु¥याउन सक्ने नेतृत्वदायी पार्टीको छवि स्थापित गरिसकेको छ । पहिलो संविधान सभाको चार वर्षको समयावधिमा चारवटा सरकारहरु गठन र विघटन भए । नेकपा एमालेले दुई पटक सरकारको नेतृत्व ग¥यो । मुलुकलाई ४–४ जना वामपन्थी प्रधानमन्त्रीहरुले नेतृत्व गरिरहँदा देशले संविधान पाउन सकेन । हामी बहुमतको माग गरी २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा होमियौं । जनताको विश्वासबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित हामीले जनतासमक्ष गरेको संविधान निर्माणको प्रतिबद्धता पूरा ग¥यौं र मुलुकले काङ्ग्रेसको नेतृत्वमा नेपालको संविधान–२०७२ प्राप्त ग¥यो । अब संविधानको सफल कार्यान्वयनमा देखिएका चुनौती र सबै नेपालीलाई संविधानको अपनत्व बोध गराई दिगो स्थानीय सरकारको माध्यमबाट समतामूलक समृद्ध नेपाल निर्माणको अभियानमा यस नगरबाट नेपाली काङ्ग्रेस पार्टीका नगर प्रमुख (मेयर), उप–प्रमुख (उपमेयर) तथा २० वटै वडाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुबै खुल्ला सदस्यमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
धरान उपमहानगरपालिकामा लामो समयसम्म एमालेले नेतृत्व गरेको छ । अब मतदान गर्दै गर्दा धरानका जनताले छातीमा हात राखेर सोच्ने बेला आएको छ । धरानभन्दा निकै पछि नगरपालिका, उपमहानगरपालिका भएका क्षेत्रहरु हामीभन्दा धेरै कुरामा अब्बल र समुन्नत बन्दै गएका छन् । हामी कछुवाको तालमा बिस्तारै हिँडिरहेका छौं । एमालेको नेतृत्वमा धरानले कुन चाहिँ ठूलो परियोजना प्राप्त गर्न सक्यो ? धरान अत्यन्तै ठूलो सम्भावना बोकेको सहर हो । धरानलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक र स्वास्थ्य केन्द्रको सहरका रूपमा विकसित गर्न सकिन्छ । धरानका जनताको विकासप्रतिको उत्कृट चाहना र सोका लागि आर्थिक तथा भौतिक रुपमा नै विकासप्रति सरिक हुने आकांक्षाका बाबजुद एमालेले यतिका वर्ष स्थानीय निकायमा प्रतिनिधित्व गर्दा पनि धरानको विकासका लागि रेखासम्म पनि कोर्न सकेन । अझै अरुण तेस्रो परियोजना जुन धरानको मात्र नभएर पूर्वाञ्चलकै भाग्य र भविष्यको कोसे ढुङ्गा सावित हुन सक्थ्यो, त्यस्तो परियोजना समेत एमालेले तुहाईदियो । तत्कालीन समयमा मृतप्रायः भइसकेको धरान सहरलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा प्राण भर्ने कामको नेतृत्व नेपाली काङ्ग्रेसले नै ग¥यो । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि ढुङ्गामूढा गर्दै त्यो परियोजनासमेत असफल बनाउने प्रयास एमालेले गरिरह्यो । वीपी प्रतिष्ठानको निर्माणले धराननगरमा रक्तसञ्चार भएको छ । तसर्थ यी सबै तथ्यहरुलाई हृदयङ्गम गरी वास्तवमै धरानको विकासमा लामो समयदेखि लागिपरेको पार्टी नेपाली काङ्ग्रेस र त्यसका नगर र वडाका उम्मेदवारहरुलाई भोट दिन हुन हामी हार्दिक अनुरोध गर्दछौं । समृद्ध धरान सहर बनाउने यस नगरका जनताको चाहना र भावनालाई मूर्त रूप दिन आर्थिक, भौतिक, सामाजिक, शैक्षिक सबै तवरबाट विकासप्रति सम्मिलित हुने धरानका जनताको मनोभावनाको हामी उच्च सम्मान गर्न गर्दछौं साथै सम्पूर्ण नगरवासीलाई साथमा लिएर हामी समृद्ध र समुन्नत धरान सहर निर्माणको सफल नेतृत्व गर्दै धरानका जनताको घरघरमा टोलटोलमा वडावडामा जनताले पाउनु पर्ने सेवा सुविधाको पहुँच स्थापित गर्न चाहन्छौं ।
विगत लामो समयदेखि धरानको स्थानीय निकायमा नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर नपाए पनि स्वच्छ खानेपानीमा धराने जनताको पहुँच र अधिकार स्थापित गराउन एडीवीको आर्थिक व्यवस्थापनमा धरान खानेपानी परियोजना ल्याउन हामी सफल भएका छौं । छिटै नै यो परियोजना सम्पन्न हुनेछ र धरानका जनता काकाकुल भएर बाँच्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । धरान रङ्गशाला पुनर्निर्माण,अनि एन्फा एकेडेमीको खेल मैदान निर्माण नेपाली काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन् र हुँदै छन् । धरान–पानबारी तथा धरान–चतरा सडकका विभिन्न खण्डमा पुल निर्र्माणकासाथै लामो समयको व्यवधान पछि धरान–८ मा निर्माण सुरु हुन लागेको बसपार्क, निर्माणको चरणमा प्रवेश गरेको एयरपोर्ट परियोजनाको अहम् नेतृत्व पनि नेपाली काङ्ग्रेसले गरेको कुरा हामी यहाँहरुलाई अवगत गराउन चाहन्छौं ।
धरानमा रहेका सुकुम्वासी परिवारको घरधुरी लागत संकलन तथा घरधुरी करको व्यवस्था गरी सोको आधारमा विजुली पानी जस्ता अत्यावश्यकीय सेवामा सुकुम्वासी जनताको पहुँच स्थापित गरी सुकुम्वासी जनतालाई वास्तविक अर्थमा धराने जनता बनाउने अभियानको नेतृत्व नेपाली काँग्रेसले गरेको व्यहोरा सगर्व अनुरोध गर्न चाहान्छौं । साथै नेपाली काँग्रेसकै नेतृत्वमा विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी धरान क्षेत्रभित्र जनता आवास योजना अन्तर्गत १८० भन्दा वढी घरहरु निर्माण कार्य संचालन भइरहेको सगौरव यहाँहरुलाई स्मरण गराउन चाहान्छाँै । राज्य अत्यन्त अफ्टरयारो अवस्थाबाट गुज्रेको समयमा समेत धरानमा सामाजिक सद्भाव कायम गराउन साथै लागु औषध दुव्र्यसन, महिला तथा घरेलु हिंसालाई न्यूनीकरण गर्न यहाँका नेपाली कांग्रेसका स्थानीय अग्रज नेताहरुले खेलेको भूमिकालाई एक पटक पुनः स्मरण गर्न अनुरोध गर्दछौं ।
अतः धरानको विगत र वर्तमानको पृष्ठभूमिलाई हेर्दा धरानको विकास र निर्माणको पर्यायको रुपमा नेपाली काङ्ग्रेसले आफूलाई उभ्याएको मात्र होइन, सिद्ध नै गरिसकेको छ । तसर्थ समुन्नत र समृद्ध धरान नगरको परिकल्पनालाई साकार बनाउन नेपाली काङ्ग्रेसका नगर तथा वडाका सम्पूर्ण उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी अत्यधिकबहुमतले विजयी गराउन हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
१. आर्थिक समृद्धिको
सङ्कल्प ः नेपाली काङ्ग्रेस एक मात्र विकल्प
– स्वदेशी तथा विदेशी लगानीलाई पर्यटन, कृषिका साथै उत्पादनमूलक उद्योग, नयाँ प्रविधि एवम् व्यापारयोग्य सेवाहरूमा आकर्षित गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र राजस्व सङ्कलनमा बृहत्तर विकास गरिने छ ।
– उद्यमशीलताको लहर ल्याउन युवा तथा महिलाहरूको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योगहरू र पर्यटकीय गतिविधिहरूको विकास र विस्तारमा जोड दिइने छ । यसका लागि नगरपालिकाभित्र एक छुट्टै एकाइ गठन गरी व्यवस्थित पारिने छ ।
– जल, जमिन, जङ्गल, जडिबुटी र जलाधार ः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यताहरूमा प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने छ ।
– कृषिमा उद्यमशीलता ः आजको आवश्यकता भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न कृषिबाली एवम् पशुधन विमा योजना लागु गरिने, किसान तथा उद्यमी क्लबहरूको गठन गरिने, निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलहरू, कृषि उपज सङ्कलन केन्द्रहरू एवम् सामुदायिक कृषि सेवा केन्द्रहरू, नगरका विभिन्न स्थानमा पशुवधशालाहरू स्थापना तथा सञ्चालन गरिने र “सुलभ ऋणको व्यवस्था सबैको पहुँचमा वित्तीय सेवा” पु¥याउन १६ वर्ष नाघेका सबै नागरिकहरूको बैंक खाता खोल्ने व्यवस्था गरिनेछ ।
– उत्पादन बृद्धि, उत्पादनको प्रशोधन तथा बजारीकरण, वचत परिचालन तथा कर्जा प्रवाहमा सहकारीको भूमिका बढाइनेछ ।
– धरानलाई प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, स्वास्थ्य, साहसिक खेल तथा शैक्षिक पर्यटकीय नगरका रूपमा विकास गरिने छ । यी क्षेत्रहरूको विकास, संरक्षण, संवर्धन गर्नका लागि निजी तथा सामुदायिक व्यवसायीसँग साझेदारीलाई संस्थागत गर्ने, ती क्षेत्रहरूमा सडक, सञ्चार, पानी, सरसफाइ, विद्युत् जस्ता पूर्वाधार निर्माणको व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने छ । यी क्षेत्रहरूलाई आर्थिक आर्जनको आधार बनाइनेछ ।
– देश विदेशका विभिन्न नगरहरुसँग भगिनी सम्वन्ध स्थापित गरी समृद्ध धरानको निर्माणमा साझेदारी गरिने छ ।
– धरान उपमहानगर पालिकाभित्र सञ्चालनमा रहेका बैंक लगायतका अन्य वित्तीय संस्थाहरुसँग समन्वय गरी धरानको विकासमा टेवा पु¥याउने कार्यक्रम ल्याईनेछ ।
– धरानको विकासमा सहभागी गराउन नेपाल बाहिर बसोबास गर्ने धरानका जनतासँग समन्वय गरी छाता संगठन “धरान विकास मञ्च”को गठन गरी धरानमा लगानी गर्ने वातावरण सृजना गरिने छ ।
– केन्द्रीय तथा प्रादेशिक अनुदानको उच्चतम उपयोग
गरी स्थानीय राजस्वको आधारलाई फराकिलो पार्दै आत्मनिर्भर हुने बाटोमा अग्रसर हुने नीति लिइनेछ ।
– करका प्रशासकीय प्रक्रियालाई सरलीकृत गर्दै उठ्नु पर्ने सम्पत्ति कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क तथा जरिवानाहरू एवम् मालपोतजस्ता स्थानीय आम्दानीका स्रोतहरूलाई जन चाहना तथा नीति नियमहरूका परिधिभित्र रही व्यवस्थितगर्ने र तिनको अभिलेख राख्ने काम पारदर्शी बनाउन आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ ।
– करदाताहरूले स्वेच्छिक रूपमा कर दाखिला गर्ने व्यवस्था मिलाइने छ । करदाताहरूको सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने छ । सङ्कलित राजस्वको विस्तृत सूचना हरेक छ महिनामा सार्वजनिक गरिनेछ ।
– स्थानीय तहमा जनताको माग र आवश्यकताअनुसार आयोजनाहरूको छनोट र निर्माण प्रक्रिया छिटो छरितो, कम खर्चिलो र परिणाममुखी बनाइनेछ ।

२. भौतिक तथा विकास निर्माणको सङ्कल्प ः धरानका जनताको रहर स्वस्थ सुन्दर हरित सहर ।
– धरानका जनताको चाहना अनुरुप धरानलाई प्रदेश नं १ को राजधानी बनाउन विशेष पहल गरिनेछ ।
– धरानका जनताको बहुप्रतीक्षित एयरपोर्ट निर्माण, सुविधासम्पन्न बसपार्क, हेलिप्याड निर्माण कार्यलाई अगाडि बढाउन विशेष पहल गरिनेछ ।
– प्रस्तावित पूर्व पश्चिम रेलमार्गलाई धरान हुँदै लैजान पहल गरिनेछ । धरान–इटहरी – बिराटनगर रेलमार्गका लागि सम्बन्धित उपमहानगर तथा महानगरपालिकाहरूसँग समन्वय गरिनेछ ।
– धरानका प्रत्येक वडाहरूलाई कालोपत्रे सडक सञ्जालमा जोडिनेछ ।
– चतरा–पटनाली, धरान–पानबारी–केराबारी–लेटाङ–मधुमल्ला सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गर्न यथाशक्य पहल गरिने छ ।
– धरान उपमहानगर पालिकाको सीमाना वैज्ञानिक ढङ्गबाट कायम गरी चारै द्वारमा प्रवेशद्वार निर्माण गरिनेछ ।
– धरानको मुख्य सडकमा हुने पार्किङ्लाई व्यवस्थित गर्न उपयुक्त स्थानमा बहुतले
(मल्टीफ्लाट) पार्किङ् बनाई सञ्चालनमा ल्याइनेछ ।
– पैदलयात्रीका लागि व्यवस्थित फुटपाथ, पर्याप्त जेब्रा क्रसिङ्, सब–वे तथा भानुचोक, छाताचोक लगायतका आवश्यक स्थानहरूमा आकाशे पुलको निर्माण गरिने छ ।
– खहरे खोलाको स्थायी नियन्त्रण गरी किनारामा तटबन्ध तथा पक्की ढलान गरी पैदलयात्री तथा साइक्लिङ्ग वे (मार्ग) का रुपमा विकसित गरिने छ ।
– धरान नगर क्षेत्र
(विष्णुपादुका र पाँचकन्यासमेत) मा चक्रपथ निर्माण गरिने छ साथै धरानलाई ीष्लप च्यबम हरूबाट अन्य स्थानीय क्षेत्रहरूसँग जोडिने छ ।
– उपमहानगरपालिकाभित्र रहेका बिग्रे भत्केका सडकहरूको उपभोक्ता समितिमार्फत स्तरोन्नति गरिनेछ ।
– नगरक्षेत्रभित्र रहेका टेलिफोन, केबल टेलिभिजन, इन्टरनेटका तारहरुलाई जमिन मुनिबाट लैजाने व्यवस्था गरिनेछ । साथै विद्युत् तारलाई पनि क्रमशः अन्डरग्राउन्ड गर्नका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
– धरानमा संचालनमा रहेको कृषि उपज बजार केन्द्रको स्तरोन्नति गर्दै सबै कृषकहरूको सहज पहुँच हुने वातावरणको सृजना गरिनेछ । यस केन्द्रमा एक सुविधा सम्पन्न कोल्ड स्टोरेजको स्थापना गरिनेछ ।
– धरान बजार क्षेत्र, बसपार्क, मुख्य सडक तथा प्रमुख चोकहरूमा सीसी क्यामेरा जडान गरिनेछ । यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।
