स्थानीय तह अन्तर्गतको दोस्रो चरण निर्वाचनम नेपाली काँग्रेसको अक्षम नेतृत्वले आफ्नै कार्यकर्ता भिडाउने काम गरेको छ ।
राम्रालाई भन्दा पनि हाम्रा मान्छेलाई उमेद्वारी दिएपछि नेपाली काँग्रेसभित्र यतिबेला भाँडभैलो मच्चिएको छ । नेपाली काँग्रेसको नेतृत्व यति अक्षम भइसकेको यसभन अगाडि कुनै पनि कार्यकर्ताले महसुस गरेका थिएनन् ।
एकातिर जात, धर्म, विचरा, व्यवहार नमिल्ने र हिजो त्यही जमातबाट सबैभनदा बढी प्रताडित नेपाली काँग्रेसले माओवादी केन्द्रसँग गरेको सहकार्यले मुलुकभरिकै कार्यकर्तामा चरम असन्तुष्टि चुलिएको मात्र छैन जिम्मेवार पदमा रहेक कार्यकर्तहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् भने उमेद्वारकै विषयलाई लिएर दोस्रो चरण निवाृचन अगडि नै नेतृत्वको विरुद्धमा सडकमा नाराबाजी शुरु भएको छ ।
प्रदेश राजधानीको सम्भवना बोकेको पूर्वाञ्चलकै व्यवसायिक केन्द्र इटहरी उपमहानगरपालिकामा इहरीका स्थानीय बासिन्दाहरु स्वस्फूर्त रुपमा सडकमा आएर नाराबाजी गरिरहेक छन् । नेपाली काँग्रेसका लोकप्रिय युवा नेता, एवम् नगर सभापति हेमकर्ण पौड्याललाई पन्छएर पहुँचको भरमा विगत १५बर्षदेखि निस्कृय रहेका रोहित प्रसाईलाई नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाको उमेद्वारी दिएको । अक्षम नेतृत्वको विरुद्धमा स्थानीयले सडकमा नाराबाजी गर्दे पार्टीको नगर, क्षेत्र र जिल्ला कार्यालयहरुमा तालाबन्दी गरेको छ । पार्टीबाट उमेद्वारी पाएका रोहित प्रसाई घरबाट निस्कन सक्ने अवस्थामा समेत छैनन् भने आफ्नै अर्थात काँग्रेसकै कार्यकर्ताको कुनै पन िबेला आक्रोसको सिकार बन्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
यसपटक इटहरीबासीले स्थानीय तह अन्तर्गतको निर्वाचनमा राजनैतिक नेतृत्व परिवर्तन चाहेका थिए। यसका लागि हेमकर्ण पौड्याल भन्दा अर्को सक्षम व्यक्तित्व उनीहरुले काँग्रेसका देखेका थिएनन् । तर नेतृत्वले महाभूल गरिदिँदा यसको प्रत्यक्ष लाभ प्रमुख प्रतिपक्षी दल एमालेलाई हुने भएको छ । इहरीका मतदाता संख्या ७८ हजारको हाराहारीमा रहेको छ । इटहरीको यो मतदाता संख्या माओवादीको दशबर्षे जनयुद्ध र मधेश आन्दोलनकै कारण बढेको हो । माओवादीको धम्की, त्रास,लुटपाट, अपहरणर चन्दा आतंकबाट पहाडबाट लखेटिएका, रातारात थाँतथलो छोडेर हिडेका र मधेश आन्दोलनले सिर्जना गेको परिस्थितिले उनीहरुले इटहरीलाई आश्रय स्थल बनाए । त्न्यसरी लखेटिएकाहरु मध्ये अधिकांश नेपाली काँग्रेससँग आवद्ध थिए । त्यसैलेपनि नेपाली काँग्रेसले सही मान्छेलाई, जसले रातदिन नभनी चौबीसै घण्टा संगठन गरेको छ, मतदाताहरुसँग भिजेको छ । उनीहरुको सुख, दुःखमा साथ दिएको छ त्यस व्यत्तिः खोजेर पार्टीले उमेद्वारी दिनुपर्नेमा दाजु र भाउजुको नाता लगाई केही नगर्नेहरुलाई उमेद्वारी दिएपछि इटहरी काँग्रेसमा विद्रोह देखिएको हो । स्थानीय तहको निर्वाचनमा व्यक्तिको प्रभावले धेरै महत्व राख्छ भन्ने सामान्य ज्ञान समेत नेतृतवमा नभएको देखियो । १५ बर्षसम्म पार्टीमा पूर्ण रुपले निस्कृय भएका, मतदताहरुसँग सामान्य सम्पर्कसमेत नभएका, काँग्रेसका कुनैपनि औपचारिक अनौपचारिक कार्यक्रममा समेत उपस्थित नजाएका, आÏनै व्यापार व्यवसायमा मात्र सीमित व्यक्तिलाई पार्टीले कुन मुल्यांकनको आधारमा उमेद्वारी बनाएको हो ?
