धरान÷ गायन र नृत्य विधामा पुर्वकै ठुलो धनराशी पुरस्कार भएको युनिभर्सल आईकोन २०१७ सिजन २ को उपाधि गायन तर्फकी अनुपा राई र नृत्य तर्फकी रोजिना सुब्बाले हात पारेका छन् ।
माध्यमिक शिक्षा परिक्षाग (एसईई) दिएर बसेका विद्यार्थीहरुबीच गायन र नृत्य विधामा आयोजना गरिएको प्रतियोगितामा दुवै विजेताहरुले ५० हजार रुपैयाका दरले नगर पुरस्कार सहित ११ र १२ कक्षामा अध्ययनका लागि निशुल्क छात्रवृत्ति र टूफि हात पारेका छन् । टप युनिभर्सल एकेडेमी धरानको आयोजनामा अघिल्लो वर्ष देखि शुरु भएको युनिभर्सल आईकोन सिजन २ को गायन तर्फ फस्ट रनर अप रुपेश खाती र सेकेण्ड रनर अप सुमन नेपाली घोषित भए । दुवैले १५ हजार र १० हजार नगर पुरस्कार सहित उच्च माध्यमिक अध्ययनका लागि निशुल्क छात्रवृत्ति हात पारेका छन् । त्यस्तै नृत्य तर्फ फस्ट रनर अप विजय मगर र सेकेण्ड रनर अप स्नेहा केसीले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार सहित उच्च माध्यमिक अध्ययनका लागि निशुल्क छात्रवृत्ति हार पारे ।
८ जनाका दरले दुवै विधामा उत्कृष्ठ छानिएका प्रतिष्पर्धीहरुले शुक्रबार राती फाइनल प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागिहरुको क्षमता अभिवृद्धिका लागि अन्य टाईटलका पुरस्कार पनि प्रदान गरिएको थियो । प्रतियोगिताको बेस्ट डिसिप्लीन अशिम तामाङ, बेस्ट फ्रेण्डशिप एलिसा राई, बेस्ट पर्सनालिटि सबिना राई, पब्लीक च्वाईस समिक्षा लिम्बु घोषित भए । विजेताहरुले नगद १० हजार रुपैया सहित उच्च माध्यमिक अध्ययनका लागि निशुल्क छात्रवृत्ति पाएका छन् ।
वैशाख ५ गते देखि पुर्वका विभिन्न जिल्लामा भएको अडिसनबाट नृत्य तर्फ ३० र गायन तर्फ २४ जना छानिएका थिए । दुई चरणको छनौटबाट अन्तिम उत्कृष्ठ ८ का दरले दुवै विधामा छनौट भएका थिए । प्रतियोगितामा तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटाका एसईई दिएर बसेका प्रतिष्पर्धीहरु सहभागि थिए ।

