धरान÷घात, अन्तरघात र प्रतिघातले थालिएको सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगरपालिकाको निर्वाचनमा सदैव पराजय भोग्दै आएको नेपाली काँग्रेसले यसपटक भने लाल किला भत्काई छाड्ने अभियान अन्तर्गत चुनावी प्रचारप्रसालाई सशक्त ढंगले अगाडि बढाएको छ ।
आगामी आषाढ १४ गते हुने प्रदेश नं. १ अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुखमा युवा नेता तिलक राई र उपप्रमुखमा प्रखर महिला नेतृ श्यामा रेग्मीलाई उमेद्वार बनाएपछि नेपाली काँग्रेसका कायकर्तामा भिन्नै प्रकारको ऊर्जा प्राप्त भएको नगर सचिव श्याम पोख्रेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, विगतको निर्वाचनको तुलनामा यसपटकको माहोल भिन्नै प्रकारको देखिन्छ ।
जति जति निर्वाचनको मिति निकट आउँदैछ त्यति त्यति नै नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका उमेद्वारहरु मतदाताको घरदैलो गर्ने, आपसी अन्तरत्रिया गर्ने, काममा सक्रिय भएका छन । आइतबार धारनका २० वटै वडाका उमेद्ेवारसँग प्रमुख र उपप्रमुखका उमेद्वारले पार्टी कार्यालय परिषरमै वृहत अन्तरक्रिया गरेका थिए । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता विनोदकुमार राई, जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, महासमिति सदस्य पर्वत राई लगायतले सम्बोधन गर्नुभएको थियो ।
यसैगरी गत विहीबार महासमिति सदस्य उमेश थापाको पहलमा नेपाली काँग्रेस साउने ठिंगाबारी टोल समितिद्वारा आयोजित उमेद्वार परिचय तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा ९० बर्षीया वृद्धा सहित एमालेका ५० जना स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुले आजसम्म आफूहरुले एमालेलाई जिताउदै आएको र साउने ठिंगाबारीमा विकास निर्माण लगायत अन्य कुनैपनि काम नगरेकोले यसपटक नेपाली काँग्रेसलाई जिताइ छाडने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नगर प्रमुखका प्रत्यासी तिलक राई, उपप्रमुखकी प्रत्यासी श्यामा रेग्मी, महासमिति सदस्य उमेश थापा, वडा अध्यक्षका उमेद्वार सन्तोष लिम्बु, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिव श्याम पोख्रेलले बोल्नु भएको थियो ।
नेपाली काँग्रेसले यतिबेला वडा अध्यक्षका उमेद्वार, सदस्यका उमेद्वारहरुसँगको अन्तरक्रियालाई घनिभूत बनाएको छ । उसले वडा नं. १५ मा वडा स्तरीय बुद्धिजीवि भेला, सक्रिय कार्यकर्ता भेला लगायतका कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।
