राप्रपाका चर्चित उमेद्वार द्विविधामा

इनरुवा÷वौद्धिक व्यक्तित्व, सीमाविद्, कोशी हाइड्यामका विज्ञ, दर्जनौ राष्ट्रिय महत्वका पुस्तकका लेखक, कवि एवम् बरिष्ठ पत्रकार गोपाल कोइराला ‘त्यागी’ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको इनरुवा नगरपालिकाको प्रमुखमा उमेद्वार घोषणा भए पनि कोइराला भने आफ्नो उमेद्वारीलाई लिएर अझै द्विविधामा रहनु भएको छ ।
उमेरले सात दशकको नेटो काटे तापनि राष्ट्र र राष्ट्रियताप्रति अत्यन्तै सजग कोइरालाको बौद्धिक बहस, तार्किक क्षमताका अगाडि बौद्धिक जमात समेत नतमस्तक हुने गर्छन् । खरो र स्पष्ट वक्ताका रुपमा चिनिनु हुने कोइरालाका बारेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी चिन्तक लगायत दर्जनौ व्यक्तिहरुले उहाँको पछिल्लो प्रकशित पुस्तकमा पोखेका शुभकामनाका सन्देशले समेत
कोइरालाको बौद्धिक व्यक्तित्वलाई उजागर गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले इनरुवा नगरपालिकाको प्रमुख बाहेक अन्यको उमेद्वारी अझैसम्म तय गर्न सकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका कोइरालाको मात्र उमेद्वारी तय भएको छ । पार्टी केन्द्रीय समितिको रवैयाप्रति केही असन्तुष्ट हुनुभएका कोइराला अझै पनि उमेद्वार हुने कि नहुने द्विविधामा
रहनु भएको छ । उहाँ भन्नुहुन्छ, मलाई अधिकांश इनरुवाका बासिन्दाले जुन सम्मान गर्नुहुन्छ त्यसलाई कायमै राख्न पनि मैले पार्टीबाट भन्दा पनि स्वतन्त्रबाट उमेद्वारी दिँदा उचित हुन्छ कि भन्ने लाग्न थालेको छ ।

तपाईको प्रतिक्रिया