धरान÷ किर्ते नागरिकतामा सिफारिस गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका कार्यालय अन्तर्गत १३ नं. वडा समितिका सचिवलाई नियन्त्रणमा लिई अनुसन्धानपछि छाडेको छ ।
नागरिकता लिएपछि सिफारिस गर्ने वडा सचिव हस्तबहादुर राईलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान पछि छाडेकोे हो ।
धरान उपमहानगरपालिकाका कर्मचारी रहेका राई नागरिकता बनाउन सिफारिस दिएर सहयोग गरेको आरोपमा प्रक्राउ गरेको हो । तर राईलाई यसमा फसाइएको हुनसक्ने १३ नं. वडाका स्थानीयहरु बताउछन् ।
दलालमार्फत धरान १३ का गोविन्दप्रसाद थापा मगरको नाति र स्व. विनय थापा मगरका छोरा नाता प्रमाणित गरी इलाका प्रशासन कार्यालय धरानबाट पारस थापा मगरले यही जेष्ठ २४ गते नागरिकता लिइएको स्रोतले बताएको छ । तर नागरिकता प्रक्रियागत बनाएपनि उनीहरुको नाता भने गलत भएको पुष्टि भएपछि पारसले बनाएको नागरिता रद्ध गरिएको छ । तर रद्ध गरिएको नागरिकताको प्रतिलिपी माग्दा समेत प्रशासनले दिन सकेको छैन ।
पारसलाई नागरिकता दिलाइदिन प्रशासन र दलालको हात भएको स्थानीयले बताएका छन् तर यस विषयमा इलाका प्रशासन कार्यालयले प्रक्रिया पूरा भएर सिफारिस आएकोले नागरिता दिएको बताएको छ । कार्यालयका शाखा अधिकृत जयकुमार श्रेष्ठले प्रक्रिया पु¥याएर आएकै कारणले आफूहरुले नागरिकता दिएको बताउनुभयो । प्रक्रिया पु¥याएर वडाबाट सिफारिस आएकै कारण नागरितामा पारसलाई नागरिकता प्रदान गरेको बताउनुभयो ।
१९ बर्षीया पारसले यसभन्दा अगाडि अर्थात जेष्ठ २१ गते समेत अर्कैलाई अभिभावक बनाई नागरिकता लिएको स्रोतले बताएको छ । त्यो नागरिकता समेत रद्ध गरिएको बताइएको छ । उनले दोस्रो पटक दलाललाई प्रयोग गरी गोविन्दप्रसाद थापालाई अभिभावक बनाएर नागरकता निकालेको बताइएको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय धरानमा बुझ्दा वडा सचिव हस्तबहादुर राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ । नागरिकता बनाउन सहयोग गर्ने दलाल र नागरिकता बनाउने पारस भने अहिलेसम्म फरार रहेकोले उनीहरुको समेत खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
यसमा नाम उल्लेख नगरिदिनु ल । यसविषयमा अझै खोजी गर्न बाकी छ ।

