घण्टाघरबाट हेर्दा

बाख्राको पुच्छर काटी….
बाख्राको पुच्छर काटी बोकालाई सजिलो भन्ने उखान नेप्लिज काँग्रेसले इटहरी उपमहानगरपालिकाको असार १४ गते हुने निर्वाचन अगावै चरितार्थ गरिदिएको छ । पहिलो चरनको निर्वाचनमा माउवादीको बुई चड्दा झालेमालेले काँग्रेसलाई सिनित्तै पारेर बढारेको थियो । अब दोस्रो चरनको निर्वाचनमा सडेका, गलेका, डस्विनमा फालिएका लाटा गाडाँ र लठ्यौराले समेत नपत्याउने अनुहारलाई उमेद्वार बनाएर बुढानिलकण्ठे काजीले दुनियाँ हसाए वा † उहीताको बुहारी भटमास खाएकी माने हावाको बन्दुक चलाएर मत बटुल्न माहिर झालेमालेले अब दोस्रो चरनको निर्वाचनमा सोहरपटार पार्ने भयो । बुढानिलकण्ठे काजीले कहिलेचाहिँ गतिलो कार्जे कहाँ ग¥या छन् र ? इधम सत्यनाश उधम सत्यनाश बाहेक यिन्ले केही ग¥या घण्टाघरलाई सम्झर्नै छैन । जेहोस् इहरी उपमहानगरपालिकामा झालेमालेको जित पर्साई बाजेलाई उमेद्वारी दिलाएर पाँचबषसम्म गुन लगाइदिए ।
कस्ले पाउने सुप्रवल
हाम्री राष्ट्रपतिले यसपालि तक्मा धेरैका छातीमा टास्दिछन् । तक्मा पाउनेहरु आफूले विगतमा गरेको काम सम्झिदै मुसुक्क मुस्काराएछन् । तक्मा पाउनेले ख्याल गतिला र स्मरणययोग्य काम गरेका थेनन् । कसैले लाखनिया माखनिया भ्रष्टाचार ग¥या थे, कसैले बाल बलात्कारी भनेर समाज र देशमै उच्च नाम कमाएका थिए, कसैले आÏनी श्रीमती लघारेर अर्काकी गोडातीनेक बटुेलका थिए । जोकोही माने सामान्ये इमान्दार मान्छेले यस्ता अद्भूत र साहसिक काम गर्नै सक्दैनन् थिए । जसले सके तिन्ले ख्वाप्प ख्वाप्प लकेट पाए । प्रचण्डाउका पुत्र प्रकाशले नि यस्तै साहसिक काम ग¥या थे । उन्ले अर्काकी तीनवटा भिœयाएकै कारण उच्च मुल्यांकन गरेर सुप्रवल पदक पाउने घोषणा भयो । तर उन्ले अचानक पदकै नलिने भनेर घोषणा पो गर्दिएछन् । पक्कै पनि चारवटी भिœयाएर महा सुप्रवल लिने दाउमा हो कि क्या हो ? दहालपुत्रको वधु महिमा अपरम्पार छ वा †
इश्वर दाहिना भएसी
ईश्वर दाहिना भएसी जोरी
पारिले केही लछारपाटो लगाउन सक्दैनन भन्थे हो रै’छ । अब महान्याधिवक्ता
रमन श्रेष्ठलाइ नै हेरौ न सरकार परिर्तन हुनासाथ महान्यायाधिवक्ताले तुरुन्तै
राजीनामा दिएर कुले ठोक्नु पर्ने हो । तर सरकार प्रमुख माने बुढानिलण्ठे काजीले श्रेष्ठलाई अठ्याएर चम्पट ठोक्नै दिएका छैनन् । श्रेष्ठले लगाएको गुन काजीले नबिर्सेर होला ? काजीलाई श्रेष्ठले कम्ता ठूलो गुन लगाएका छैन्न् । आइजीपी काण्डमा सुशिला कार्कीको महाअभियोग काण्डमा, सुडान घोटाला काण्डमा, भरतपुरमा प्रचण्डाउकी पुत्रीलाई जिताउन निर्वाचन आयुक्तसँगै सल्लाह गरेर मतपत्र च्यात्न लगाउने काण्डमा काजीलाई श्रेष्ठले न्वारानदेखिका बल लगाएर सहयोग ग¥या छन् । भोलि यस्ता काण्ड अरु पनि गर्नुपर्ने हुन्छ त्यसैले काजीले श्रेष्ठलाई जान नद्या होलान् ।
मुखिया र मेयर
त्यो राजपाका नेता राजिन्दर महतोले भनया निर्वाचन विधा मात्र हैन संविधान संसोधन नगरे मधेशमा आन्दोलन गर्ने नदिने भनेर पर्धानमन्तरीलाई धम्क्याएछन् । उनले धेरैलाई धम्क्याएछन् । निर्वाचनमा जान खुट्टा उचलोर बस्या बिना पिँधको लोटा भनेर चिनिएका संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादवलाई दह«ै दनक दिएछन् । मेयर र मुखिया खान होइन जनताका माग पूरा गाउन आफूहरुसँगै गोली खान आन्दोलनमा आउनु भन्दिएछन् । राजिन्दर पनि मूर्खर लौ रहेछन् । हावा न चावाको सधै कति आन्दोलन गर्नु भनेर उपिन्द्र जादव गोली भन्दा मेयर र मुखियै ठीक भनेर बाउरामसँग मिलेर चुनाउ प्रचार्रसारमा जुटिसकेका छन् । पहिलो चरणको निर्वाचनमा जन्ताले रामइ्रै लोप्प खुवाइदिएको कुरा बाउराम–उपिन्द्रले भुसुक्कै बिर्सेछन् कि क्या हो ?
पहिलो हुने रे ?
हुने रिुवाको चिल्लोपात नहुने विरुवाको फुस्रो पात भनेझै कहिलेकाहीँ त माकेका अध्येो प्रचण्डाउर्ला के सनकले छुन्छ कुन्नि ओखलढुंगातिर पुगेर आÏनो पार्टी पहिलो हुन्छ भनेर गफ जोतेछन् । खप्रओकै हावाले भेट्टायो कि क्या हो ? उन्ले अलि बढी नै गफ जोत्दै भनेछन् स्थानीय तहको निर्वाचनमा जे जस्तो भए नि प्रदेश र केन्दंको चुनावमाचाहिँ पहिलो हुन्छ रे । प्रचण्डउको गफ सुनेसी’ घण्टाघरलाई समेत कुरी कुरी लागेर आयो । दोस्रो चरनको चुनाउमा पार्टीलाई जिताउन पर्धानमन्तरी छोडेर आएको भन्दै गुड्डी हाँकेछन् । ेउवाकाजीले खान, बस्न र टिक्न दिएनन् त्यसैलेब ाध्य भएर छोडेकोचाहिँ उन्ले भन्नै सकेनछन् । गफ जोच्न प्रचण्डाउलाई, टुक्का हान्न खप्रओलाई पनि अड्की–अड्की बोल्न बुढानिलकण्ठे मुखियालाई कस्ले उछिन्ने ? कि कसो हौ ?
उमेद्वार ट्वाल्ल
झापाको बाहुनडाँगीका उमेद्वारहरु मतदाताको माग सुनेपछि ट्वाल्ल परेर फर्किन थालेका छन् । आकाशै
झारौलाजस्तो गरेर दलबल सहित बाहुनडाँगी पुग्ने उमेद्वगार मतदाताको माग सुनेपछि अक्क न बक्क पर्न थाल्य छन् । सबै मतदाताको एउटै माग हुन्छ भारतबाट आउने हात्ती आतंक नियन्त्रण । यसो गाइवस्तु, बाख्रा पाठा सम्म नियन्त्रणका लागि भए त उनीहरु अहिल्यै नत्र पछि भएपनि गर्छु भन्थे होलान् । अब हात्ती नै नियन्त्रणको
कुरा सुनेपछि विचाराहरुको होस हवास त्यसै उड्ने नै भयो । आजसम्म जस्ले नि हात्ती नियन्त्रण गर्छम भनेरै भोट कुम्ल्याएका रै’छन् । अबचाहिँ मतदाता वाठा भएछन् । हात्ती नियन्त्रण भनदा अरु आश्वासन त ग्रहण नै नगर्ने । क्या फसाद ?
फेरि बजाउने भए बाजा
प्रमुख निर्वाच्न आयुक्त अयोधीप्रसाद यादवले मुख हुँदाहुादै किन नाकबाट पानी पिउन खोज्या होलान् ? यसभन्दा अगाडि त्सैगरी नाकबाट पाी पिउन खोज्दा मधेशवादी दलले बाजा बजाएका थिए । राजविराजमा भएको घर उधिनेका थिए माने ताडफोड
गरेका थिए । प्यार प्यार बोल्नुभन्दा थुतुनोमा पाी हालेर चुप्प् लाग्नु नि ? अस्तिका दिन विराटनगरमा आएर भनेछन् राजपालाई छुट्टै चुनाउचिन्ह दिन सकिदैन, तोकिएकै मितिमा चुनाउ हुन्छ । त्यसै पनि सल्किन नजान्ने
राजपा दन्किने भयो ।
अन्तेमा
पहिलो चरनको स्थानीय निर्वाचनपति नया शक्तिका मुखिया बाउराम र उपिन्द्र जादवकाबीचमा राम्रै माया पिरती गाँसिएछ । अब हेौ न निर्वाच्न आयागले छुट्टै चानाउ चिन्ह नदिएको भाmेँकमा बाउरामले निर्वाच्न आयाग घेराउ गरे, पुलिसलाई आफै गिराÏतार पर्न लगाए, आपै प्रहरी क्लबको थुनामा गएर बसे । िहसिला र दुइृ चार जना मार्केटबाट आउट डेटेट भएका बुढी हिरोइनलाई उफ्रन लगाए । तै पनि चुनाउ चिन्ह नपाएसी डल्लिएर बस्या थे । धन्न अनुहार, मन सबै कालो भएका उपिन्द्रर्ला टिठ
लागेछ । उनले आफ्नै चुनाउ चिन्हबाट चुना लडन मसाल दिएछन् । मसाल बोकेर आप्नो जिल्ला पुगेका
बाउरामको मसाल निभेको मात्र हैन उठ्नै नसक्ने गरी गुल्टिएछन् । यसैलाई भन्छन वक्तवक्त कि वात ।

तपाईको प्रतिक्रिया