वडा नं. एकको अध्यक्षको स्वतन्त्र प्रत्यासीमा अग्रवाल

धरान÷झण्डै २० बर्षपछि हुन लागेको स्थानीय तह अन्तर्गतको दोस्रो चरणको निर्वाचनमा धरान उपमहानगरपालिका वडा नं. १ बाट स्वतन्त्र वडा अध्यक्षमा समाजसेवी एवम् व्यवसायी पवनकुमार अग्रवालले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ ।
सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका अग्रवाल दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । लियो क्लब अफ दन्तकाली धरानका पूर्व अध्यक्ष, अग्रवाल समाज धरानका अध्यक्ष, बराहक्षेत्र धर्मशाला सेवा समितिका सचिव, नेपाल रेडक्रस सोसाइटी सुनसरीका आजीवन सदस्य, अग्रसेन भवन धरानको संस्थापक सदस्य, मारवाडी सेवा समितिका सदस्य, धरान १४ स्थित पिण्डेश्वर सँस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, रोटरी क्लब अफ धरान घोपाका पूर्व अध्यक्ष, बालगोपाल मन्दिर परिषर धरान १४ मा निर्माणाधीन वृद्धाश्रमका कोषाध्यक्ष, धरान–८ स्थित औद्योगिक कल्याण समितिका सदस्य, इलम प्रशिक्षण केन्द्रका संस्थापक सदस्य समेत रहनु भएका अग्रवालले विभिन्न मठमन्दिर जीणोद्वार र पुन निर्माणमा सहयोग पु¥याउनु भएको छ ।
अग्रवालले अध्यक्षमा आफ्नो उमेद्ेवारी घोषण गरेपछि राष्ट्रिय
स्तरका पार्टीका उमेद्वारहरु समेत हच्चिएका छन् । उहाँले आफ्नो उमेद्वारी घोषणासँगै गर्नुभएको अपिलमा भन्नुभएको छ, मैले विगतका बर्षहरुमा सामाजिक तथा व्यवसायिक संघ संस्थाहरु मार्फत सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको वडाका मतदाताहरुमा अवगत नै छ । विगतका बर्षहरुमा वडा नं. १ का जनताले पटक पटक विभन्न राजनैतिक दलका प्रतिनिधिहरुलाई जिताउनुभयो । मैले पनि विगतमा उहाँहरुलाई जिताउन सक्रियतापूर्वक भुमिका खेलेकै हुँ । तर अन्य वडाको तुलनामा वडा नं. १ मा विकास निर्माणका कार्यहरु हुँदै भएनन् र जे जति भयो अत्यन्तै न्यून भयो ।
धरान उपमहानगरपालिका वडा ं १ धरानको अत्यन्तै पुरानो व्यवसायिक तथा व्यापारिक थलो हो र विकास निर्माणको नाममा वडाको विकास गर्ने भन्दा पनि आर्थिक चलखेलले मात्र प्रश्रय पाएको, राजनैतिक नेतृत्वले विकास निर्माणमा चासो नदिँदा व्यापारिक घरानाहरु पलायन भएको तीतो अनुभव वडा अध्यक्षका प्रत्यासी अगवालसँग रहेको छ । उहाँ भन्नुहुन्छ वि.सं. २०४५ सालको महाभुकम्पपछि यहाँका भौतिक संरचनाको विनाश हुनु, पलायनको क्रम नरोकिनु र विकास निर्माणले गति नलिँदा वडाबासीमा नै नैरास्यता छाएको छ । महाभुकम्पले क्षति पु¥याएको पीडित पक्षले उद्धार रकम समेत पाउन सकेनन् । बार्षौसम्म पनि वार्डमा कुनै नयाँ योजना आउन सकेन, बषौसम्म सडक कालोपत्रे हुन सकेन, एकतर्फी बाटो बन्द हुँदा सवारी साधनको आवातजावत शून्यप्राय भयो ।
