दुहवी नगरपालिकामा का“ग्रेसलाई जिताएर छाड्ने कार्यकर्ताको प्रतिबद्धता

दुहवी÷प्रदेश नं. १ अन्तर्गतको आगामी आषाढ १४ गते हुने दुहवी नगरपालिकको निर्वाचनमा यसपटक नेपाली काँग्रेसलाई हरहालतमा जिताएरै छाड्ने सम्पूर्ण कार्यकर्ता, स्थानीय तथा क्षेत्रीय नेतृत्वले प्रतिबद्धता जनाएका छन् । दुहवी नगरपालिकाको नेपाली काँग्रेसले गरेको उमेद्वारी घोषणा तथा पत्रकार सम्मेलनमा यस्तो प्रतिबद्धता जनाएको हो ।
नेपाली काँग्रेसले दुहवी नगरपालिकाको प्रमुखमा गौरीशंकर रौनियार, उपप्रमुखमा कल्पना कार्कीलाई प्रत्यासी बनाएको छ । यसैगरी १२ वटा वडा रहेको उक्त नगरपालिकाको वडा नं. १ बाट वडा प्रमुखमा जलिल रैन, सस्यहरुमा मो. हजरत मिया, मो. तैयव मिया, महिला सदस्यमा सहिरा खातुन, दलित महिला सदस्यमा सुनिताकुमारी मोचीलाई प्रत्यासी बनाएको छ । वडा नं. २ बाट वडा प्रमुखमा अरविन्द कुमार विश्वास, सदस्यहरुमा अमृत लामा, मोलिम मिया, महिला सदस्यमा जानकी उराव, दलित महिला सदस्यमा सीता विक, वडा नं. ३ को वडा प्रमुखमा माधव चौधरी, सदस्यहरुमा हिरामणि खतिवडा, कपिल घिमिरे, सहरी चौधरी, लक्ष्मी
सरदारलाई प्रत्यासी बनाइएको छ ।
यसैगरी वडा नं. ४ को वडा प्रमुखमा मो. मुस्तकीम मियाँ, सदस्यहरुमा नसिम मिया, शंकर बस्नेत, महिला सदस्यमा नुरी बेगम, दलित महिला सदस्यमा बुचनी विश्वकर्मा, वडा नं. ५ को वडा प्रमुखमा श्याम दाहाल, सदस्यहरुमा गिरधारी प्रसाद साह, अशोक कुमार जैसवाल, महिला सदस्यमा सायरा वानो, दलित महिला सदस्यमा लक्ष्मीदेवी परियार, वडा नं. ६ को वडा प्रमुखमा अभिराम मण्डल, सदस्यहरुमा रामाशंकर साह, प्रमोद अग्रहरी, महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा लक्ष्मीदेवी खत्वे, वडा नं. ७ को वडा प्रमुखमा प्रमोद चौधरी, सदस्यहरुमा गुलाव चन्द चौधरी, आडुलाल माझी, महिला सदस्यमा सरिता कुमारी माझी, दलित महिला सदस्यमा सविना ऋषिदेव, वडा नं. ८ को प्रमुखमा तारिक चन्द सरदार, सदस्यहरुमा विनय दाहाल, ताहिर मियाँ, महिला सदस्यमा कलावती माझी, दलित महिला सदस्यमा कारो ऋषिदेव, वडा नं. ९ को प्रमुखमा मेहदी हुसैन, सदस्यहरुमा सतिकुमार चौधरी, छेदीलाल चौधरी, महिला सदस्यमा जयनव खातुन, दलित महिला सदस्यमा सुविया ऋषिदेव, वडा नं. १० को प्रमुखमा तुलाराम माझी, सदस्यहरु ब्रम्हदेव विराजी, बुद्धनारायण मडर थारु, महिला सदस्यमा श्रीमति सुनिता उराव, दलित महिला सदस्यमा मंगली ऋषिदेव वडा नं. ११ को प्रमुखमा अशोककुमार माझी, सदस्यहरुमा कान्तिकान्त माझी, व्रम्हदेव उराउ, महिला सदस्यहरुमा श्यामवती चौधरी, दलित महिला सदस्यमा अनुषा पासवान र वडा नं. १२ को प्रमुखमा भुवनेश्वर प्रसाद मण्डल, सदस्यहरुमा देवनारायण राजवंशी, मुस्लिम मियाँ, महिला सदस्यमा प्रमिला जोशी, दलित महिला सदस्यमा फुलोदेवी पासवानलाई उमेद्वारी बनाएको छ ।
स्थानीय धर्मशालामा आयोजित पाँचसय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा दुहवी नगरपालिकाका प्रमुखका प्रत्यासी गौरीशंकर रौनियारले भन्नुभयो दुहवी सुनसरीको सबैभन्दा पुरानो व्यवसायिक केन्द्र भएपनि विकासको दृष्टिले पछाडी
परेकोले आगामी दिनमा दुहवीको समग्र विकासका लागि नेपाली काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन । उहाँले भन्नुभयो गौरीशंकर रौनियार एउटा व्यक्तिमात्र हो । व्यक्तिसँग कसैको आग्रह पूर्वाग्रह हुनसक्छ । त्यसैले व्यक्तिलाई नहेरी पार्टीलाई जिताउनु पर्छ । उपप्रमुखकी प्रत्यासी कल्पना कार्कीले भन्नुभयो हामी देशकै सबैभन्दा पुरानो र ठूलो पार्टीका कार्यकर्ता हौ । मुलुकमा जे जति परिवर्तन र विकास भएका छन् ती सबै नेपाली काँगेसको नेतृत्वमा भएका छन् । त्यसैले दुहवीलाई समृद्ध सहर बनाउन नेपाली काँग्रेसको विकल्प छैन । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा जिल्ला सदस्य शंकर थापाले भन्नुभयो अहिले हुन गइरहेको निर्वाचन संघीय संरचना अन्तर्गत हुन गइरहेको प्रष्ट पार्र्दै आगामी दिनमा राजनीतिलाई पेशा हैन समाजसेवाको माध्यम बनाउन आवश्यक छ । अब निर्वाचित जनप्रतिनिधिलाई पारिवारिक वृत्तिका लागि तलब तोक्नुको प्रमुख कारण निर्वाचित जन प्रतिनिधिलाई समाजसेवातर्फ उन्मुख गराउनु पनि
हो । सुनसरी क्षेत्र न. ३ का महासमिति सदस्य एवम् प्रभावशाली व्यक्तित्व मो. अब्दुल हाजीले भन्नुभयो नेपाली काँग्रेसलाई दुहवी नगरपालिकामा जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्दिनँ । विगतमा अन्य दलबाट दर्जनौ पदीय प्रलोभन र आर्थिक प्रस्ताव आएको दृष्टान्त दिँदै उहाँले दोस्रो संविधानसभाको निर्वाचनमा अन्तरघात ग¥यो भनेर काँग्रेसको केन्द्रीय समितिमा उजुरी गरेको र स्पष्टीकरण सोधेको प्रति दुःख व्यक्त गर्नुभयो । सो अवसरमा जमिल रैन, मेहदी हुसैन, गुलावी मिया लगायतले पनि दुहवीको भविष्य सुनिश्चित गर्न नेपाली काँगेसको जित अपरिहार्य रहेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया