धरानमा कुकुरको बन्ध्याकरण

धरान÷ धरानमा छाडा
(सामुदायिक) कुकुरको विगविगी बढेसंगै धरान उपमहानगरपालिकाले विभिन्न समुदायसंग मिलेर यसका नियन्त्रणका प्रयास थालेको ४ बर्ष पुगेको छ ।
जथाभावि धरानका गल्ली, सडकमा जहातही हुने यस्ता कुकुर जथाभावि बच्चा पाएर कुकुरको संख्या बढाउनेदेखि लिएर बाटो हिड्ने बटुवालाई जथाभावि टोकेर रेविज रोगको संक्रमण हुन थालेपछि
धरान उपमहानगरपालिकाले नगरपालिकाका कर्मचारीलाई प्रयोग गरे कुकुर मार्ने अभियान नै चलायो र धेरै कुकुर
मा¥यो ।
तर पशुअधिकारकर्मीहरुले कुकुर मार्न पाइदैन भनेर विरोध गरेपछि ४ बर्षदेखि भने विभिन्न संघ सस्थासंग सहकार्य गरेर नगरपालिकाको प्रांगरणमा शिविर नै राखेर बन्ध्याकरण शुरु गरेको छ ।
विगत चारबर्षदेखि बन्ध्याकरणमा हिमालयन एनिमल रेस्क्यु प्रेक्सहोम (हार्ट)ले प्राविधिक सहयोग र पेट्सहोम धरानले विभिन्न सहयोग पु¥याउदै आएको छ । जेष्ठ २३ गते शुरु भएको सो शिविरमा हालसम्म १ सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरेको हार्टका निर्देशक खगेश्वर भट्टराईले जानकारी दिनुभयो भने चारबर्षको अवधिमा ५ सय भन्दा बढी कुकुरको बन्ध्याकरण भइसकेको उहाले जानकारी दिनुभयो ।
सामुदायिक कुकुरलाई नियन्त्रण गर्दै धरानमा सामुदायिक कुकुरको विगविगी कम गर्ने मुख्य उद्देश्यले विगत चारबर्षदेखि नै पेट्सहोमले धरान उपमहानगरपालिकासंग सहकार्य
गरेर बन्ध्याकरण शिविरलाई सहयोग पु¥याउदै आएको पेट्सहोमका निर्देशक शंकुकर्ण श्रेष्ठले बताउनुभयो ।
शिविरमा सामुदायिक कुकुर मात्र हैन सर्वसाधारणले समेत बन्ध्याकरणका लागि ल्याउने गरेका छन् । घरमा पालेका कुकुरले समेत बाहिरका कुकुरसंग सम्सर्ग गरी बच्चा जन्माउने, उनीहरुसंगको सम्बन्धले रेविजरोगको संक्रमण बढाउने भएकोले यसबाट बच्नका लागि घरबाट कुकुर लिएर आएको सर्वसाधारणले बताएका छन् । बन्ध्याकरण शिविर असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यो अभियानले धरानमा सातर्कता पाउदै गएको छ । विगतमा धरानमा सामुदायिक कुकुर सडक, गल्ली सबैतिर छ्यास्छ्यास्ती हुदा सडकमा हिडन नै डर लाग्ने गरेको र अहिले सामुदायिक कुकुरको संख्या कम हुदा निर्धक्क सडकमा हिड्न पाएको सर्वसाधारणको भनाई छ ।
विगतको कुकुर मार्ने अभियानलाई पशुहरुको समेत बाच्न पाउने अधिकारलाई बञ्चित नगराई बन्धाकरण गर्ने अभियान धरान उपमहानगरपालिकाले सकारात्मक कदम चालेको भन्दै सर्वत्र प्रशंसा भएको छ ।

तपाईको प्रतिक्रिया