अग्रवाल भन्नुहुन्छ, म सुनसरी उद्योग वाणिज्य संघको अधयक्ष हुँदा सम्बनिधत सबैलाई बाटो तथा ढल निर्माणका लागि पटक पटक आग्रह गरे । विकास निर्माणमा राजनैतिक इच्छा शक्ति पहिलो आवश्यकता हो भन्ने कुराको मलाई महसुुस भयो । हाल आएर सडक तथा ढल निर्माण कार्य भइरहे पनि वडाको विकासका लागि यतिमात्र प्रर्याप्त हुन सक्दैन । स्वतन्त्र रुपमा अध्यक्षको प्रत्यासी बन्नु भएका अग्रवालले आगामी असार १४ गते हुने निर्वाचनमा आफूले विजयी हाँसिल गरेमा दर्जनभन्दा बढी काम गर्ने सूचि नै जारी गर्नुभएको छ । उहाँले हाल निमाणाधीन सडक तथा ढलको निर्माणमा विशेष पहल गर्ने, सिंहदेवी चौकदेखि रेडक्रस भवन र वडाका महत्वपूर्ण र आवश्यक देखिएको स्थानमा सिसी क्यामरा जडान गर्ने बिजुली र खानेपानीको पहुँच सर्वसाधारण सबैमा पुगोस् भन्ने हेतुले सम्बन्धित निकायसँग समन्वय गरी तत्काल व्यवस्थापन गर्ने, वडाका स्थानीयको विशेषज्ञद्वारा नियमित स्वास्थ्य परीक्षा गर्ने, राणाकालीन पुरानो अस्पताललाई पुनर्जीवित गराई नगर अस्पतालको रुपमा सञ्चालन गर्ने, उपचार हेतु वडाबासीहरुलाई २४ औं घण्टा सवारी साधनको व्यवस्था गर्ने, निम्न आय भएकाहरुका बाल बच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने अग्रवालले प्रतिबद्धता जनाउनु भएको छ ।
प्रत्यासी अग्रवालले भन्नुभयो मैले वडा अध्यक्षमा जितेमा धरान उपमहानगरपालिकाबाट प्राप्त हुने तलब भत्ता तथा अन्य सम्पूर्ण सविधा वडामै खर्च गर्छु । यसै गरी अग्रवालले वडामा सोलार बत्ती जडान गर्ने, वडाको सरसफाई र फोहोर मैला व्यवस्थापनमा विशेष जोड दिने, वडालाई हरित नगरको रुपमा विकास गर्न विशेष योजना ल्याउने, दलित, अल्पसख्यक र
बेरोजगारहरुलाई रोजगार सम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने, नगर पालिकाले दिने सम्पूर्ण सुुविधाहरु वडाबासीलाई वडाबाटै प्रदान गरिने, वडाबासीको स्वास्थ्य बीमाको व्यवस्था गर्ने, महिलाहरुलाई शीपमूलक तालिम दिने, वडालाई नमूना व्यवसायिक वडाको रुपमा पुनस्र्थापित गर्ने, वडा विकासमा वडाबासीको सरसल्लाह लिएर कार्य योजना बनाउने, वडाका प्रत्येक बाटोमा पिच र ढलको समुचित व्यवस्था गर्ने, बालश्रम मुक्त वडा र अपाङ्ग वृद्धहरुका लागि सम्पूर्ण सरकारी कार्य निःशुल्क गराउने, वडामा दान दिएका जग्गाहरुमा दाताहरुकै परिवारसँग छलफल गरी दाताकै नाम र आर्थिक सहयोगीका नाम रहने गरी कार्ययोजना बनाउने, लक्ष्मी वाचनालय र शिखर युथ क्लबको
स्तरोन्नतिमा विशेष पहल गर्ने,
इ–लाइब्रेरीको व्यवस्था गर्ने, वडामा
रहेको सरस्वती निमाविका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र +२ सम्म निःशुल्क पठनपाठन गराउने व्यवस्था गर्ने, वडाका मठमन्दिरलाई स्वच्छ, सफा, मदिरामुक्त बनाउने, पार्किङ्गको समुचित व्यवस्था गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर ३ नंं स्कुलाई व्यवस्थित गरी आधुनिक शिक्षाको केन्द्र बनाउने, वृद्ध, अपाङ्ग र एकल महिलाको भत्ता घरदैलोमै पु¥याउने व्यवस्था गर्ने, वडा नं. १ लाई सम्बन्धित निकायको समन्वयमा दुव्र्यसनीमुक्त बनाउने समेत अग्रवालले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया