नेपाल विद्यार्थी संघबाट राजनैतिक जीवन शुरु गर्नुका सशक्त युवा
राजनैतिकर्मी तिलक राई आगामी आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको धरान उपमहनगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी हुनुहुन्छ । नेपाल तरुणदलको धरान नगर सभापति भएर काम गर्दा हटौडामा भएको तरुण दलको नगर भेलामा उत्कृष्ट सभापति घोषित राईले नेपाली काँगेस धरान नगर सचिवको जिम्मेवारी समेत कुशलताापूर्वक निर्वाह गर्नुभएको थियो ।
वि.संं २०६२÷०६३ को आन्दोलनमा तीन महिना जेल जीवन बिताउनु भएका राई नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा धरान उपमहानगर समितिमा अत्याधिक बहुमतले विजयी हुनुभयो । होटल तथा यातायात व्यवसायी समेत
रहनु भएका ४३ बर्षीया राई किराँत राई यायोक्खाको केन्द्रीय अध्यक्ष, सुनसरी उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य, सप्कोशी बस व्यसायी संघको २०६२ सालदेखि हालसम्म अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य, धरान फुटबल क्बलको सल्लाहकार, नेपाल गल्फ संघको केन्द्रीय उपाध्यक्ष, आर्चरी क्लब धरान र सुनसरीका अध्यक्ष, नागरिक अनुगमन तथा सरोकार समाजको अध्यक्ष समेत रहनु भएका राईलाई पार्टीभित्र एउटा कुशल संगठनकर्ताको रुपमा चिनिन्छ । उहाँकै परिकल्पनामा धरान १८ घोपा क्याम्प अगाडि बीपी मार्केटको स्थापना भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयम देखिन विद्यार्थी, कर्मचारी, शिक्षकको आन्दोलनलाई प्रभावकारी ढंगले अवतरण गराउन राईले अहम् भूमिका समेत निर्वाह गर्दै आउनु भएको छ । नगर विकास समितिका पूर्व अध्यक्ष समेत रहेर काम गर्नु भएका राईको कार्यकालमा धरानमा विकास निर्माणले तिब्रता पाएको थियो ।
वि.सं. २०२६ सालमा धरानको महेन्द्र वहुमुखी क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनैतिक यात्रा थाल्नु भएकी अत्यन्तै प्रभावशाली नेतृ श्यामा रेग्मीलाई नेपाली काँगेसले आषाढ १४ गते हुने धरान उपमहानगरपालिकाको उपमेयरमा प्रत्यासी बनाएको छ ।
वि.सं. २०३३ सालमै राजनीति शास्त्रमा स्नातक गर्नुभए पनि उहाँले आजीवन नेपाली काँग्रेसको राजनीतिमा आफूलाइ होम्नुभयो । उहाँलाई उच्च सरकारी जागिरका लागि धेरै अवसरहरु आए पनि राजनीतिलाई नै उहाँले आफ्नो पेशा बनाउनु भयो । उपमेयरकी प्रत्यासी रेग्मीको उचाई अन्य दलका
उपमेयरका प्रत्यासीसँग तुलना नै हुन नसक्ने धरानका मतदाताहरु बताउँछन् । रेग्मी १० बर्षसम्म नेपाल महिला संघको कोषाध्यक्ष, नेपाली काँग्रेस नगर समितिको उप सचिव, नगर समितिकै कोषाध्यक्ष, नेपाली काँग्रेस क्षेत्रीय समितिको सदस्य समेत भइसक्नु भएको छ । वि.सं. २०३६ सालको आन्दोलन, वि.सं. २०४२ सालको सत्याग्रह, वि.सं. २०४६ सालको प्रथम जनआन्दोलन र वि.सं. २०६२÷०६३ को दोस्रो जन आन्दोलनमा उहाँले नेृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । समय समयमा पार्टीले उहाँको कार्य दक्षता र क्षमता हेरेर गहन जिम्मेवारी समेत सुम्पिको थियो । वि.सं. ०६२÷०६३ को आन्दोलनमा पूर्व क्षेत्रमा घाइते भएकाहरुको विवरण संकलन गर्ने, उनीहरुलाई उपचारका लागि सम्बन्धित ठाउँमा पु¥याउने काम गर्नुभएकी रेग्मी दर्जनभन्दा बढी धार्मिक तथा सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ । वि.सं. २०५४ सालमा भएको स्थानीय निर्वाचनमा साविकको धरान वडा नं. ४ बाट नेपाली काँग्रेसका तर्फबाट अत्याधिक मतले विजयी हुनुभएको थियो । कुशल वाकपटुता भएकी रेग्मीले कोरिया, हङकङ, अस्ट्रेलिया, बैंकक लगायत आधा दर्जन भन्दा बढी देशको भ्रमण समेत गर्नुभएको छ ।
धरान÷साविकको विष्णुपादुका हालको धरान उपमहानगरपालिका वडा नं. २० भालुखोपका दलबहादुर राई वैचारिक रुपले एमाले भएपनि यसपटक उहाँ आफ्नो मत एमालेलाई नदिने निर्णयमा पुग्नुभएको छ ।
दलबहादुरमात्र हैन सूर्यकुण्डका देवमान तामाङ्ग, पट्नालीका हरेराम फुयाँल, द्रोण पाठक, हेमन्त अर्यालले पनि विगतमा एमालेलाई मत दिएपनि विकास निर्माणका कुनै काम नगरेकोले यसपटक नेपाली काँग्रेसलाई भोट हाल्ने निधो गर्नुभएको हो । विष्णु पादुका भन्ज्याङ्गका शमशेर राई भन्नुहुन्छ पहिलाको गाउँपालिकाका अध्यक्ष यसपटक वडा अध्यक्षमा लड्दैछन् । माथि जानुपर्ने मान्छे वडामै लड्ने ? उहाले प्रश्न गर्नुभयो । यी सबै प्रतिनिधिपात्र मात्र हुन् । विगतमा विष्णुपादुका एमालेमय हुन्थ्यो भने यसपटक काँग्रेसमय भएको छ ।
विष्णु पादुकामा २ हजार १ सय ३० मतदाता संख्या रहेका छन् । जसमध्ये ठूलो संख्याका मतादाता यसपटक नेतृत्व परिवर्तनको पक्षमा रहेका छन् । उता साविकको पाँचकन्यामा समेत मतदाताहरु यसपटक काँग्रेसको पक्षमा उभिएका छन् । पाँचकन्या धरान उपमहानगरपालिकामा गाभिएपछि बनेको वडा नं. ४, ५ र ६ मा गरी जम्मा ९ हजार ७ सय ७० मतदाता रहेका छन् । नेपाली काँग्रेसका पूर्व नगर सभापति एवम् जिल्ला सचिव मदन ढकाल भन्नुहुन्छ, नेपाली काँग्रेसका प्रभावशाली नेता तिलक राई र श्यामा रेग्मीले मेयर उपमेयरमा मात्र होइन वडाका अधिकांश स्थानमा काँग्रेसको विजय हुने सुनिश्चितता देखिएको छ । किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष समेत रहेका राईलाई आफ्नो समुदायको भोट आउने भएकोले पनि उहाँको जित सुनिश्चित देखिएको र उपमेयरकी प्रत्यासी श्यामा रेग्मीको हाल सम्मको योगदानको यस पटक धरानका मतदाताले मुल्यांकन गर्ने पनि ढकालको कथन छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार धरानमा २८ हजार ५ सय ३६ राई जातिको जनसंख्या रहेको छ । यसमध्ये राई मतदाताको संख्या मात्र १२ हजार ५ सय ३ रहेको छ । यस हिसावले हेर्दा पनि मेयर र उपमेयरममा काँग्रेसको जित सुनश्चित देखिएको नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेको कथन छ । ७८ हजार १ सय ४ मतदाता संख्या
रहेको धरान उपमहानगरपालिकामा नेपाली काँग्रेस र एमालेबीचमै द्विपक्षीय भिडन्त हुने नेपाली कँग्रेसका पूर्व क्षेत्रीय कार्यालय सचिव अलिम अन्सारी (सत्रुघन)को बुझाई छ । यद्यपि,मैदानमा माओवादी केन्द्र र अन्य साना दलहरुले पनि उमेद्वारी दिएको तर उनीहरुको उमेदवारी केवल उपस्थिति देखाउनमात्र भएको पनि अन्सारीको कथन छ ।
धरान उपमहानगरपालिकाको वडा नं. १ देखि २० सम्म नेपाली काँग्रेसले युवा उमेद्वारहरुलाई मैदानमा उतारेको छ । वडा नं. १ मा रोशन अधिकारी, वडा नं. २ मा माधव गोविन्द श्रेष्ठ, डा नं. ३ मा विजय श्रेष्ठ, वडा नं. ४ मा दिपक लिम्बु, वडा नं. ५ मा सन्तोष लिम्बु, वडा नं. ६ मा भुपेन्द्र भट्टराई, वडा नं. ७ मा सुवर्ण श्रेष्ठ, वडा नं. ८ मा नन्दराज राई, वडा नं. ९ मा रुपेश आचार्य, वडा नं. १० मा डम्बरसिंह लिम्बु, वडा नं. ११ मा लोकेन्द्र फागु, वडा नं. १२ मा भोजराज न्यौपाने, वडा नं. १३ मा महेन्द्र प्रधान, वडा नं. १४ मा कृष्ण भट्टराई, वडा नं. १५ मा गणेश सुब्बा, वडा नं. १६ मुरारी भट्टराई, वडा नं. १७ मा नारद राई, वडा नं. १८ मा प्रवीण राई, वडा नं. १९ मा देउमान तापमादेन र वडा नं. २० मा पदम लिम्बुलाई प्रत्यासी बनाएको छ ।