– सर्दू, सेउती, सेरा, पटनाली, कोकहा, अँधेरी लगायतका खोलाहरूमा तटबन्ध, रिटेनिङवाल र पक्की पुलहरु निर्माण गरिनेछ । सर्दू जलाधार क्षेत्र, पञ्चकन्या जङ्गल तथा ऐतिहासिक बुद्धिकर्ण दरवार क्षेत्रको संरक्षण र सम्बद्र्धन गरिनेछ ।
– धरान–विष्णुपादुका, धरान–पटनाली मार्गमा पर्ने सर्दू खोलामा पक्की पुल निर्माण गर्न पहल गरिने छ साथै देवी गाउँबाट हर्दिया हुँदै कन्नेपोखरीसम्मको सडक निर्माण गर्न पहल गरिने छ ।
– जिरो पोइन्टदेखि भेडेटारसम्मको क्षेत्रलाई फुडसाइटको रुपमा विकसित गर्न गुरुयोजना ल्याइनेछ । यस क्षेत्रको विकासमा सहभागी हुने व्यवसायीहरुलाई विशेष सुविधा उपलव्ध गराइनेछ ।
– धरानको विकासका लागि आवश्यक ठूलाठूला स्टार होटलहरु, शिक्षालय तथा उद्योगधन्दा संचालन गर्न चाहने व्यवसायीहरुलाई आवश्यक पर्ने सडक, विद्युत्, खानेपानी, संचार, सुरक्षा लगायतका पूर्वाधारहरु नगरपालिकाबाट उपलव्ध
गराइनेछ ।
– धरानको सभागृह, रङ्गशालालाई व्यवस्थित गर्दै सञ्चालनमा ल्याइनेछ । नगरक्षेत्रभित्र रहेका सबै खेल मैदानहरुलाई मिनिरंगशालाहरुको रुपमा स्तरोन्नति तथा विकाश गरी पूर्ण उपयोगमा ल्याइनेछ ।
– प्रत्येक वडामा व्यवस्थित वडा कार्यालय भवन निर्माण गरी वडावासीहरूलाई एकीकृत सेवा उपलब्ध गराइनेछ ।
– खेलकुद, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विशेष व्यक्तित्वहरुलाई यथोचित सम्मान गरिनेछ ।
– कला, साहित्यको संरक्षण तथा सम्बद्र्धनका लागि एउटा सुविधा सम्पन्न नाट्यशालाको निर्माण गरिनेछ साथै बहुभाषिक अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरिनेछ ।
३. शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासको सङ्कल्प – घर आ“गनमा आयो सिंहदरबार ः शिक्षा, स्वास्थ्य, रोजगार काङ्ग्रेसको सरोकार ।
– धरानलाई प्रदेश नं. १ कै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिनेछ । धरानमा एउटा प्रादेशिक विश्वविद्यालय खोल्न पहल गरिनेछ ।
– पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पसलाई प्राविधिक शिक्षाका हरेक विधाका लागि नमुना क्याम्पसका रूपमा विकसित गरिने छ । यिनीहरूमा सञ्चालित सम्पूर्ण कार्यक्रमहरूलाई स्नातकोत्तर तहसम्म नै सञ्चालन गर्ने प्रबन्ध गरिनेछ ।
– पिण्डेश्वर विद्यापीठलाई पूर्वीय वाङ्मयको अनुसन्धान केन्द्रका रूपमा विकसित गरिनेछ । जसमा आयुर्वेद, प्राकृतिक चिकित्सा, ज्योतिष लगायतका विषयहरूको अध्ययन, अध्यापन र अनुसन्धान गरिनेछ ।
– सरकारी÷सामुदायिक विद्यालयहरूमा प्रतिस्पर्धी क्षमताको विकास गराई गुणस्तरीय शिक्षामा जोड दिइनेछ । विद्यालयले प्राप्त गर्ने नतिजाका आधारमा पुरस्कार वा प्रोत्साहनको व्यवस्था गरिने छ । नतिजा असन्तोषजनक हुने विद्यालयलाई सुधारका लागि ध्यानाकर्षण गराईनेछ । लागुऔषध तथा दुव्र्यसन सम्वन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरिनेछ ।
– विद्यालय जान नपाएका विपन्न, दलित, भूमिहीन लगायतका सीमान्तकृत परिवारका छात्रछात्राका निम्ति छात्रवृत्ति प्रदान गरिनेछ ।
– सडक बालबालिकाहरूका लागि “बाल संरक्षण गृह”को व्यवस्था गरिने छ । उनीहरूलाई माध्यमिक तहसम्म अनिवार्य शिक्षा दिने व्यवस्था मिलाइनेछ ।
– उच्च शिक्षाका लागि कोटा निर्धारण गरिएका कार्यक्रमहरू सञ्चालन गर्ने धरान स्थित शैक्षिक संस्थाहरू
(वी.पी.को.स्वा.वि.प्र., केन्द्रीय खाद्य प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस लगायत) मा धरानका जनताहरूका लागि विशेष कोटा निर्धारण गर्न पहल गरिनेछ ।
– शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिने तालिम, प्रशिक्षण, गोष्ठीजस्ता कार्यक्रमहरूमा सरकारी÷ सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई विना भेदभाव समान अवसरका लागि वातावरण निर्माण गरिने छ ।
– निजीस्तरबाट संचालित विद्यालय तथा क्याम्पसहरुले शिक्षा क्षेत्रमा पुर्याएको सेवाको उच्च सम्मान गर्दै तिनीहरुको विकास तथा प्रवद्र्धनमा नगरपालिका बाट आवश्यक सहयोग उपलव्ध गराइनेछ ।
– शिशु विकास केन्द्र, सीपमूलक प्राविधिक विद्यालय, बहुभाषिक विद्यालय तथा बहुभाषिक क्याम्पसको स्थापना गर्न पहल गरिनेछ । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय,पूर्वाञ्चल बहिरा विद्यालय, सुस्त मनस्थिति बाल कल्याण विद्यालय, हिमालय महायान रिन्छेन छ्योलिङ, हिमालय महायान देछेन छ्योलिङ, नेपाल बौद्ध गुम्बा, मदरसा इस्लामिया, ऋषिकुल विद्यालय, पिण्डेश्वर संस्कृत मा.वि. जस्ता सरकारी तथा सामाजिक तवरबाट संचालनमा रहेका शिक्षालयहरुको सम्बद्र्धनका लागि नगरपालिकाबाट विशेष सहयोग उपलव्ध गराइनेछ । विभिन्न जातजातिका भाषिक शिक्षाको व्यवस्थापन सम्बन्धित निकायहरुसंग समन्वय गरि कार्यान्वयन गरिनेछ ।
– धरानका सबै वडा कार्यालयहरूमा इन्टरनेट सुविधासहितको पुस्तकालयको निर्माण गरिनेछ । छाताचोक स्थित सार्वजनिक विद्याभवन पुस्तकालयलाई प्रदेश नं. १ कै उत्कृष्ट पुस्तकालयका रूपमा विकास गरिनेछ ।
– दक्षिण एसियाकै नमुनाका रूपमा रहेको वी.पी.को.स्वा.वि.प्रतिष्ठानलाई अझ आधुनिकीकरण तथा सबलीकृत गर्दै लगिनेछ । सबै खाले रोगको उपचार हुने व्यवस्था गरिनेछ । प्रतिष्ठानमा धरानका जनताका लागि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
– छाताचोक स्थित पुरानो अस्पतालको स्वामित्वलाई धरान उपमहानगरपालिका अन्तर्गत ल्याउन पहल गरिनेछ । यस क्षेत्रलाई नगरवासीको चाहना र धरानको आवश्यकता अनुसार उपयोग गर्ने नीति लिइनेछ ।
– जेष्ठ नागरिक, असहाय तथा विपन्न वर्गका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिनेछ । यसका लागि एक स्वास्थ्य कोषको प्रबन्ध गरिनेछ ।
– सम्पूर्ण सुरक्षा निकायहरूसँग समन्वय गरी धरानलाई लागु औषध दुव्र्यसन रहीत तथा अपराधमुक्त नगर बनाइनेछ ।
– प्रत्येक वडा कार्यालयसँग प्राथमिक स्वास्थ्य केन्द्र, खेलकुद प्रवद्र्धनका लागि कबर्ड हलको स्थापना गरिनेछ । धरानको प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता वार्षिक कार्यक्रमका रुपमा सञ्चालन गर्नका लागि विशेष बजेटको व्यवस्था गरिनेछ ।
– नगर क्षेत्रभित्र शहरी सेवाका रुपमा रहेका टेम्पो, सिटी सफारी, रिक्सा, ट्याक्सी जस्ता साना सवारी साधनहरुलाई व्यवस्थित रुपबाट सञ्चालन गर्ने व्यवस्था मिलाईने छ ।
– धरान क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गरी धरानलाई पर्यटकीय सहरका रूपमा विकास गरिनेछ ।
– ग्रामीण पर्यटनका लागि विष्णुपादुका, पाँचकन्या लगायतका स्थानहरूमा होमस्टेको प्रबन्ध गरिनेछ ।
– विजयपुरलाई धार्मिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्न विजयपुर बृहत्तर विकास परियोजना तयार गरी कार्य अगाडि बढाइनेछ ।
– प्रत्येक सामुदायिक वनहरूमा अनिवार्य रूपमा वनभोजस्थल, बालउद्यान तथा हरीत पार्कको निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने
छ । सामुदायिक वनलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
– फुस्रे एवम् सर्दू खोलामा ढुङ्गे उद्यान (रक गार्डेन) निर्माण गरिनेछ । निर्माणाधीन सप्तरङ्गी पार्कको स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।
– धरान फुस्रेमा वी.पी.पार्कको निर्माण गरिने छ । पर्याप्त उद्यान तथा बाल उद्यानहरूनिर्माण गरिनेछ ।
–विष्णुपादुका र दानाबारीमा प्राकृतिक, बहुसांस्कृतिक तथा ग्रामीण पर्यटनको
अवधारणा अनुसार होमस्टेको प्रवद्र्धन गरिनेछ ।
– विजयपुरमा रहेका सबै मठमन्दिरसम्म जाने मार्गहरुलाई आवश्यकता अनुसारव्यवस्थित गरिनेछ ।
– सिंहदेवी चौकदेखि विजयपुर चोकसम्मको आरसिसि ढलानलाई पूर्णता दिई आकर्षक पर्यटकीय पैदल मार्ग निर्माण गरिनेछ ।
– विभिन्न जातजातिका भाषिक, जातीय, सांस्कृतिक तथा धार्मिक मौलिकता झल्किने जीवन्त सङ्ग्रहालय ९ीष्खष्लन ःगकभगm० को निर्माण गर्न पहल गरिनेछ ।
– धरानमा सुविधायुक्त मदरसाको निर्माण गरिनुका साथै चारकोशे झाडीमा रहेको कब्रस्तानको क्षेत्रलाई उचित रुपमा व्यवस्थित गरिनेछ ।
– हाल निर्माणाधीन रहेको बहुजातीय सङ्ग्रहालयलाई पूर्ण रूपमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
– “एक घर ः एक रुख, एक सहर ः अनेक उद्यान”को मूल नारा अवलम्बन गर्दै धरानलाई हरित सहर ९न्चभभल ऋष्तथ० का रूपमा विकसित गरिनेछ ।
– धरान क्षेत्रभित्र रहेका लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन, वातावरण संरक्षण आदिमा स्थानीय महिला समूह तथा स्वयम्सेवी क्लबहरूलाई परिचालन गरिनेछ । युवा, महिलाहरूलाई नै लक्षित गरी दोभाषे र पर्यटक गाइडको तालिम दिइनेछ ।
– उपमहानगरपालिका क्षेत्रभित्र एउटा सामुदायिक पर्यटन सूचना तथा सेवा केन्द्रको स्थापना गरिनेछ । यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रदर्शन तथा बिक्री कार्य सञ्चालन गरिनेछ ।
– सम्भाव्य पर्यटकीय स्थलहरूको संरक्षण एवम् सडक, सञ्चार, पानी, सरसफाइ र बत्तीजस्ता पूर्वाधार निर्माणमा निजी व्यवसायसँग साझेदारीलाई संस्थागत गर्न पहल गरिनेछ ।
– युवा स्वरोजगार तालिम केन्द्रको स्थापना गरिने छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमै अवसर सृजना गर्न नियमित रोजगारमूलक तालिमको व्यवस्था गरिनेछ ।
– प्रत्येक वडाका सडकहरूमा सौर्य सडकबत्तीको व्यवस्था, नियमित सरसफाइ र फोहोर सङ्कलनको व्यवस्था गरिनेछ ।
– न्यूनतम आय भएका दैनिक ज्यालादारी मजदुरलाई परिचयपत्र वितरण गरी दैनिक बचत गर्ने व्यवस्था मिलाइनेछ । उनीहरूमा अनिवार्य स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगरवासीको सुविधाका लागि स्थानीय यातायात व्यवसायीहरुसँग समन्वय गरी धरान नगर क्षेत्रभित्र नगर–बस सञ्चालन गरिनेछ ।
– धरान क्षेत्रभित्र रहेका मठमन्दिर, देवालय, साकेलाथान, माङहिम, गुम्बा, विहार, चर्च, पाटी, पौवा, मस्जिदजस्ता धार्मिक आस्थाका केन्द्रहरूलाई संरक्षण र सम्बद्र्धन गर्दै लगिनेछ ।
– बोलबम, साकेला, चासोक तङ्नाम, चासुवा, फोल स्यादर, ल्होसार, छठपर्व, इद, क्रिष्टमस, माघीपर्व, गाईजात्राजस्ता विभिन्न समुदायहरुले सामुहिक रुपमा मनाउने चाडहरुका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
– धरानलाई डिजिटल शहरका रूपमा विकसित गरिनेछ । सूचना प्रविधिको माध्यमबाट नगरपालिकाका दैनिक, प्रशासनिक अभिलेखहरूलाई आधिकारिक तथ्याङ्कका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिनेछ । व्यक्तिगत घटना, जन्ममृत्यु, विवाहजस्ता महत्वपूर्ण तथ्याङ्कहरूलाई अनलाइन प्रणालीबाट सम्बन्धित निकायहरूमा नियमित रूपमा पठाउने व्यवस्था गरिने छ । भूमि सम्बन्धी एकीकृत अभिलेखका साथै बेरोजगार, सुकुम्बासी, गरिब र विपन्न परिवारको पहिचान, तथ्याङ्क एवम् स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको अभिलेख र चिनारी राखिनेछ । एक सुविधा सम्पन्न नगरसूचना केन्द्रको स्थापना गरिनेछ ।
– “धरान नगर कार्ड एक ः सेवा अनेक” भन्ने नारालाई सार्थक पारिनेछ । धरानमा क्ष्त् पार्कको स्थापना गरिनेछ ।
– वी.पी. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको भित्री र बाहिरी भागका सडक किनाराहरुलाई ग्रीनबेल्टको रुपमा विकसित गरिनेछ ।
– धराने जनतालाई सबै प्रकारका सुविधाहरु उपलव्ध गराउन धरान “कार्ड एकः सेवा अनेक” लागु गरिनेछ ।
– धरान उपमहानगर क्षेत्र भित्र रहेका सम्पूर्ण जमिनको बैज्ञानिक नापी गरी सडकमा परेका जग्गाहरुको लगत कट्टा गर्ने, विवादित जग्गाको समाधान खोज्ने, सरकारी खाली जमिनको पहिचान गरी सदुपयोग गर्ने नीति अगाडि वढाइनेछ ।
– धरानका विभिन्न स्थानमा रहेका दाहसंस्कार स्थलहरुलाई व्यवस्थित गरिनेछ ।
– “एक गाँउःएक उत्पादन”को नीतिलाई अवलम्वन गरी कृषि क्षेत्रको विकास गरिनेछ ।
– भूपू सैनिकहरूको क्षमता, सीप र अनुभवलाई समग्र धरानको विकासका लागि सदुपयोग गरिनेछ ।
– धरानका जनताको स्वास्थ्य र उपभोक्ता हितका लागि नियमित बजार अनुगमन संयन्त्र बनाई परिचालन गरिनेछ ।
– सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई आवश्यकता अनुसार उपयुक्त स्थानहरूमा एकीकृत बस्ती निर्माण योजना लागू गरी स्थायी समाधान खोजिने छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा रहेका जनतालाई वास्तविक रुपमै नगरवासी बनाउन परिचयपत्र वितरण गरी सो परिचयपत्रका आधारमा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, टेलिफोन र खाद्यान्न खरिदमा विशेष छुटको व्यवस्था गरिने छ । नेपाली कांग्रेसले यस क्षेत्रमा संचालन गरेको जनता आवास कार्यक्रमलाई विस्तार गर्दै लगिनेछ ।
– जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारको तर्फबाट प्रदान गरिने मासिक सामाजिक सुरक्षा भत्तामा नगरपालिकाको तर्फबाट थप प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । नगर क्षेत्रभित्र एउटा एकीकृत जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी आवास योजना, स्वास्थ्य, आध्यात्मिक सत्सङ्ग, मनोरञ्जन र भ्रमण लगायतका सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराइनेछ ।
– महिलाहरूलाई सशक्तीकरणका लागि स्वरोजगार र सीपमूलक व्यावसायिक तालिमहरू दिई साना तथा घरेलु उद्योगहरू खोल्न प्रोत्साहन गर्ने नीति लिइनेछ ।
– धरानलाई महिला हिंसामुक्त सहर बनाउन हिंसा पीडित महिलाहरु तथा लागुऔषध दुव्र्यसनमा फसेका महिला दिदीबहिनीहरुका लागि पुनस्र्थापना गृहको स्थापना र उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था गरी आय आर्जन गर्ने अवसरको सृजना गरिनेछ । पाँचकन्यामा निर्माणाधीन पूर्वाञ्चल आसरा सुधार केन्द्रको निर्माण सम्पन्न गर्न आवश्यक सहयोग उपलव्ध गराइनेछ ।
– धरान क्षेत्रबाट सङ्कलित जैविक फोहोरहरूलाई प्रशोधन गर्नका लागि जैविक मल उत्पादन केन्द्रको स्थापना गरिनेछ । उत्पादित मल कृषकहरूलाई सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । पुनः प्रयोग गर्न सकिने अजैविक फोहोरहरू सङ्कलन गरी त्यसलाई सम्बन्धित उद्योगहरूमा बेचबिखन गर्ने व्यवस्था गरिनेछ ।
– होटल व्यवसायीलाई निर्बाध रूपबाट भयरहित वातावरणमा आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था मिलाइनेछ । धरानका मुख्य बजार र अन्य उपयुक्त क्षेत्रहरुमा आवश्यकता अनुसार सन्ध्याकालीन बजार सञ्चालन गर्ने वातावरण तयार गरिनेछ ।
– धरानको खानेपानी वितरण कार्यलाई दिनको १८ घण्टासम्म वितरण गर्न धरान खानेपानी आयोजनालाई सचेत बनाईने छ ।
– जनगुनासो सुन्न निःशुल्क टेलिफोन र हटलाइनको व्यवस्था गरिनेछ । प्रत्येक वडामा सुझावपेटिका राख्ने व्यवस्था गरिनेछ ।
– धरान उपमहानगर क्षेत्रभित्र पर्ने खोलाहरूबाट निकालिने ढुङ्गा, गिटी, बालुवा आदिको संरक्षण, उत्खनन र उपयोग गर्ने कार्यमा अनुमति दिने, नवीकरण गर्ने र अनुमति खारेज गर्ने समेत गरिनेछ ।
– जातीय, धार्मिक, सांस्कृतिक तथा नेपालीपन झल्किने साथै उच्च कलात्मक ज्ञान र शैलीमा निर्मित निजी आवास एवम् सार्वजनिक भवनहरूलाई पुरस्कृत गरिने छ । साथै यस्ता नयाँ भवनहरू निर्माण गर्ने व्यक्ति वा संस्थालाई विशेष सुविधा उपलब्ध
गराइनेछ ।
– धरान जिरो पोइन्टदेखि भेडेटारसम्मको राजमार्ग क्षेत्रका दुबै भागमा विभिन्न जातका फूलहरू रोपी धरानलाई फूलबारीको सहरका रूपमा विकसित गर्ने कार्य अगाडि बढाइनेछ । धरान प्रवेश गर्ने दक्षिण क्षेत्रको वनजङ्गललाई समेत धरानको सीमादेखि नै सुन्दर बनाउन पहल गरिनेछ ।
– धरान उपमहानगर क्षेत्रभित्र काम गर्ने मजदुरहरूको हकहितको संरक्षण गर्न मजदुर कल्याण कोषको स्थापना गरिनेछ । नेपाल सरकारले तोकेको ज्याला निर्धारण गरी श्रमिकहरूका कामको सम्मान गरिनेछ ।
– स्थानीय मिडियाहरूको संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराइनेछ । मिडियाकर्मीहरुको कल्याण एवं सुरक्षाका लागि “श्रमजीवी पत्रकार कल्याण कोष” को स्थापना गरिनेछ ।
– उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण दिने व्यवस्था मिलाइने छ । उद्यमशीलतालाई प्रबद्र्धन गर्ने नीति लिइनेछ ।
– धरानभित्र सञ्चालनमा रहेका सबै सामाजिक सङ्घ संस्थाबीच समन्वय कायम गर्दै तिनीहरूले दिने सेवालाई अझ गुणस्तरीय बनाउनका लागि एउटा सामाजिक संयन्त्र ९ऋभिि० को गठन गरिनेछ ।
– धरानको समग्र विकासका लागि आवश्यक पूर्वाधारको निर्माण तथा व्यवस्थापन गर्न सम्बन्धित माथिल्लो निकायसँग समन्वय गरी उच्च प्राथमिकताका साथ कार्य अगाडि बढाइने नीति लिइनेछ ।
– शान्ति, सुरक्षा र सम्पत्तिको संरक्षणका लागि एक उपमहानगर प्रहरी एकाइ बलको गठन गरिनेछ साथै प्रत्येक प्रमुख चोकहरूमा नगर प्रहरी बुथको स्थापना गरिनेछ ।
४. विष्णुपादुका तथा पा“चकन्या ः बृहत्तर विकास
– विष्णुपादुका तथा पाँचकन्याको समग्र विकास गर्ने बृहत्तर विकास परियोजना सञ्चालन गरिनेछ ।
– धरान–विष्णुपादुका तथा धरान–माथिल्लो पानबारी सडकलाई कालोपत्रे गरिनेछ ।
– देवीगाँउदेखि हर्दिया हुँदै कन्नेपोखरीसम्म कालोपत्रे सडक निर्माण गरिनेछ ।
– विष्णुपादुका तथा पाँचकन्यामा सञ्चालित विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधारको विकास गरिने छ । साथै ती स्थानहरुमा प्राविधिक शिक्षालयहरु समेत स्थापना गरिनेछन् ।
– पाँचकन्या तथा विष्णुपादुकाका कृषि क्षेत्रहरूको विकास र विस्तार गर्न कृषि औद्योगिक क्षेत्रको निर्माण गर्न पहल गरिनेछ ।
– पाँचकन्या तथा विष्णुपादुकाका कृषि क्षेत्रहरूमा तरकारी, फलफूल, जडीबुटी, नगदे बाली, माछापालन, पशुपालन र खाद्यान्न बालीको पकेट क्षेत्र बनाइनेछ । अर्गानिक बालीलाई प्रोत्साहन गरिनेछ । कृषकहरूलाई प्राविधिक र अन्य सहयोग गर्नका लागि कृषि विज्ञहरूको सुविधा उपलब्ध गराइनेछ ।
– विष्णुपादुका र पाँचकन्यामा सुविधा सम्पन्न कृषि उपज सङ्कलन केन्द्रको स्थापना गरिनेछ ।
– पाँचकन्या र विष्णुपादुकामा स्नातक तहसम्म शिक्षा दिने क्याम्पस खोल्न पहल गरिनेछ ।
– यी दुबै स्थानमा स्वास्थ्य चौकीको क्षमता विस्तार गरी कम्तीमा तीन जना चिकित्सक नियमित रूपमा रहने व्यवस्था गरिनेछ । यसका लागि वीपीकोस्वावि प्रतिष्ठानसँग समन्वय गरिनेछ ।
– यी दुबै क्षेत्रका प्रत्येक घरमा खानेपानी तथा बिजुलीबत्ती पु¥याइनेछ ।
– विष्णुपादुका र पाँचकन्यामा एकीकृत बस्ती बसोबास योजना लागु गरिनेछ । नगरपालिकाको तर्फबाट सडक, स्वास्थ्य, खानेपानी, विद्युत्, टेलिफोन आदि सुविधा उपलब्ध गराइनेछ ।
– विष्णुपादुकाको रमिते डाँडा र पाँचकन्याको शिखरबासबाट प्याराग्लाइडिङ् सेवा सञ्चालन गरिनेछ ।
– विष्णुपादुका क्षेत्रलाई साहसिक पर्यटन केन्द्र ९ब्मखभलतगचयगक च्यअप ऋष्mिदष्लन० को रूपमा विकास गरिनेछ ।
– रमिते डाँडा (वावुकचोङ) र शिखरबासमा ख्ष्भध त्यधभच को निर्माण गरिनेछ ।
– विष्णुपादुका र पाँचकन्या क्षेत्रमा होमस्टे विकासका लागि प्रोत्साहन गरिनेछ ।
– शिवजटा क्षेत्रलाई पाँचधाम (नारायण धाम, महादेव धाम, मुक्ति धाम, पितृमोक्ष धाम, महाशक्ति धाम) का रूपमा विकसित गरिनेछ ।
– पाँचकन्याको उपयुक्त ठाउँमा एउटा चिडियाखानाको निर्माण गरिनेछ ।
– भूपू गोर्खा स्मृति पार्कको स्तरोन्नतिका लागि उप–महानगरपालिकाका तर्फबाट प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
– धरानदेखि रमिते डाँडा (वावुकचोङ), विष्णुपादुका मन्दिर हुँदै बराहक्षेत्र मन्दिरसम्म र धरानदेखि सूर्योदय विहार (थाउजेण्ड विग बुद्ध) हुँदै भेडेटारसम्म केबलकार निर्माणको पहल गरिनेछ ।
– विष्णुपादुकाको जङ्गललाई वन्यजन्तु आरक्षण क्षेत्रका रूपमा विकास गरिनेछ ।
रुख चिन्हमा मतदान गरौं ।
नेपाली कांग्रेसलाई अमूल मतले विजयी गराऔं ।
सक्षम स्थानीय सरकारको निर्माण गरौं ।
– नेपाली कांग्रेस धरा उपमहानगर समिति, सुनसरी

तपाईको प्रतिक्रिया